झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा अनलाइनबिर्तामोड, २८ असार । तीन दिनदेखिको निरन्तरको वर्षाका कारण झापा आज थप २१ परिवार विस्थापित भएका छन् । नेपाल–भारत सीमा झापा गाउँपालिका–१ सालमारामा कनकाई नदीको बाढी बस्तीमा पस्दा सात र वडा नं. ६ मदरगाछका १४ परिवार पूर्ण रुपमा विस्थाति भएको नेपाल रेडक्रस सोसाइटी झापाका आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले जानकारी दिन्ुभयो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा पु¥याएर व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, गौरीगञ्ज गाउँपालिका–१ स्थित होक्लाबारीमा कनकाई नदीको बाढी बस्तीमा पसेको छ । बाढी बस्तीमा पस्दा २५÷३० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । बाढी…

Read More

झापा, २८ असार । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”,उहाँले भन्नुभयो । न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उहाँले जानकारी दिनुभयो । यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका…

Read More

भद्रपुर, २८ असार । मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताउनुभयो । “एक जना पनि खोप लगाउनबाट बञ्चित हुनुनपरोस् भनेर हामीले खोप नलगाएका बालवालिका खोज्न स्वयंसेविका र भ्याक्सिनेटरहरुलाई परिचालन गरेका छौँ”, यादवले भन्नुभयो, “उहाँहरुले घरघरै पुगेर छुटेकाहरुको खोजी गर्नुहुनेछ ।” सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा, जापानी इन्सेफ्लाइटिसलगायत ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउने व्यवस्था गरेको छ । तर कोभिड–१९ को महामारी र अभिभावकले बिर्सने…

Read More

बलिउडका चर्चित नायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । ७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्– ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १०…

Read More

झापा, २८ असार । झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागले आज बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बाढी आउन सक्ने जानकारी दिएको छ । विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी…

Read More

झापा, २८ असार । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । विभागले देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित वर्षाको भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको जनाएको छ । विभागले जारी गरेको आइतबारको मौसम पूर्वानुमानमा दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ । यसैगरी, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश,…

Read More

झापा, २८ असार । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त रु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन । ‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना संक्रमण देखिएको छैन ।’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको भनाइ पनि यस्तै छ । ‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन,’ डा। पुन…

Read More

झापा, २८ असार । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या रहने भन्दै पूर्वतयारीमा जुट्न सबै पक्षलाई निर्देशन दिएका छन् । परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्धार सामग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि निर्देशन दिएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले झरी सकिए पनि…

Read More

झापा, २८ असार । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा। हरिबहादुर केसीले बताए । उनले भने, “सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ, कतैकतै एक–दुईवटा देखिन्छ । त्यसले खासै धेरै कुनै नोक्सानी पनि गरेको छैन तर भारतबाट अर्को झुन्ड आउने सम्भावना देखिएको छ । ” भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने उनले…

Read More

झापा, २८ असार । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् । उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन् ।’ काफ्लेले सुनाइन् । बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा…

Read More