झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

किरण पौड्यालइलाम, १८ असार । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका…

Read More

पुर्ण थापा (काजी)सहरदेखि गाउँसम्म कोरोना संक्रमित बढिरहेका थिए ।सलहका बथान तराई सकेर पहाड चढिरहेका थिए ।। १ लिम्पियाधुरा, कालापानी र तराईमा सिमाना मिचिदा ।धर्तीपुत्रहरु जंगेपिलर बनेर ठाँउठाउँमा ठडिरहेका थिए ।।२ को पहाडी, को मधेसी, हाम्रो नेपाल, हामी सबै नेपाली ।पार्टीभन्दा देश ठुलो भन्दै एकढिक्का खडिरहेका थिए ।।३ नेपाली इतिहासमा पहिलोपल्ट अभुतपुर्ब राष्टिय एकता ।चिप्लन्छ्न भनेकाहरु राष्टियताको पक्षमा अडिरहेका थिए ।।४ लाजसर्म नभएपछि, बुद्धि र विवेकलाई खोपामा राखेर।उ पर एक हुल कुकुरहरू हड्डीका लागि लडिरहेका थिए ।।५ भानु -४ ,तनहुँ ।

Read More

झापा, १८ असार । सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत ओलीलाई जसरी पनि राजीनामा गराउने गृहकार्यमा उसरी जुटे। प्रधानमन्त्री ओलीले बालुवाटारमा बाक्लो भेटघाट गरिरहँदा दाहाल–नेपाल पक्ष ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा जुटेको थियो। त्यहाँ उनीहरूले बहुमत स्थायी समिति सदस्यहरू बोलाएर ओलीलाई सकभर सहमतिका आधारमा दुवै पदबाट राजीनामा गराउने तय गरे। ओली सहमतिमा आउन नचाहे बहुमत, अल्पमतकै निर्णयका आधारमा भए पनि हटाउने निर्णय लिने निष्कर्ष निकालेका थिए। दाहाल–नेपाल…

Read More

विराटनगर, १८ असार । आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले समयमै कर बुझाए वा नबुझाएको अध्ययन गरिने भएको हो । हामीलाई उद्योग–व्यवसाय सञ्चालन छन् वा छैनन् भन्ने कुरा सबैले जानकारी दिइरहनुपर्ने छैन, आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख कर अधिकृत विमल सापकोटाले भने, “तर सम्बन्धित निकायमा जानकारी दिएर सञ्चालनमा भए÷नभएको हामीले हेर्नुपर्ने हुन्छ ।” उनले सरकारले सञ्चालनका लागि तोकेका वा जिल्ला प्रशासन कार्यालयमा सञ्चालन जानकारी गराएका उद्योगको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । मोरङका…

Read More

झापा, १८ असार । वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको बैंकिङ कारोबार गरेको देखिएको छ । गत १० असारमा बौद्धबाट पक्राउ परेका तिब्बती मूलका कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङको अस्वाभाविक सम्पत्ति देखिएको हो । कुन्जोक वन्यजन्तु तस्करी मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त हुन् । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्येका एक रहेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए । प्रारम्भिक छानबिनमा उनको अर्बौको सम्पत्ति भेटिएको छ । दुई अर्बको त बैंकिङ कारोबार मात्रै गरेको देखिन्छ । बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका कुन्जोकको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको…

Read More

काठमाडौं, १८ असार । काठमाडौं चन्द्रागिरिका राजेन्द्र मगरले २०५१ फागुन १५ गते शर्मिला मगरसँग विवाह गरे । त्यसको केही वर्षपछि २०५६ मंसिर २५ गते गोरखाकी शान्ता मगरसँग दोस्रो विवाह गरे । पतिले कान्छी श्रीमती ल्याएकोबारे शर्मिलाले त्यसको तीन–चार महिनापछि नै थाहा पाएकी थिइन् । तर, उनले त्यस बेला उजुरी गरिनन् । नौ वर्षपछि उजुरी गर्न जाँदा श्रीमान् विदेशमा भएका बेला जाहेरी दर्ता गर्न मिल्दैन भनी कालिमाटी प्रहरीले फर्काइदिएको थियो । उनका पति राजेन्द्र त्यस बेला वैदेशिक रोजगारीमा थिए । शर्मिला २०७६ मंसिर १ गते फेरि महानगरीय प्रहरी परिसर गइन् । पति राजेन्द्रबाट मानाचामल भराउन, अंश दिलाउन र जेठी बुझाउने भाग…

Read More

झापा, १८ असार । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्। विवाहित महिलाले पतिको थर हटाउँदै गए तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने, पतिको थर राख्न नपाउँदा समाज विभाजित हुने, जातीय विभेद कायमै रहने उनीहरूको तर्क छ। सभापति श्रेष्ठले असार ९ गते प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा पतिको थर राखिएका नागरिकता सच्याएर महिलाले आमा वा बुवाको थर र अन्य विवरण राखी अर्को नागरिकता लिने प्रावधान राखिएको छ।…

Read More

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव लिएका थिए । छलफलपछि स्थायी कमिटीको बैठक बसेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए । स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष…

Read More

झापा, १८ असार । कोभिड भाइरसको महामारी सुरु भएयताका तीन महिनामा शिशु मृत्यु उच्च देखिएको छ । अझ संक्रमणको भयले स्वास्थ्य संस्थामा नआउँदा विगतको तुलनामा घरमै मृत्यु हुने शिशुको संख्या तीन गुणा बढेको छ । सरकारको तथ्यांकअनुसार गत माघदेखि चैतसम्म एक हजार तीन सय २२ शिशुको मृत्यु भएको छ । जुन अघिल्लो वर्ष अर्थात् ०७५ को त्यही अवधिमा सात सय ५१ मात्रै थियो । अस्वभाविक रुपमा बढेको शिशु मृत्युले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई चिन्तित बताएको छ । घरमै ज्यान गुमाउने शिशुको तथ्यांक अझ डरलाग्दो छ । तीन महिनामा एक हजार ३८ शिशुको घरमै र दुई सय ८४ शिशुको स्वास्थ्य संस्थामा मृत्यु भएको छ । ०७५ को यही अवधिमा…

Read More

काठमाडौँ, १७ असार । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ । यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । बेपत्ता मध्ये दुई जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ । त्यस बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ । जुन महिनाको २६ तारिखबाट यस काउन्टीमा मुसलधारे वर्षा भएको छ । हाल करिब ५ हजार ६६० व्यक्ति सोही काउन्टीको…

Read More