झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १४ असार । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ । धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पु¥याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताउनुभयो । यसका लागि सलह किरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत प्रतिकिलो रु २५ प्रोत्साहनस्वरुप दिने निर्णय गरिएको छ । माछा र कुखुराका लागि पोषिलो दानाका रुपमा मरेको सलह किरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ । “सकभर सलह किरा प्रदेशमा नभित्रियोस् भन्ने चाहना…

Read More

शेखर पाण्डेकुनै पनि विद्यालयकाे सुमधुर सञ्चालनका निम्ति त्रिपक्षीय समझदारी महत्त्वपूर्ण मात्र हाेइन, अपरिहार्य मानिन्छ। त्रिपक्षीय समझदारीका निम्ति निम्न तीन पक्षकाे सुझबुझपूर्ण जवाफदेहिता आवश्यक हुन्छ: (१.) विद्यार्थी(२.) अभिभावक(३.) विद्यालय-प्रशासन तथा कार्यरत शिक्षक-शिक्षिका एवम् कर्मचारी यी तीन पक्षले आपसी समझदारी र सद्भाव कायम नगरेसम्म यी तीनै पक्षलाई कुनै न कुनै मानेमा चुक्नबाट केहीले वा कसैले जाेगाउन सक्दैन। एकअर्काका परिपूरक हुन् – यी तीनै पक्ष वास्तवमा। COVID-19 का कारण सबै विद्यालय विगत तीन महिनादेखि बन्द रहेकाे अवस्था छ अहिले। याे अनपेक्षित समयका कारण हरेकले उकुसमुकुस महसुस गरिरहेकाे छ। आशा गराैं, याे महामारीको छिट्टै अन्त्य हुनेछ र हामी सबै आ-आफ्नाे जीवन-दैनिकीमा सरलताका साथ अवतरण…

Read More

अर्जुनधारा, १४ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतको कृषि ज्ञान केन्द्र झापाले अर्जुनधारा नगरपालिकामा रहेका तीन वटा समूहलाई ५० प्रतिशत अनुदानमा सामाग्री हस्तान्तरण गरेको छ । नगरमा धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रका समुहलाई आइतवार विभिन्न वडाका समुहलाई अनुदानमा सामाग्री हस्तान्तरण गरेको हो । धान पकेट दोस्रो बर्ष विकास कार्यक्रम अन्र्तगतको जुकेखाडी पकेट विकास सञ्चालक समिति अर्जुनधारा–३ लाई ५ लाख ८३ हजार ६ सय ५० रुपैयाँ अनुदान वापतको सामाग्री दिएको छ , जसमा समिति तथा ज्ञान केन्द्रको जम्मा ११ लाख ६७ हजार ३ सय रुपैयाँ रहेको छ । हात्ति किल्ला कृषक समुह अर्जुनधारा ८ झापालाई…

Read More

झापा, १४ असार । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की,…

Read More

झापा, १४ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ। त्यसैगरी कोरोना निको हुनेको संख्या ३…

Read More

झापा, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गर्नुभएको छ । मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्ताैला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) हुनुभएको पाटी प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ ।रासस

Read More

सुनसरी, १४असार । इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोबाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिब १० लाख ३८ हजार १०० मूल्य बराबरका ४५ थान मोवायलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो । इलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्राण्डका करिब ५५ लाख ८६ हजार ५२० रुपैयाँ बराबरको २३१ थान मोबाइल फेला पारी सम्बन्धीत धनप्लाई बुझाई सकिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Read More

भोजपुर, १४ असार । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी १ बालिका घाईते भएकी छन् । आज दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो । सो आगलागीमा परी कार्कीको ३ बर्षीया नातिति बिष्णु माया कार्की घाईते भएकी छन् । घाईतेलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने उक्त…

Read More

लीलाराज झापालीकनकाई, १४ असार । लगातारको वर्षासँगै झापाका विभिन्न नदीमा पानीको वहाव बढेसगै स्थानीयमा त्रास बढेको छ । जिल्लाकै ठुलो कनकाई नदीको बाँध कटान सुरु गरेपछि प्रहरी र स्थानीयद्वारा अस्थायी तटबन्ध सुरु गरिएको छ । कनकाई नदीले झापा गाउँपालिका–७ मा रहेको जनताको तटबन्धनमा क्षति पुर्याउन सुरु गरेसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले तटबन्धमा मर्मत सम्भार र बाँसको अस्थायी बाध बाध्न सुरु गरेका हुन् । झापा गाउँपालिका–७ को टप्पु टोल र जनता टोलमा प्रहरी सम्भावित जोखिमलाई मध्यनजर गरी मर्मत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लगातारको वर्षापछि मार्इमा आएको बाढीले सो क्षेत्रको २२ सय मिटर लामो तटबन्धनमा क्षति…

Read More

झापा, १४ असार । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जातीय विभेद कानूनीरुपमा दण्डनीय र मानवीय रुपमा अक्षम्य अपराध भएकाले कसैले त्यसको संरक्षण गर्न नहुने बताउनुभएको छ । प्रदेश नं १ का दलित अगुवाहरुले रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको स्थलगत अनुगमनपछि प्रदेश सरकारलाई बुझाएको प्रतिवेदन आज यहाँ ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रदेशले छुवाछूत र जातीय विभेदविरुद्ध शून्य सहनशीलता अपनाएको र विभेद मुक्त प्रदेश बनाउनेतर्फ नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिएको छ । ” मन्त्री कार्कीले अपराधका घटनामा जातीय, वर्ग र राजनीति संरक्षण कहिल्यै हुँदैन भन्दै रुकुमको घटनाबाट पाठ सिक्न र मानवता विरुद्धको…

Read More