झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शेखर पाण्डेहरेक बालकबालिका ‘देव’ हो । ‘दानव’ त ऊ हुर्केपछि मात्र बन्ने हो । जरुरी छैन हरेक बालकबालिका हुर्केपछि ‘दानव’ नै बन्छ भन्ने । तर हरेक बालकबालिका ‘देव’ हो भन्नेमा चाहिँ शंका छैन । त्यसो हो भने, हामी बालक हौँ कि बालिका भन्ने कुरा महत्वपूर्ण होइन । जे भए पनि, हामी ‘देव’ हौँ । त्यसरी नै, हामी कसरी र कस्तो वातावरणमा हुर्कन्छौं भन्ने कुरा चाहिँ निर्णायक हुन्छ । किनभने, हाम्रो हुर्काइमा भरपर्छ हामी हुर्केपछि ‘देव’ नै रहने कि ‘दानव’मा रुपान्तरण हुने भन्ने कुरा । जीवन–दर्शन भन्छ, ‘आस्थारहित मानिस यो पृथ्वीमा कोही पनि हुन्न यदि ऊ सद्धे व्यक्ति हो भने ।’…

Read More

इलाम, २६ असार । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन । चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरु हुन्थ्यो । तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ । भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने चियामा भने समस्या रहेको चिया उद्योगी शरद सुब्बा बताउनुहुन्छ । “हामी चीनलगायत…

Read More

झापा, २६ असार । पटक–पटक स्थगित भई आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार) का लागि सरेको छ । आज बिहान ११ बजेका लागि राखिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको छ । प्राकृतिक विपत्ति हुने सक्ने सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिँदै सातदिन स्थायी कमिटी बैठक स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी दिनुभयो । आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै…

Read More

इलाम, २६ असार । इलामको माई नगरपालिका–१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साँढे २ बजेको समयमा खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका–१ का २१ वर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सोही ट्याक्टरमा रहेका अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि।एण्ड। सी। अस्पतालमा उपचार भईरहेको छ ।

Read More

बिर्तामोड, २६ असार । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला स्थापना गर्ने स्थानको व्यवस्थापन करिब करिब सकिएको र मेसिन आए परीक्षण शुरु गर्न सकिने अवस्थामा रहेको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा कोरोना परीक्षणका लागि प्रदेश नं. १ सरकारमार्फत् मेसिन आउनेछ । “सानो वा ठूलो कत्रो मेसिन आउँछ भन्ने यकिन भएको छैन, तर पनि दुवै मेसिन राख्न सकिने स्थानको व्यवस्थापन भइरहेको छ”, उहाँले भन्नुभयो । प्रयोगशालामा कोरोना परीक्षणका आवश्यक अन्य सामग्री खरीदका लागि अस्पतालले बोलपत्र समेत आह्वान गरेको छ । जसमा दुई…

Read More

झापा, २६ असार । शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपाको विभाजन करिब–करिब टरेको छ । पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजनको आशंका जन्माएको थियो । तर, बिहीबारसम्म भएका आन्तरिक र बाह्य कोसिसले तत्कालका लागि देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति नेकपाको विभाजन टरेको स्रोतहरुले जनाएका छन् । ‘दुई अध्यक्षबीच कुनै ठोस सहमति त बनेको छैन । तर, पार्टी विभाजनको खतरा टरेको छ । ढिलोचाँडो एउटा निकास निस्कन्छ,’ बिहीबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका सचिवालयका एक सदस्यले भने, ‘अब पार्टी चाहिँ फुट्दैन ।’ उनले विभाजन रोकिनुको कारण भने…

Read More

झापा, २६ असार । विश्व बैंक र गरिबी निवारण कोषको सम्झौता सन् २०१८ अन्त्यसँगै (१६ पुस २०७५) मा सकिने पहिले नै निश्चित थियो । तर, त्यसको एक महिनाअघि १० मंसिरमा वर्तमान मन्त्रिपरिषद्ले निर्मल भट्टराईलाई चार वर्षका लागि कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । कोषको कार्यक्रम नै एक महिनामा सकिने थाहा हुँदाहुँदै कोषको उपाध्यक्षमा भट्टराईलाई पठाइएको हो । ‘विपन्नको नाममा लगानीको भेल आएका वेला अरूले मोज गरे, रहलपहलमा पनि दोहन गर्न अहिले पनि पदाधिकारी राखिएको छ, अन्यथा त्यहाँ पदाधिकारी नियुक्त गर्नुपर्ने कारण केही थिएन,’ राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकारी भन्छन् । कोष निष्क्रिय भए पनि उपाध्यक्ष भट्टराईले भने एक लाख ४६ हजार तलब र भत्ता…

Read More

झापा, २६ असार । विराटनगर बसपार्कमा चार महिनादेखि थन्किएका बसका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका बसका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् । यातायात मजदुर घरमा भएका कारण रोकिएका गाडी ‘स्टार्ट’समेत गरिएको छैन । जसका कारण ब्याट्री बसिसकेको छ भने इन्जिनमा खिया लागिसकेको छ । बन्दाबन्दीको मार खेप्नुपरेका क्षेत्रमध्ये पर्यटनजस्तै यातायात क्षेत्रले ठूलो धक्का बेहोर्नुपरेपछि गाडीका सञ्चालकसमेत बसपार्क क्षेत्रमा आउनै नसक्ने अवस्थामा पुगेको बताउँछन् । बसपार्क टेक्न मन लाग्दैन, सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष राजन कँडेलले भने, “बसपार्कमा बस रोकिएनन् मात्रै दैनिक खर्चसमेत बढाइरहेका छन् । ” उहाँका अनुसार लामो समय रोकिएका…

Read More

झापा, २६ असार । नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन र ९७ प्रतिशत विदेशबाट फर्किएका (आयातित) छन् । यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका…

Read More

काठमाडौं, २६ असार । कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन । खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् । ललितपुरस्थित प्रगति माध्यमिक विद्यालयमा दुई सातादेखि मात्रै कक्षा ९ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा २५ प्रतिशत जति विद्यार्थीको उपस्थिति हुने…

Read More