
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्। एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले ठोस निर्णय गर्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन्। दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली र प्रचण्ड पक्षीय समूहलाई एकजुट बनाउने सूत्रको खोजी सुरु गरेका हुन्। बिहीबार कृषिमन्त्री घनश्याम भुसालहित ११ नेताले पार्टी नेतृत्व मिलाउने विषयमा छलफल गरे। सिंहदरबारमा भएको छलफलले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ। दोस्रो पुस्ताको रणनीति नेतृत्वसम्म पुर्याउने र दबाब दिने…
झापा, २६ असार । बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषद्को निर्णय छ । बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा। युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन खुला गरिएको जानकारी दिए । सरकारको निर्णयअनुसार अब काठमाडौँ उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट…
झापा, २६ असार । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्किएर बसेको छ । ठूला आपत्तिविपत्ति आउँछ तर त्यो रकम हतपत चल्दैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पौडेल कोषमा रहेको रकम खासै खर्च नहुने बताउँछन्। ‘यो राज्यको ढुकुटी हो। आपत्विपत्मा खर्च हुन्छ’, उनी भन्छन्। गत वर्ष यो कोषबाट एक पैसा पनि खर्च नभएको उनी सुनाउँछन्। उनका अनुसार कुनै ठूलो आपत् आयो, विनियोजित रकमले काम गरेन भने मात्रै कोषबाट खर्च गरिने हो। यो कोष प्रधानमन्त्री कार्यालयले पनि खर्च गर्दैन। विपत्का बेला माग भए आवश्यकता हरेर मात्रै उपलब्ध गराउने प्रावधान छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री दैवी…
झापा, २५ असार । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ । कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो । यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण हुने जो’खिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिइने भएको छ । काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन्…
झापा, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना गरेको छ । “भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन…
झापा, २५ असार । बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । जसका काठमाडौंका ५ जना समेत रहेका छन् । योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए । त्यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।…
झापा, २५ असार । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ । गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो । जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी…
द्रोण अधिकारीभद्रपुर, २५ असार । झापामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित ७१ प्रतिशत बिरामी निको भएका छन् । कोरोना संक्रमण देखिएपछि प्रदेश नं. १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत उनीहरु संक्रमण मुक्त भएका हुन् । झापामा हालसम्म २९६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २११ जना संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । झापामा प्रदेश १ कै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको तथ्यांक छ । सोसँगै संक्रमण मुक्त हुनेको संख्या पनि उच्च रहेको संयोजक चम्लागाईं बताउनुहुन्छ । “जिल्लामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको छैन”, उहाँले भन्नभुयो, “अधिकांश संक्रमित भारत…
बिर्तामोड, २५ असार । झापामा जनस्तरबाट पीसीआर ल्याब स्थापनाका लागि झापाका तीन सहकारी संस्थाले आज तीन लाख दुई हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । बिर्तामोडको अतिथि सदनमा आयोजित कार्यक्रममा हाम्रो नेपाल साकोसले एक लाख एक हजार, पब्लिक साकोसले एक लाख एक हजार र सिम्रिक साकोसले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । जिल्ला सहकारी संघ झापामार्फत् उनीहरुले सो रकम प्रदान गरेका हुन् । एकका लागि एक अभियान अन्तरगत जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएसँगै विभिन्न संघसंस्थाले सहयोग दिने क्रम जारी रहेको छ । हाम्रो नेपालको…
काठमाडौँ, २५ असार । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय संरचनाअनुसार प्रहरी समायोजन काम टुङ्गोमा छिटो पुग्नेगरी काम गर्नसमेत उहाँले निर्देशन दिनुभयो । “राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो । गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिनुभयो । महानिरीक्षक क्षेत्रीले आफू गृह…