
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ साउन । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका छन् । यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएसँगै मुलुकभर सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । त्यस्तै, आइतबारदेखि भारी वर्षा भइरहेको छ ।भारी वर्षाका कारण प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत भएको पाइएको छ । मनसुनको समयमा…
झापा, ६ साउन । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ । चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्। त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ। परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप…
झापा, ६ साउन । अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बाँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी…
काठमाडौं, ६ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागीहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनलाई भने समर्थन गर्न नसकिने स्पष्ट पारेका थिए । सहभागीहरूले अध्यक्ष प्रचण्डसँगको छलफलमा मंसिरमा पार्टीको एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकाल्दै अर्का अध्यक्ष ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएको सहभागी एक नेताले बताए । ‘हिजो पार्टी एकता गर्दा अध्यक्ष ओलीसँग मिलेरै गरिएको हो, पार्टी एकता जोगाउँदै सामूहिक निर्णयकै आधारमा अगाडि बढ्ने हो,’ अध्यक्ष दाहालको…
झापा, ६ साउन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । उनले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय गत बिहीबार औपचारिक रूपमा सार्वजनिक भए पनि श्रम मन्त्रालयले वैदेशिक रोजगार कोषको पैसा निकासा गर्ने निर्णय गरेसँगै व्यावहारिक प्रक्रिया सुरु भएको बताए । वैदेशिक रोजगार बोर्डका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री यादवले गोरखापत्रसँगको कुराकानीमा भने, “बोर्डले कल्याणकारी कोषको रकम विदेशमा रहेका दूतावासमा पैसा पठाउने निर्णय आजै ९सोमबार० मात्रै गरेको छ र अब टिकट काट्ने पैसा नभएर स्वदेश आउनबाट कोही पनि वञ्चित हुनुपर्दैन । ” मन्त्रालयले दूतावासको मागअनुसार दूतावासमा…
झापा, ६ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् तर कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन । लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफमा लामो तथा मध्यम दूरी खुलाउन उच्चस्तरीय समितिलाई निर्णय गर्न विभागले तत्काल सिफारिस गर्ने सहमति भएको छ ।…
झापा, ६ साउन । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने…
बुद्धशान्ति, ६ साउन । बुधबारे जेसीजले नयाँ सदस्यहरुलाई तालिम दिएको छ । सोमबार एक दिने तालिमको आयोजना गरेर जेसीजका नयाँ सदस्यहरुलाई जेसीजबारे बुझाइएको हो । झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिको सभाहलमा भएको कार्यक्रममा बिर्ता जेसीज बर्ष २००३ का अध्यक्ष तथा नेपाल जेसीज बर्ष २००४ का राष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवालले जेसीजबारे नयाँ सदस्यहरुलाई प्रशिक्षण दिनुभएको थियो । अग्रवालको प्रशिक्षणमा पछिल्लो समय बुधबारे जेसीजको नयाँ सदस्यका रुपमा आएका जेसीहरुलाई जेसीजका बारेमा बुझ्न सहज होस् भनी तालिम संचालन गरिएको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राईले जानकारी दिनुभयो । जेसीज के हो ? जेसीज ले के के गर्छ ? जस्ता विषयहरुमा…
तेह्रथुम, ५ साउन । तेह्रथुम लालीगुरास-९ बस्ने ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ । आज दिउँसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घर तर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई खालाले बगाई बेपत्ता बनाएको थियो । बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा आज दिउसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काँठमा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अंजनासंगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन ।
भद्रपुर, ५ साउन । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमन सुरू गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पुर्वाधार पूरा गरे नगरेको स्थलगत अनुगमा थालेको हो । सोमवार भद्रपुर १० स्थित प्रज्ञा एकाडमीमा गरिएको अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्र्तगत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायन लगायतको बारेमा प्राविधिक…