
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ४ साउन । इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७७ ले सेवा प्रदायकका लागि पहिलोपटक न्यूनतम चुक्ता पुँजी निर्धारण गरेको हो । चुक्ता पुँजीसँगै विनियमावलीमा ‘चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित गराई चार करोड बराबरको खुद सम्पत्तिको विवरण पेस गर्नुपर्ने’ उल्लेख छ । नयाँ सेवा प्रदायकको अनुमतिपत्रका लागि निवेदन पेस गर्दा सेवा सञ्चालन गरेको वर्षदेखि पाँच वर्षसम्मको कुल अनुमानित आय, खर्च, नाफा नोक्सान, पे ब्याक पिरियड, अनुमानित ग्राहक सङ्ख्या, सेवा क्षेत्र, रोल आउट प्लानको प्रक्षेपणलाई समेत विनियमावलीले अनिवार्य गरेको…
झापा, ४ साउन । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तह तथा विद्यालयबाट पनि शिक्षक उपस्थित नहुँदा विद्यालयले गर्नुपर्ने तयारी तथा वैकल्पिक सिकाइ अभियानमा आवश्यक वातावरण सहज हुन नसकेको गुनासो गरिएपछि सबै शिक्षक विद्यालयमा पुग्नैपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । सरकारी सुविधाका पौने दुई लाखधेरै सार्वजनिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन…
भद्रपुर, ४ साउन । प्याब्सन तथा एन प्याब्सनको गैर कानुनी निर्णयविरूद्ध सस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सुरू गरेको आन्दोलनप्रति एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, निजी विद्यालय विभाग झापाले ऐक्यबद्धता जनाएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन निजी विद्यालय विभाग झापाका संयोजक राजु वरालले प्रेस विज्ञप्ति जारी गर्दै श्रम ऐन तथा नेपालका कुनै पनि कानुनले नगरेको बेतलवी सामुहिक विदा लगायतका गैर कानुनी निर्णय बिरूद्धको युनियनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । कोरोना सङ्क्रमणले निजी विद्यालयका शिक्षक, कर्मचारीहरूको दैनिकी जटिल बनिरहेको अवस्थामा प्याब्सन, एनप्याब्सनले साउन १ गते देखि बेतलवी विदा दिने निर्णयप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब सो निर्णय सच्याउन…
झापा, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक स’ङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक स’ङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । “बैठकमा पार्टीभित्र देखापरेका समस्याका बारेमा राम्रोसँग छलफल भएको छ । अझ छलफल गरेर पार्टी एकतालाई रक्षा र सृदृढ गर्ने र आजको समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेशअनुसार अगाडि बढ्ने विषयमा केन्द्रित भएको छ ।” उहाँले भन्नुभयो, “त्यो जनादेशअनुसार काम गर्ने गरी पार्टीको स’ङ्कट निवारण गर्न अझ थप छलफल…
झापा, ४ साउन । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसदिन न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । त्यस दिन राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र…
भद्रपुर, ४ साउन । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न झापाको कनकाई नगरपालिकास्थित जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ । स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइ प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरिएको हो । यो सम्भवतः जिल्लाकै पहिलो कोसेली घर हो । सो कोसेली घरमा जिल्लाका घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताउनुभयो । उहाँका अनुसार सो कोसेली घर निर्माणका लागि कनकाई नगरपालिकाले रु १० लाख, सहारा नेपाल बचत तथा…
झापा, ४ असार । शनिबार झापामा एक सहित प्रदेश नं. १ मा १४ जनामा कोरोना संक्रमित फेला परेका छन् । त्यसैगरी झापाका छ जनासहित २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा नौ, तेह्रथुममा दुई, झापा, इलाम र उदयपुरमा एक–एक जनामा सङ्क्रमण देखिएको छ । मोरङको मिक्लाजुङ छ, उर्लाबारीमा दुई र बेलबारीमा एक, तेह्रथुमको लालीगुराँसमा दुई, झापाको कमल गाउँपालिकामा एक, इलामको देउमाईमा एक र उदयपुरको बेल्टारमा एक जनामा कोभिड–१९ पोजेटिभ आएको हो । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७९० पुगेको छ । त्यसैगरी, प्रदेशबाट शनिबार २२ सङ्क्रमित निको भई घर फर्केका छन् । बिपी…
फिदिम, ३ साउन । यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुष कोरोना सङ्क्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्यासमेत शून्यमा झरेको छ । पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण…
बिर्तामोड, ३ साउन । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रू तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ असारसम्मको चार महिनाको अवधिमा पाकेको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रू ३ करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । “यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उहाँले भन्नुभयो, “ऋणको किस्ता समेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।” संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको…
बिर्तामोड, ३ साउन । नेपाली कृषिजन्य वस्तुको निर्यातमा देखिएको समस्या समाधान गर्न व्यवसायीको टोली डेलिगेसन लिएर उद्योग बाणिज्य मन्त्रालय गएको छ । सांसद तथा नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङ्, नेपाल हर्बल एसोसिएसनका अध्यक्ष गाविन्द घिमिरे, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की लगायतको टोली डेलिगेसन लिएर उद्योग वाणिज्य मन्त्रालय गएका हुन् । टोलीले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालसँग कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा अबगत गराउने जनाइएको छ । भारतले नेपाली अलैँचीमा लगाउँदै आएको भन्सार करको समायोजन हुनुपर्ने र नेपाली अलैँची बङ्लादेश निर्यात गर्नका लागि पहल गरिनु पर्ने लगायतका बिषयमा सचिव अर्यालसँग छलफल गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष…