झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ असार । सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन् । भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ। तर कुराकानी के भए भन्नेबारे बताइएको छैन। नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्कोतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ। ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए। ओली र दाहाल मिलन भए पनि नेपाल कतै नमिल्ने…

Read More

झापा, २२ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही…

Read More

झापा, २२ असार । पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको गठ्ठाघरबाट शनिबार पक्राउ गरी झापा ल्याएको छ । आज उहाँलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ । सो नागरिकता काण्डका आरोपितमध्ये जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र…

Read More

बिर्तामोड, २१ असार । झापा क्षेत्र नं. २ का प्रदेश सभा सदस्य एकराज कार्कीले पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न सरकारले बन्दाबन्दीको समयका निकालेको सूचनाले आमजनता सुसूचित हुन नसकेको भन्दै जग्गा भोगचलनमा रहेको तर पूर्जा नभएका मानिसले जग्गा छोड्दा निकै समस्या हुने भएकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले रेलमार्ग भनिएको स्थानको दुवैतर्फ २५–२५ मिटर जग्गा अधिग्रहण गर्ने भएकाले सरकारले चलनचल्तीको मूल्य कायम गरेर मुआब्जा दिन सरकारसँग माग गर्नुभयो । आज बसको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य कार्कीले यो कुरा उठाएका हुन् । सदस्य काजीमान कागतेले मलको अभाव भएकाले समयमा किसानले आफैँले ल्याएको मल प्रहरीले पक्राउ गर्ने र कारवाही…

Read More

झापा, २१ असार । कोरोना भाइरस कोभिड-१९ बाट आज थप जनामा सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा यसको पुष्टि गरेको हो । संक्रमितहरुमा कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा २ जना, बिराटनगरमा गरिएको परिक्षणमा ५ जना, जनकपुरमा मा गरिएको परिक्षणमा ४० जना, नारायणीमा गरिएको परिक्षणमा १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ३४ जना, भरतपुर चितवनमा गरिएको परिक्षणमा १ जना, हेटौडामा गरिएको परिक्षणमा २७ जना, बिर अस्पतालमा गरिएको परिक्षणमा १ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा गरिएको परिक्षणमा ३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४ जना रहेका छन्…

Read More

द्रोण अधिकारीभद्रपुर, २१ असार । सघन सहरी विकास योजना अन्र्तगत निर्माण सम्पन्न भएको भद्रपुर नगरपालिका ९ र १० जोड्ने चन्द्रगढी सामुदायिक वनको कार्यालय पश्चिम चन्द्रगढ देउनिया सडकको कालोपत्रे भत्कन थालेको छ । निर्माण सम्पन्न भएको एक महिना पूरा नहुँदै कमसल निर्माण सामग्री प्रयोग गरी रातारात तयार पारेको कालोपत्रे चिरिएर भत्कन थालेको हो । गजुरमुखी कन्ट्रक्सनले निर्माण गरेको सो सडकमा प्रयोग भएका निर्माण सामग्री कमसल रहेकोले भत्कन थालेको स्थानीयको आरोप छ । गुणस्तरीय मापन गरी स्तरीय काम गराउने जिम्मेवारी पाएका सघन सहरी विकासका प्राविधिक ठेकेदारमैत्री भएर कमिसनमा अलमलिन थालेपछि निर्माण सम्पन्न भएका तथा रकम भुक्तानी दिइएका सडक चिराचिरा हुँदै भत्कन थालेपछि…

Read More

विराटनगर, २१ असार । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ । १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको प्राङगणमा आज बिहान एक कार्यक्रमको आयोजना गरी आन्तरीक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गर्नु भएको हो । चावी हस्तानतरण कार्यक्रममा बोल्नु हुँदै आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाई रहेको अवस्थामा…

Read More

भद्रपुर, २१ असार । झापाका तीनवटा स्थानीय तहमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको युएन ह्याविट्याटले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरसफाइ सामग्री वितरण गरेको छ । सो संस्थाको ग्लोबल स्यानिटेशन फण्डअन्तर्गत झापाका कमल र गौरीगञ्ज गाउँपालिका तथा विर्तामोड नगरपालिकालाई मास्क, स्यानिटाइजरलगायतका सरसफाइ सामग्री वितरण गरिएको हो । झापामा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक सोम आचार्यले सबै स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको बताउनु भयो । उहाँका अनुसार वितररित सामग्रीमा मास्क, स्यानिटाइजर, हात धुने साबुन, बाल्टी, ह्याण्ड वास, ग्लोब्स, फोहार फ्याँक्ने डस्टविन रहेका छन् ।

Read More

झापा, २१ असार । झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको कमल गाउँपालिकामा बाढीले बगाएर र मेचीनगर नगरपालिकामा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको हो । कमल–५ स्थित रतुवाखोला र चाजुखोलाको दोभानमा आएको बाढीले बगाएर सोही स्थानका ३५ वर्षीय पुष्प राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो भयो । उहाँका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले राईलाई बगाएको थियो । बाढीले बगाएका राईको खोजी गर्ने क्रममा प्रहरी र स्थानीयबासीले मृत अवस्थामा खोलाको डिलमा फेलाका थिए । शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले…

Read More

झापा, २१ असार । नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो । काँग्रेस उपसभापति बिमलेन्द्र निधिको दावी अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै भएको थियो । यसबारे पार्टीभित्र पनि आशंका बढेर सोधखोज गर्दा यो विषयमा मात्र कुरा भएको…

Read More