
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो । ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ । ‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने…
काठमाडौँ, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ । गत बुधबार ४ हजार ८ सय ६, बिहीबार ४ हजार ५ सय ३७, शुक्रबार ४ हजार ४ सय ८३, शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, गत आइतबार ४…
बुधबारे, २४ असार । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजमा युवाको आकर्षण बढ्दै गएको छ । जसको फलस्वरुप मंगलबार सम्पन्न बोर्ड बैठकमा दुई दर्जन बढी युवा जेसीज प्रवेश गरेका छन् । बुधबारे जेसीजका अध्यक्ष जेसि नन्दकुमार याफु राईको अध्यक्षतामा बुद्धशान्तिको शान्तिनगरमा भएको बोर्ड बैठकमा २ दर्जन बढी युवा जेसीज प्रवेश गरेका हुन् । बुधबारे जेसीजलाई बुद्धशान्ति (१ का ज्ञानेन्द्र घिमिरेको परिवारले १० धुर जग्गा निशुल्क प्रदान गरेको भोलिपल्ट बसेको बोर्ड बैठकले जग्गा दिनुहुने परिवारलाई आगामी शनिवार धन्यवाद ज्ञापन पत्र प्रदान गरिने निर्णय भएको बुधबारे जेसीजका अध्यक्ष जेसि नन्दकुमार याफु राईले बताउनु भयो । बैठकमा बोर्डका पदाधिकारी सहित पूर्व अध्यक्ष जेसि सेवन्त पोख्रेल,…
झापा, २३ असार । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६।३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६।३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण दर…
झापा, २३ असार । श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गरिएको छ । पछिल्लो समयमा कोभिड–१९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्नेलगायतका गतिविधि गरेको भन्दै नेपाल पत्रकार महाङ्घले विरोधस्वरुप आज विभिन्न सञ्चारमाध्यममा कालो ब्यानर टाँसेको छ । श्रमजीवी पत्रकारहरुको समस्या देखिएको नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा आज कालो ब्यानर टाँसेर विरोध गरिएको हो । ब्यानरमा ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ र ‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’ लेखिएको छ । सोही अवसरमा महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विँडारीले पत्रकारको पेसागत सुरक्षाको आन्दोलनमा सहयोग र समर्थन गर्न सबैलाई आह्वान गर्नुभयो । महासङ्घले…
बिर्तामोड, २३ असार । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी हबल्दारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा इलाका प्रहरी काँकरभिट्टामा कार्यरत उदयपुर त्रियुगा–२ का प्रहरी जवान ३३ वर्षीय वीरप्रसाद अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा उनीसँगै मोटरसाइकलमा सवार पाँचथर हिलियाङ–५ का ३९ वर्षीय प्रहरी हवल्दार गेहनाथ तिम्सिना गम्भीर घाइते भएका हुन् । आइतबार राति को ३ प १९३३ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिम जाँदै गर्दा बिर्तामोडस्थित सुगम पेट्रोलपम्प नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल अधिकारीले चलाएको जनाइएको छ । घाइते तिम्सिनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको…
काठमाडौं, २३ असार । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो। यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्तिहरु दिँदै…
विराटनगर, २३ असार । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले सो विधेयकलाई प्रस्तावस्वरुप सदनमा पेस गर्दै यो विधेयकले प्रदेशमा शान्तिसुरक्षा, अमनचयन र अपराध अनुसन्धानमा मद्दत पुग्ने बताउनुभयो । उहाँले नेपाल प्रहरी ऐन, २०१२ को निर्देशिकाअनुसार बन्न लागेको यो ऐन संविधानले व्यवस्था गरेअनुसार हुने भन्नुभयो । उहाँले सङ्घीय प्रहरी समायोजनअन्तर्गत अब यस प्रदेशमा ११…
झापा, २३ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा सङ्क्रमण देखिएको हो । आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।…
मोरङ, असार २३ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–२ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको भनी जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका(१० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका-२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य…