झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुधबारे, २३ असार । बुधबारे जेसीजलाई जग्गा प्राप्त भएको छ । बुद्धशान्ति(१ का ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारले प्रस्तावित मदन भण्डारी लोक मार्गले छोएको १० लाख मुल्य बराबरको १० धुर जग्गा बुधबारे जेसीजलाई उपलब्ध गराउनु भएको हो । आज घिमिरे परिवारले बुधबारे जेसीजलाई सो सम्बन्धि सम्झौता कागज गरेर जग्गा हस्तान्तरण गरेको हो । बुधबारे जेसीजका बिजनेस कोअडिनेटर समेत रहेका जग्गा दाता जेसि अनिल घिमिरेले जग्गा चाँडै बुधबारे जेसीजको नाममा पास गरिदिने बताउनु भएको छ । घिमिरे परिवारले आफ्नो आमा तथा हजुरआमा स्वर्गीय छलिमाया घिमिरेको स्मृतिमा सो जग्गा प्रदान गर्नु भएको हो । बुद्धशान्ति १ का ज्ञानेन्द्रप्रसाद घिमिरे, उहाँकी धर्मपत्नी टिकादेवि घिमिरे, उहाँका…

Read More

काठमाडौं, २३ असार । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताए । उनका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो । वायु सेवाका कर्मचारीलाई कोरोनानेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा…

Read More

झापा, २३ असार । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार…

Read More

झापा, २३ असार । संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ। कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिनेछन्। यसले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बाधा पर्ने आकलन विश्व बैंकले गरेको छ। बैंकले एक महिनाअघि जारी गरेको प्रतिवेदनले विश्व अर्थतन्त्र ५।२ प्रतिशत खुम्चिने उल्लेख गरेको थियो। सोही प्रतिवेदनले खराब अवस्थामा विश्व अर्थतन्त्रको गिरावट ८ प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको छ। अमेरिकी कंग्रेसको नीति अनुसन्धान संस्था…

Read More

झापा, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताउनुभएको छ । स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको समस्या हल गर्नका लागि एक व्यक्ति एक पदमा जानैपर्ने हुन्छ, पार्टीभित्रको आन्तरिक वि’वादका बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको छ, सहमतिमा वि’वाद समाधान गर्न नेताहरुले प्रयत्न गर्नुपर्छ ।” पूर्वमन्त्री शाहले पछिल्लो समय वि’वाद समाधानका लागि भइरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्षद्वयबीचको वार्ताले आपसी…

Read More

झापा, २२ असार । नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव सात प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको बताउनुभयो । कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । आजसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ । प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो…

Read More

झापा, २२ असार । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहनुभएका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो । खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको…

Read More

विराटनगर, २२ असार । प्रदेश औद्योगिक व्यावसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं. १ को प्रदेशसभा नियावली, २०७४ को नियम ९३९२० बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले हिजो पेश गर्नुभएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य जयराम यादवले कृषि क्षेत्रबाट प्राप्त हुने कच्चा पदार्थका बारेमा विधेयकमा केही पनि स्पष्ट नभएको भन्दै विधेयकको अनुसूची ८ को १२ वटा बुँदामा उल्लेखित कुराहरुमा कतै पनि खादमलको बारेमा नलेखिएकाले विधेयकमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले यो विधेयकले जैविक र रासायनिक मलको विषयमा पनि स्पष्ट हुनुपर्ने भन्दै हिमाल र पहाडमा स्थापना हुने उद्योगका हकमा…

Read More

झापा, २२ असार । कोरोना भाइरस कोभिड(१९ बाट आज सोमबार थप १८० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । आज संक्रमण हुनेहरुमा काठमाडौं उपत्यकामा ५४ जना रहेका छन् । जस मध्य काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या ६,८११ रहेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । अहिले सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ रहेको छ ।

Read More

बिर्तामोड, २२ असार । पार्टी निर्देशन बिना कुनै पनि नाममा पार्टी एकता विपरीत हुने कार्य नगर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले अपिल गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेकपा मेचीनगरले त्यस्तो अपिल गरेको हो । ‘पार्टीको चालु स्थायी कमिटीको बैठकमा पार्टीको विधि, पद्धति र परम्पराको आधारमा भइरहेको छलफलका क्रममा बैठकको निष्कर्ष आउनु अगावै विभिन्न अड्कलबाजीको आधारमा धारणा बनाउने अभिव्यक्ति दिने र विभिन्न प्रकारका गतिविधि गर्ने कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, नगर अध्यक्ष माधव अर्याल र सचिव राजु पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ऐतिहासिक पार्टी एकतालाई अक्षुण राख्दै पार्टी, क्रान्ति, वर्ग र राष्ट्रको सेवामा अविचलित रुपमा एकताबद्ध…

Read More