झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ असार । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् । सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले छलफलमा व्यवसायीका समस्यामा मन्त्री, सचिव र विभागका महानिर्देशसँग राखेको बताए । ‘हामीले सहजीकरणका लागि सरकारले के गर्न सक्छ भनेर हाम्रा कुरा स्पष्टसँग भनेका छौं ।…

Read More

झापा, २९ असार । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहर, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार बिगो दाबीसहित भ्रष्टाचार…

Read More

झापा, २९ असार । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार कारोबारलाई ब्याजदर करिडोरको अंकुशमा राख्ने बताएको थियो। बैंकमा लगानी गर्ने पैसा आवश्यकताभन्दा बढी हुँदा केन्द्रीय बैंकले निक्षेप किनिदिनुपर्छ। चाहिने जति पैसा पनि नपाएर लगानी गर्न नसक्ने बैंकलाई एक–दुई साताका लागि राष्ट्र बैंकले सापटी दिएर सहज बनाउनुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकबीच हुने यस्तो दोहोरो कारोबारको माध्यमलाई ब्याजदर करिडोर भनिएको हो। अहिलेको व्यवस्थाअनुसार बैंकहरुबीच एक रातको सापटी कारोबारको ब्याजदर २ प्रतिशतभन्दा कम भएमा राष्ट्र बैंकले २ प्रतिशत ब्याजमा…

Read More

अर्जुनधारा, २८ असार । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेल, नगर उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख हरिकुमार रानाले गरेका थिए । कार्यक्रममा खुदुनाबारी स्वास्थ चैकी,शनिश्चरे प्रथामीक स्वास्थ केन्द्र…

Read More

झापा, २८ असार । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उनले बताए । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताए । गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ । यो भनेको सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको…

Read More

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्यालाई पनि कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यस अघि नै अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो। परिवारका सदस्य मध्य जया बच्चनको नतिजा भने नेगेटिभ आएको बताइएको छ । त्यस्तै चोरी स्वेता बच्चन नन्द र उनका सन्तान अगस्त्य र नब्या नाबेली को पनि नतिजा नेगेटिभ आएको बताइएको छ । अहिले कोरोना संक्रमण भएपछि अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन अस्पतालमा रहेको र स्वास्थ्य अवस्था भने स्थिर रहेको संचारमाध्यमहरुले जनाएका छन । मुम्बईको नानावती अस्पतालमा रहेका अमिताभ बच्चनको श्वासप्रश्वासमा सामान्य समस्या देखिएको बताइएको छ । एजेन्सी

Read More

बिर्तामोड, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनु भएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने बताउनुभयो । कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा जोड दिनुभयो । आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको तथा हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो पार्टीमा वि’वाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका…

Read More

लीलाराज झापालीबिर्तामोड, २८ असार । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट नक्कली एक लाख ४० हजार रुपियाँसहित तीन जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । भारतीय पाँच सय दरका नक्कली एक लाख ४० हजार रुपियाँसहित कनकाई नगरपालिका(४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका(५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ र कनकाई नगरपालिकाका सो रकम लिने एक सुनचाँदी व्यवसायी मौसम श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कनकाई नगरपालिकाका(४ का खुसिल मियाँले उक्त रकम सुनचाँदी व्यवसायी श्रेष्ठलाई बैङ्कले भारु पैसा लिन मानेन भन्दै उक्त रकमको नेपाली रुपियाँ साटेका थिए । श्रेष्ठले अर्का व्यावसायीलाई उक्त नक्कली रकम दिएको प्रहरीले बताएको छ ।…

Read More

बिर्तामोड, २८ असार । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ । असार १० गते शुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अरब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जसअन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुने छ । नगरप्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले सो वरावरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्ताबित बजेट, नीति, कार्यक्रम माथि १० बटै बडाका अध्यक्षहरुले आ आफ्नो बडाको…

Read More

बिर्तामोड, २८ असार । झापामा पाँच जनासहित प्रदेश नं. १ मा पानीजन्य घटनामा परी ४९ जनाको मृत्यु भएको छ । प्रदेश १ का १२ जिल्लामा गत फागुनयता आज (असार २८ गते) सम्ममा बाढी, पहिरो, खोलाले बगाएर लगायतका घटनामा परी २२ पुरुष, पाँच महिला, १५ बालक र सात जना बालिकाको मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेल जानकारी दिनुभयो । सो अवधिमा झापामा दुई पुरुष, एक महिला र दुई बालबालिका गरी पाँच जनाले ज्यान गुमाएका छन् । इलाममा एक पुरुष र तीन बालक गरी चार जना, पाँचथरमा एक पुरुष र एक बालिका, ताप्लेजुङमा एक…

Read More