झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ असार । वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्। वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी ९संस्थागत० तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल ९व्यक्तिगत० तर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ ठगी भएको छ। एक हजार दुई सय ४१ जनाले विभिन्न बहानामा म्यानपावर तथा व्यक्तिगत रूपमा ठगी भएको भन्दै विभागमा उजुरी दिएका हुन्। यसमध्ये म्यानपावरतर्फ नौ सय चार वटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी परेको…

Read More

सन्तोष शर्माझापा, २७ असार । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयबासीले मृत अवस्थामा फेला पारेको उहाँले बताउनुभयो । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका नौ परिवार र गौरीगञ्ज–१ का तीन परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कनकाई नदीमा आएको बाढीका…

Read More

बिर्तामोड, २७ असार । झापा दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउसो पौने २ बजे दमक–६ स्थित एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको हो । घरको दोस्रो तलामा फिनिसिङको काम गर्ने क्रममा एक्कासी लडेर बेहोस भएका धोनियालाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

Read More

भद्रपुर, २७ असार । सती प्रथा उन्मुलनको सय वर्षको अवसर पारेर झापाको चन्द्रगढीमा दीप प्रज्वलन गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला झापाको अगुवाइमा चन्द्रगढीस्थित लेखनाथ चौकमा दीप प्रज्वलन गरिएको हो । एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराई लगायतले शुभकामना मन्तव्य राख्दै सय वर्ष अघि चन्द्र शमशेरले महिलाको बाँच्न पाउने अधिकारको सम्मान गर्दै सती प्रथा अन्त्य गराएको भए पनि विभिन्न बाहनामा महिला हिंसा र हत्या रोकिन नसकेको भन्दै नारी अधिकार रक्षाका लागि सचेत हुनु…

Read More

भद्रपुर, २७ असार । लामो समयदेखि लकडाउनका कारण झापामा सञ्चालित ठूला विकास निर्माणका आयोजना अलपत्र परेका छन् । झण्डै रु तीन अर्बभन्दा बढीका विकास निर्माणका ठूला योजना र रु दुई अर्बभन्दा बढीका स–साना विकास निर्माणको काम प्रभावित बनेको जिल्ला समन्वय समिति झापाले जनाएको छ । “झापामा सञ्चालित केही ठूला विकास निर्माणका कामको सम्झौता मिति सम्पन्न भएको छ तर काम भने सकिएको छैन”, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पार्तेलले भन्नुभयो, “काम गर्ने मुख्य समयमा लकडाउन भएका कारण निर्माण व्यवसायीले समयमा काम गर्न नसक्दा आयोजनाको काम प्रभावित बनेको हो ।” “स्थानीय पूर्वाधार तथा कृषि सडक विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना…

Read More

झापा, २७ असार । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् । शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उहाँमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २६ गते मृत्यु भएको हो । यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि…

Read More

झापा, २७ असार । कोरोना भाइरस कोभिड–१९ बाट नेपालमा आज थप ७० जनामा मात्रै संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमण बढे पनि नेपाल भर भने संक्रमितको संख्या घट्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा।जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ७० संक्रमित थपिएको जानकारी दिएका हुन् । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । त्यस्तै ८ हजार २३९ जना संक्रमितहरुको उपचार भइरहेको बताए । बाँकी निको भएर घर फर्कीसकेका छन ।

Read More

बुधबारे, २७ असार । बुधबारे जेसीजलाई नि:शुल्क जग्गा उपलब्ध गराउनु हुने बुद्धशान्ति(१ का ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारलाई आज बुधबारे जेसीजद्वारा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । ज्ञानेन्द्रप्रसाद घिमिरेले आफ्नी स्वर्गीय आमा छ्लीमाया घिमिरेको स्मृतिमा बुधबारे जेसीजलाई निशुल्क जग्गा उपलब्ध गराउनु भएको थियो । ज्ञानेन्द्रप्रसाद घिमिरे नमूना आधारभूत बिद्यालय बुद्धशान्ति ( १ का प्रधानाध्यापक हुनुहुन्छ । उहाँकी आमा छ्लीमायाको विस २०५८ सालमा निधन भएको थियो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति १ का वार्ड अध्यक्ष भिमकुमार नेवारको प्रमुख अतिथ्यतामा रहेकोे थियो । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जग्गादाता ज्ञानेन्द्र…

Read More

झापा, २७ असार । भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत,मध्य प्रदेह ७४.८५ प्रतिशत, हरियाणा ७४.९१ प्रतिशत, त्रिपुरा ७५.३४…

Read More

झापा, २७ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताउनुभयो । मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो । उहाँले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने आँैल्याउनुभयो । “सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या…

Read More