
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ असार । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन् । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।…
झापा, २५ असार । प्रदेश नं. १ का चार जिल्लामा भएका विभिन्न छ घटनामा चार जनाको मृत्यु भएको छ । त्यस्तै, जंगली च्याउको सेवनबाट दुई जना बिरामी परेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खाना संगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् । बिरामी भएका दुबै जनालाई राति सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगी उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । लागुऔषधसहित पक्राउमोरङको बिराटनगर महानगरपालिका–१६ बाट…
काठमाडौँ, २५ असार । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गaरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध रु ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो । झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यूकोइराला ब्रदर्स इन्टरप्राइजेजले रु एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज…
काठमाडौँ, २५ असार । आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । “मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा भिन्न मिल्दैन”, मौसमविद् मानन्धरले भन्नुभयो असार २५ देखि २८ गतेसम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्का अनुसार…
नयाँ दिल्ली, २५ असार । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१।५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ । यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बुधबार बिहान प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बुधबार बिहानसम्ममा ७ लाख ४२ हजार ४१७ जना पुगेका छन् । यी संक्रमितहरुमा भारतमा ४ लाख ५६ हजार ८३० जना संक्रमितहरु निको भएर…
गंगा बरालभद्रपुर, २५ असार । प्रदेश नं १ कै पहिलो र देशकै पाँचौँ बालमैत्री स्थानीय शासनउन्मूख भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनसम्बन्धी १४ चरण पूरा गरेको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा भद्रपुरले १४ चरण पूरा गरेको बुधबार बालमैत्री स्थानीय शासन नगर समितिको बैठकमा जानकारी गराइयो । समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका संयोजक दिपक पाण्डेले बालमैत्री अभियानका क्रममा भएका प्रगतिका बारे जानकारी गराका थिए भने वडास्तरमा भएको प्रगतिको बारेमा छलफल गरिएको थियो । नगरपालिकाले बालकोष स्थापना, बालबालिका बारे वस्तुगत विवरण तयारी, बालमैत्री अवधारणा बारे अभिमुखीकरण, विभिन्न तहमा बाल समिति…
काठमाडौं, २५ असार । कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिए । परीक्षणको नयाँ मापदण्डअहिलेसम्म क्वारेन्टाइनमा रहने व्यक्तिहरूको मात्र परीक्षण हुँदै आएको थियो अब भने क्वारेन्टाइन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ । रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले स्पष्ट पारे, “अब क्वारेन्टाइन बाहेकका व्यक्तिको कोरोना…
झापा, २५ असार । काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ । शिक्षा मन्त्रालय मातहत रहेका बूढानीलकण्ठ स्कुलले २०७६ चैतदेखि २०७७ असारसम्मको शुल्क अभिभावकबाट माग गरेको छ । एक अभिभावकले भने, ‘सरकारले चैत महिनाको शुल्क नलिनू भनेको छ । तर, स्कुलले चैत महिनाको समेत शुल्क माग्दै आएको छ । पहिले विलम्ब शुल्क लिने भनेर बिल आएको थियो, अहिले नलिने भनेर भनियो ।’ शिक्षा मन्त्रालयले भने अनलाइन कक्षाको नाममा शुल्क नउठाउन पटक पटक भन्दै आएको छ । बूढानीलकण्ठ स्कुलका…
झापा, २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ । रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन्…
झापा, २५ असार । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् । किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । सोबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र…