झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, २ साउन । सुनसरीको देवानगंज गाउँपालिका–३ पानीट्याङकीबाट आटोमटिक पेस्तोलसहित दुई जना मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादवलाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले तीन जना भारतीय नागरिकसहित २ वटा मोटरसाइकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी फायर खोलेकोमा प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाइते भएको तथा अन्य तीन जना भारततर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले युएसए अटोमटिक पेस्तोल एक थान, सोही पेस्तोलमा…

Read More

काठमाडौं, २ साउन । सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । १७ असारयता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ । स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । योसँगै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेकपाभित्रको माग कम्तीमा एक महिना पछाडि धकेलिने छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद…

Read More

काठमाडौं, २ साउन । मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो। यस वर्ष ५ अर्ब ९१ करोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ४५ करोड १८ लाख खर्च भएको छ। बर्सेनि लागत बढेसँगै अनियमित तवरले हुने खर्च पनि उकालो लागेको देखिएको छ। काठमाडौं उपत्यकाको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न तथा काठमाडौं, मेलम्ची र मण्डन उपत्यकावासीको जनस्वास्थ्य, जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसाथ आयोजना सुरु गरिएको थियो। इटालीको निर्माण कम्पनी सीएमसी परामर्शदाता एवं आयोजनालाई जानकारी नदिई २०७५ मंसिर २९ मा…

Read More

झापा, २ साउन । सुनसरीको देवानगंज–२ मुसरी टोल बस्ने २० वर्षीय महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे अन्सारीले बिजुलीको ट्रान्स मिटरको पोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनी वेहोस भएका थिए । वेहोस भएका अन्सारीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा साझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यता, उदयपुर त्रियुगा–५ श्रीपुर का ४७ वर्षीय हुद्दबहादुर दमाई लागुऔषध गाँजा सहित पक्राउ परेका छन । हिजो दिउँसो पौने ४ बजे हुद्द बहादुरलाई उनकै घरबाट डेढ केजी तयारी गाँजा र ७ वटा गाँजाको बोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले…

Read More

मोरङ, २ साउन । पाँचथरको मिक्लाजुङ–२ घर भई मोरङको केरावारी गाउँपालिका–७ मा रहेको मावली घर आएका हर्कबहादुर लिम्बुको तीन बर्षीय छोरा बियन लिम्बु घर नजिकै रहेको पानीको कुलोमा मृत फेला परेका छन् । बिहीवार राती साँढे ९ बजे बालक उक्त कुलोमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Read More

झापा, २ साउन । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस प्रभावका बाबजुद पनि करिब चार महिनाको लकडाउन असार लागेपछि केही खुकुलो भएसँगै विभागले गत आर्थिक वर्ष २०७६र७७ को असार मसान्तसम्ममा सो परिणामको राजस्व संकलन गरेको हो । जसमध्ये आयकरतर्फ २ खर्ब १७ अर्ब २६ करोड, अन्तःशुल्कतर्फ ६४ अर्ब ७९ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९८ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, शिक्षा, स्वास्थ्य सेवा शुल्क र अन्य करबापत ४ अर्ब ४ करोड रुपैयाँ गरी कुल ३…

Read More

बिर्तामोड, २ असार । झापाको अर्जुनधारा नगरपालिकामा बिहीबार डुबेर एक बालकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–११ का प्रबिन मुर्मूका तीन वर्षीय छोरा ऋषि मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । बालकलाई घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारेपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगेका थिए । अस्पताल पु¥याउना साथ अस्पतालका चिकित्सकले बालकको मृत्यु भइरहेको जनाएको थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Read More

झापा, २ साउन । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र श्रमिकको उद्धारको बाटो खुलेको हो । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सोबारेमा पनि जानकारी गराए । उनले गत सोमबार बसेका मन्त्रिपरिषद्को निर्णयको बारेमा सार्वजनिक गरेका हुन् । सरकारको निर्णयमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिक स्वदेश फर्काउँदा शतप्रतिशत खर्च वैदेशिक रोजगार कल्याणकारी…

Read More

झापा, २ असार । साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले उक्त व्यवस्था गरेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाटै ‘भर्चुअल’ प्रविधिमार्फत सो प्रणालीको शुभारम्भ गर्नुभयो । साना व्यवसायीले बैंकमार्फत कर र आय विवरण बुझाएपछि तत्कालै करचुक्ता प्रमाणपत्र लिनसकिने व्यवस्था मिलाइएको छ । विभागका निर्देशक महाराज कोइरालाले साना करदाताले अब १० मिनेटभित्रै आय विवरण र कर बुझाएर करचुक्ता प्रमाणपत्र लिनसक्ने जानकारी बताउनुभयो । “अब साना करदाताले घरमै बसेर आय विवरण र कर बुझाउन सक्नेछन्, यसबाट साना करदातालाई निकै फाइदा भएको छ”, उहाँले भन्नुभयो । यसअघि साना करदाताले…

Read More

काठमाडौं, २ साउन । सरकारले सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठ वटा सीमा सुरक्षा गण बनाउने निर्णय गरेको छ । भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा केन्द्रित गर्ने योजनाअनुसार सशस्त्र प्रहरीको नयाँ जनशक्ति संरचना तयार गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सर्वेक्षणअनुसार सशस्त्र प्रहरीले जनशक्ति पुनर्संरचनाको तयारी अघि बढाएको छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको नेतृत्वमा तयार गरिएको ओएन्डएम सर्वेक्षण स्वीकृत भएको हो । भन्सार तथा औद्योगिक सुरक्षाका लागि सशस्त्रको गुल्म अनावश्यक भएको निष्कर्षसहित २९ गुल्म हटाएर त्यहाँ कार्यरत प्रहरीलाई सीमामा खटाउने प्रक्रिया अघि बढाइएको छ । गुल्ममा कार्यरत जनशक्तिलाई…

Read More