झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २३ असार । ‘आर्थिक प्रलोभनमा परेर’ विदेशीलाई नागरिकता दिलाएको आरोप लागेका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन् । झापा जिल्ला अदालतले सोमवार भएको थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि जेलमा राख्ने निर्णय सुनाएको थियो । आचार्यले झापामा प्रशासकीय अधिकृत छँदा २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुठा विवरणको आधारमा नेपाली नागरिकता दिलाएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । मुस्तफालाई कीर्ते विवरणका आधारमा आचार्यले ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएका थिए । कीर्ते काण्डको पर्दाफाससँगै मुद्धा दर्ता भएपछि आचार्य फरार थिए ।…

Read More

भद्रपुर, २३ असार । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण स्थलमा घरजग्गा पर्ने प्रभावितहरूले बन्दाबन्दीको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । बन्दाबन्दीका कारण सार्वजनिक यातायात पनि बन्द रहेको वेला सूचना जारी गरिनु विधिसम्मत नभएको बताउँदै प्रभावितहरूले आपत्ति जनाएका हुन् । प्रभावितहरूको तर्फबाट प्रभावित समन्वय समितिका संयोजक डा. लक्ष्मीप्रसाद मैनाली र सचिव रञ्जित प्रसाईं नेतृत्वको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ‘हालका पालिका उल्लेख नगरी तत्कालीन गाविका केही वडा तथा पुराना र कतै नयाँ कित्ता नम्बरसहित जग्गाको क्षेत्रफल वर्ग मिटरमा नभइ साबिक…

Read More

काठमाडौँ, २३ असार । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र…

Read More

काठमाडौं, २३ असार । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताएका छन् । सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उहाँले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गरे। लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएकोसमेत उनले उल्लेख गरे । गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उनले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको उल्लेख गरे।उनले भने, “यो एक प्रकारको कोरोना जस्तै सङ्क्रामक रोगभन्दा पनि फरक पर्दैन, यसले कोरोनाले जस्तै मानव अस्तित्व सुरक्षित राख्न विश्वसामु नै चुनौती खडा गरिरहेको छ ।” प्रतिवेदनमा मुलुकभर कुल एक लाख ३०…

Read More

सुनसरी, २३ असार । सुनसरीको रामधुनी नगरपालिका–७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीय सिसम राईको डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Read More

सुनसरी, २३ असार । सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट सहित सोमवार राती पौने १० बजे पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

भारतमा अहिले लकडाउन चलिरहेको छ । लकडाउनका कारण बलिउडकर्मीहरूले काम सुरु गर्न पाएका छैनन् । तर यही बीचमा बलिउड नायक अक्षय कुमार हेलिकप्टरको माध्यमबाट नासिक पुगेपछि विवादमा तानिए। अक्षय हेलिकप्टरबाट नासिक पुगेको खबर सार्वजनिक भएसँगै उनले लकडाउन उल्लङ्घन गरेको भन्दै आलोचना भयो । तर अक्षयको टिमले नासिक जानका लागि अनुमति लिइएको भन्दै स्पष्टीकरण दिएको छ। अक्षय आफ्ना डाक्टरलाई भेट्न नासिक पुगेको र उनले सबै प्रकारको अनुमति लिएको खबर सार्वजनिक भयो । महाराष्ट्र सरकारका एक मन्त्रीले यो विषयमा प्रश्न उठाएपछि अक्षय विवादमा तानिएका थिए।

Read More

किरण पौड्यालइलाम, २३ असार । झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो । दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ । “दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो”, आचार्य भन्नुहुन्छ, “अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त…

Read More

काठमाडौं, २३ असार । सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएसँगै विचाराधीन १३ प्रस्ताव स्वतः निष्क्रिय भएका छन् । दर्तामध्ये एउटा पनि प्रस्ताव छलफलमा आएनन् । दुई सार्वजनिक महत्त्वका प्रस्ताव छन् । यस्तै सङ्कल्प प्रस्ताव नौ र ध्यानाकर्षण प्रस्ताव पनि दुईवटा छन् । छैटौँ अधिवेशनमा दर्ता प्रस्तावमध्ये एउटा पनि छलफल नभएका हुन् । सङ्घीय संसद् सचिवालय कार्य व्यवस्था परामर्श महाशाखाका अनुसार दर्ता प्रस्तावहरू छलफलमा नआएका हुन् । तिनमा सीमा विवाद, विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारलगायत विषयका प्रस्ताव छन् । निष्क्रिय भएका प्रस्ताव अर्को अधिवेशनमा पनि छलफलको औचित्य रहेमा पुनः दर्ता गर्नुपर्नेछ । प्रस्तावमध्ये दुई सार्वजनिक महत्त्वका विषय छलफलमा आएनन् ।…

Read More

काठमाडौं, २३ असार । वर्षका ११ महिना गुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको छैन । स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने काम भइरहेको छ । स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम चौमासिक चैतदेखि असारसम्म करिब ८० प्रतिशत विकास निर्माणका काम हुँदै आएका छन् । आर्थिक वर्षका ११ महिनामा काम सुस्त गतिमा मात्र हुने र आर्थिक वर्षको अन्तिम चरण असारमा जसरी पनि बजेट सक्ने गरी हतारमा काम गर्ने प्रवृत्तिलाई असारे विकास भन्ने गरिएको…

Read More