
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ असार । यतिबेला नेपालको मित्रराष्ट्र भारत आफ्ना सबैजसो छिमेकीसँग द्वन्द्वरत छ । र, उसका अनेकन पेलपालप्रति छिमेकीहरुको सतर्कता पनि बढेको छ । सन् १९४७ मा भारतबाटै छुटेको पाकिस्तान र सन् १९६२ देखि कालापानीको तनाव झेल्दै गरेको नेपाल, अनि चीनसँग सिमानाको विवाद छँदैछ । बंगलादेश, श्रीलंकासँग समुद्री भूभागका लफडा पनि उत्तिकै छ । अचम्म त के भने, भारतको विदेश नीतिमा नेपाल पटक–पटक जोडिन आउँछ । भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको छ । उता, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव हेरफेर भएको छ । यससँगै नेपालका लागि पाकिस्तानले रणनीतिक तवरले राजदूत फेरेको छ । उसले…
झापा, ३१ असार । बन्दाबन्दीले होटल व्यवसाय, पार्टी प्यालेस विगत चार महिनादेखि बन्द छन् । सञ्चालक र कर्मचारी कामविहीन छन् । उनीहरुलाई फुर्सदै फुर्सद छ तर भरतपुर महानगरपालिका ४ छहारी बसपार्क नजिकै रहेको पार्टी प्यालेस सञ्चालक यमलाल भण्डारीलाई भने भ्याई नभ्याई छ । उनको यो भ्याई नभ्याई पार्टी प्यालेसभन्दा भिन्न कामको लागि हो । कहीँ कतै सर्प देखियो भने उनलाई बोलाइन्छ । लकडाउनको समयमा मात्र उनले ६४ वटा सर्प समातेर नजिकैको जङ्गल क्षेत्रमा छोडे । ती मध्ये तीन वटा अजिङ्गर थिए । बाध्यवाधन, गायनसँगै गाउँघरमा कलाकारको भूमिकासमेत निर्वाह गर्ने भण्डारीको एक दशकअघिसम्म मुख्य पेशा सवारी चालक थियो । त्यसपछि उनी…
बिर्तामोड, ३० असार । झापाको कमल गाउँपालिका–२ स्थित मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान १०ः१५ बजे मिलन चोकस्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ४१ वर्षीय केदारनाथ दाहाललाई उपचारका लागि लाइफ लाइन अस्पताल पठाइएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
बिर्तामोड, ३० असार । जिल्लाका विभिन्न स्थानमा बाढीबाट विस्थापित भएकाहरु घर फर्कन थालेका छन् । आज बाढीका कारण विस्थापित भएका १०५ परिवार घर फर्केको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । झापा गापा–७ स्थित मदरगाछका १४ परिवार, झापा गापा–१ मिलनबस्तीका ८१ परिवार र गौरीगञ्ज–१ हाकलबाढीका ११ परिवारमध्ये १० परिवार आआफ्नो घर पर्किसकेको उहाँले बताउनुभयो । सोही स्थानका एक परिवार छिमेकीकै घरमा आश्रय लिइरहेका छन् भने शिवसताक्षी–१० सुकुम्बासी बस्तीका विस्थापित नौ परिवारमध्ये पाँच परिवार अन्य छिमेकीकोमा भाडामा बस्न थालेका र चार परिवार अहिलेसम्म त्रिपालमै बसिरहको उहाँले बताउनुभयो ।
बिर्तामोड, ३० असार । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत झापा क्षेत्र १ का ६६२ घरपरिवार लाभान्वित हुने भएका छन् । झापा क्षेत्र नं. १ का सांसद राम कार्की (पार्थ)को पहलमा उक्त कार्यक्रम अन्तरगत मेचीनगर, भद्रपुर र बुद्धशान्ति गाउँपालिकाबासी लाभान्वित हुने भएका हुन् । सहरी विकास मन्त्रालय सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अगामी आर्थिक वर्ष २०७७–७८ मा झापा क्षेत्र नं. १ मा ती घरपरिवार लाभान्वित हुने भएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिनुभयो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मेचीनगर नगरपालिकाका २४९ घर, भद्रपर नगरपालिका वडा नं. ९, १० का २०६ घर, बुद्धशन्ति गाउँपालिका वडा नं. ४, ५, ६,…
झापा, ३० असार । सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मन्त्रालयमा उक्त प्रस्ताव पेश गरेको छ । नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा…
खोटाङ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट रु नौ लाख ३४ हजार घुस लिँदै गर्दा टोलीले आज कार्यालय प्रमुख श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो । आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । श्रेष्ठको साथबाट श्रोत नखुलेको रु ९९ हजार ५०० रकम पनि जफत गरिएको बताइएको छ । प्रमुख श्रेष्ठ पक्राउ परेपछि सो कार्यालयमा सिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन । श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा…
झापा, ३० असार । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । उनले हालसम्म सक्रिय संक्रमित ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।
भद्रपुर, ३० असार । आदिकवि भानुभक्त आचार्यको २०७ औ जन्म जयन्तीको अवसरमा चन्द्रगढीमा बाल कविता प्रतियोगिता सम्पन्न गरिएको छ । भद्रपुर–९ स्थित चन्द्रगढीमा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा स्थानीय बाल क्लबलाई सहभागी गराइ मुना सामुदायिक भवनको सभाहलमा कविता प्रतियोगिता सम्पन्न गरिएको हो । साहित्यकार बिरही अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा दिपेश दाहाल प्रथम, सन्दिप प्रसाईं द्वितीय, नियति तिम्सिना तृतीय र झरना फुयलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा समालोचक तारा विविध , नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी , महिला साहित्यकार कौशिला पौडेल लगायतले नेपाली भाषा , साहित्यमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानका बारेमा चर्चा गरेका…
मोरङ, ३० असार । मोरङको विराटनगर महानगरपालिका–१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध Dialex dc १ बोतल, Codeine phosphate २ बोतल र Nitravet ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट Dialex dc ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो । लागुऔषध बरामद भए संगै…