
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २५ असार । गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो । रातोपाटीबाट
शरद शर्मा/ सञ्चिता घिमिरेकाठमाडौँ, २४ असार । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ । शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ । नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्थानमा…
काठमाडौँ, २४ असार । नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधान बमोजिम अनुशासन उल्लङ्घन गरेकाले उहाँलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
नारायण ढुङ्गानाकाठमाडौँ, २४ असार । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो । “मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ”, श्रेष्ठले भन्नुभयो । उहाँका…
भद्रपुर, २४ असार । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्र प्रमुख तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तिको अवसर पारेर झापाको विर्तामोडमा वर्तमान राजनीतिक अवस्था बारे प्रवचन कार्यक्रम सम्पनन गरिएको छ । जि पि फाउण्डेसन झापाको आयोजनामा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा विकृत बन्दै गएको नेपाली राजनीतिक अवस्था बारे बक्ताहरूले चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका गिरिजाप्रसाद कोइरालाको नेपाली समाज परिवर्तनका लागि रहेको योगदानको चर्चा गर्दै क्रान्तिका चरणमा सहयोद्धा रहेका पुराना काँग्रेस नेता पूर्णानन्द शर्माले राणाकालदेखि निरङ्कुश राजतन्त्रसम्मको अधिनायकवाद अन्त्यका लागि कोइरालाले पुर्याएको साहसपूर्ण योगदान अविस्मरणीय रहेको चर्चा गरे । शर्माले कोइरालाको…
झापा, २४ असार । नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ ।…
विराटनगर, २४ असार । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करीब ११ हजार प्रहरी भएकामा अहिले आठ हजार मात्र भएकाले विधेयकले पूर्णता पाएपछि रिक्त प्रहरी पूर्ति गरिने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले उचाइका कारणले प्रहरीमा भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गरिने पनि बताउनुभयो । समावेशिताको सिद्धान्तका आधारमा समानुपातिक ढङ्गले भर्ना गरिने जानकारी दिँदै उहाँले प्रदेशमा वरिष्ठ हवल्दार र वरिष्ठ नायब प्रहरी निरीक्षकको अवधारणा सबै प्रदेशसँग मेल…
बिर्तामोड, २४ असार । सहारा नेपाल साकोसले जीवन वरदान कार्यक्रमअन्तर्गत भद्रपुरका नरेन्द्रकुमार आचार्यलाई १० लाख २५ हजार २४२ रुपैयाँ उपलब्ध गराएको छ । फोक्सोको समस्याका कारण भद्रपुर ७ का ४३ वर्षीय आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । सहाराले आफ्नो कार्यक्रमअन्तर्गत उनलाई उपचार खर्चबापत सो रकम दिएको कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । सहाराले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नुपरे त्यसबापत केही रकम प्रदान गर्दै आएको छ । इन्फ्लुन्जा ए नामक रोगबाट ग्रसित आचार्यको ५२ दिनसम्म ग्रान्डीमा उपचार भएको थियो । उनको उपचारमा ३३ लाख रुपैयाँ खर्च भएको थियो । रकम प्राप्त गरेपछि आचार्यले…
अर्जुनधारा, २४ असार । झापाको अर्जुनधारा नगरपालिकाले विषयगत बजेट बाँडफाँड सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७–०७८ का लागि आर्थिक विकासका क्षेत्रमा तीन करोड ६८ लाख रुपैयाँ खर्च गरिने गरी बजेट व्यवस्था गरिएको छ । उपमेयर कमला खतिवडाले नगरसभाको बैठकमा पेस गरेको नगरपालिकाको विषयगत बजेट बाँडफाँडमा कृषि विकासमा ९८ लाख ५० हजार रुपैयाँ, पशुपक्षी विकासमा एक करोड ४० लाख रुपैयाँ, पर्यटन विकासमा ३० लाख र सहकारी उद्योग तथा वाणिज्यमा एक करोड रुपैयाँ खर्च गर्ने प्रस्ताव गर्नु भएको हो । ‘सामाजिक विकासमा तीन करोड ७० लाख रुपैयाँ छुट्याएका छौं’, उपमेयर खतिवडाले भन्नुभयो, ‘स्वास्थ्यमा ९० लाख, आयुर्वेद स्वास्थ्यमा ३५ लाख, शिक्षामा एक…
झापा २४ असार । गृह मन्त्रालयद्वारा घरबाहिर निस्कँदा अनिवार्य माक्स लगाउनु पर्ने सूचना जारी गरेपछि झापामा मास्क लगाउन नमान्ने बिरूद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएको छ । गृह मन्त्रालयले सोमबारदेखि मास्क नलगाई घर बाहिर निस्किएमा मातहतका निकार्यलाई कारवाही गर्न निर्देशन गरेसंगै मंगलबार विहानैदेखि झापाका विभिन्न ठाउँमा प्रहरीले माक्स नलगाई हिँड्ने नागरिकलाई रोकेर मास्क लगाउन बाध्य बनाएको हो । प्रहरीले पूर्व पश्चिम सडक खण्डदेखि विभिन्न भित्री सडकसम्म सवारी साधनमा सवार तथा पैदल यात्रीलाई समेत रोकेर मास्कको महत्वबारे जानकारी गराउँदै कोरोना भाइरसबाट बच्न माक्स अनिवार्य रूपमा लगाएर हिड्न आग्रह गरिरहेका छन् । पहिलो पटक सम्झाउने त्यसपछि पनि अटेर गरे दण्ड जरिवाना तिराउने…