झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २२ असार । विगत केही दिन देखि जारी नेकपाको स्थायी कमिटिको बैठकप्रति नेकपाका भातृ संङ्गठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी झापाले ध्यानाकर्षण भएको जनाएका छन् । बैठकमा भएका गतिविधिहरुले नेकपाका कार्यकर्ता, समर्थक र शुभचिन्तकमा चिन्ता उत्पन्न भएको भन्दै उनीहरुले आज सोमबार नेकपाको जिल्ला कार्यालय बिर्तामोडमा दबाब दिएका हुन् । बिगतमा पार्टीभित्रको बहस र छलफललाई ब्ययवस्थित रुपमा संचालन गर्न नसक्दा पाटी टुट र फुटको स्थितीमा पुगेको भन्दै पाटीलाई एक ढिक्का बनाएर जानुको बिकल्प नभएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि झापाका सह–संयोजक, दधिराम रिमाल, अनेराश्ववियु जिल्ला कमिटी संयोजक अनील सुवेदी, सह–संयोजक, दुर्गा धमलाद्धरा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख छ…

Read More

झापा, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते ९बुधबार०सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो । नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसिसी० संविधान संशोधनलगायतका…

Read More

काठमाडौँ, २१ असार । शीर्ष नेताबीच वि’वाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ । नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका…

Read More

झापा, २२ असार । भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । विगत २४ घण्टामा भारतमा थप २४ हजार २४८ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४२५ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिका अनुसार सोमबार विहानसम्म ४ लाख २४ हजार ४३२ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” सोमबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५३ हजार २८७ व्यक्तिले सङ्क्रमित…

Read More

इलाम, २२ असार । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड छ लाख एक हजार ६७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा आठ करोड तीन लाख २५ हजार ७८७ किलो मात्र निर्यात भएको केन्द्रले…

Read More

झापा, २२ असार । करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ । विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि…

Read More

झापा, २२ असार । सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ । विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ । दर्ता भए पनि विधेयक आगामी अधिवेशनमा पेस हुनेछ । ऊर्जा मन्त्री वर्षमान पुनका तर्फबाट विधेयक दर्ता भएको हो । सङ्घीय एकाइबीच विद्युत् आयोजनाको विकास, सञ्चालन तथा दायित्व बाँडफाँडको कानुनी आधार तय गर्न यो विधेयक ल्याइएको हो । विधेयकले हालको अनुमतिपत्र लिने व्यवस्थालाई परिमार्जन गर्नेछ । सबै आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धाका आधारमा हुनेछ । विधेयक पारितपछि आन्तरिकसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि पनि कानुनी मार्ग खोल्नेछ । विधेयक अनुसार नेपाल सरकार तथा…

Read More

झापा, २२ असार । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो । प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् । ओली र दाहालका बीचमा भएको छलफलमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो ।…

Read More

झापा, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री) माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने। प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशीरविदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको…

Read More

झापा, २२ असार । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि, एक व्यक्तिले फरक/फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् । एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन । दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो । नेपाल…

Read More