
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १ साउन । पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उहाँहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि अध्यक्ष दाहाल र नेता नेपालसहितका नेताहरुको दाहाल निवास खुमलटारमा छलफल भएको थियो । शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) सम्झौता आदि विषयमा विवाद छ । पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा…
झापा, १ असार । प्रदेश १ मा आज पथ २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ६ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जना र विराटनगरमा गरिएको परिक्षणमा १८ जनामा कोरोना देखिएको हो । हालसम्म झापामा ३०७ जना कोरोना सक्रमित फेला परेका छन् भने अधिकांश निको भएर घर फर्किसकेका छन् । सोसँगै देशभर आज १६७ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको हो । जनकपुरमा गरिएको परिक्षणमा २६ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, भरतपुरमा गरिएको परिक्षणमा १ जना, शुक्रराज ट्रपिकल सरुवारोग प्रयोगशालामा गरिएको परिक्षणमा १…
बिर्तामोड, १ साउन । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् । बिहीबार कनकाई नगरपालिका वडा नम्बर १ बाट १० हजार ५०० रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, कनकाई उद्योग वाणिज्य संघले नगद २१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रोशनराज पोखरेलसहित वडा सदस्यहरुले तथा संघको तर्फबाट निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले नगद हस्तान्तरण गरेका थिए । रकम ग्रहण…
भद्रपुर, १ साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले हल्दिवारी गाउँपालिका क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको शैक्षिक वर्ष २०७६ सालको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्ष गर्दै गाउँ शिक्षा समितिलाई ज्ञापन पत्र बुझाएको छ । युनियन प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ सालको पौष महिनायताको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण गर्दै गाउँ शिक्षा समितिका अध्यक्ष डम्बरबहादुर गिरीलाई शिक्षक कर्मचारीको तलव अविलम्व भुक्तानी गर्ने वातावरण निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । युनियन झापा अध्यक्ष होमराज खतिवडा तथा प्रदेश १ का सहसचिव राजु…
लहान, १ साउन । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो । नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए । सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिनुभयो । पक्राउ परेका सन्त र…
झापा, १ साउन । झापाको अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
इलाम, १ साउन । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको ‘सिएफएल’ले छ महिना काम दिने भए पनि यसपटक भने दुई महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्का बताउनुहुन्छ । जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुप¥यो । “जोगमनी नाकाबाट…
झापा, १ असार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौंको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण प्रक्रिया अगाडि बढाइएको छ । आर्थिक वर्ष ०७६–७७ मा भएका काम र नयाँ आर्थिक वर्ष ०७७÷७८ तय भएका कार्यक्रमबारे जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले सरकारले महाकवि देवकोटाको घरलाई खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि उक्त स्थानमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय’ निर्माण गरिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । अबको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउँदै सदस्यसचिव…
भद्रपुर, ३१ असार । यातायात व्यवस्था कार्यालय बिर्तामोडले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्न नसक्दा अस्तव्यस्त बन्न पुग्दा कोरोना संक्रमण जोखिम बढेको छ । बन्दाबन्दी खुकुलो भएपछि असार पहिलो हप्ताबाट सेवा प्रवाह गर्न थालेको सो कार्यालयले अनलाइनमार्फत राजश्व संकलन नगर्दा कार्यालयमै राजश्व तिर्नुपर्ने बाध्यताले सेवाग्राहीको भीड लाग्न थाले पनि व्यवस्थापनमा उचित प्रबन्ध नहुँदा अस्तव्यस्त अवस्थाले कोरोना संक्रमण जोखिम बढाएको हो । असारको अन्तिम दिन बिहान ४ बजेदेखि लाइनमा बसेका सेवाग्राहीले समेत राजश्व तिर्न पाएनन् । कार्यालयले ४ सय सेवाग्राहीलाई सेवा दिने भन्दै टोकन वितरण गरेको भए पनि टोकन लिने भन्दा च्यानल मिलाउनेले बढी सेवा पाएको राजश्व तिर्न नपाएका सेवाग्राहीको गुनासो छ…
झापा, १ साउन । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई कांग्रेसले उजुरी खोलेर कारबाही गर्दै आएको छ । समिति गठन भएयता विगत १५ महिनामा ४१ पटक समितिको बैठक बसिसकेको छ भने यसबीचमा २ सय ९९ जना कारबाहीमा परेका छन् । तर, यस्ता अधिकांश उजुरीमा तल्ला तहका नेता कार्यकर्ता मात्रै कारबाहीमा परेको समितिका सदस्यहरु…