
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार (आज) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो ।
झापा, १४ असार । निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले वार्ता गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने– ‘केही दिनमै वार्ता गरेर समस्या समाधान गर्नेछौं ।’ उनले सबै सरोकारवालासँग वार्ता गरी समस्या समाधान गर्ने तयारी भइरहेको बताए। करिब दुई दर्जन…
झापा, १४ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड–१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्रयोग गरेकाले त्यसो नगर्न आग्रह गर्नुभएको हो । उहाँले त्यस किसिमको कार्डलाई सरकारले स्वीकृत नदिएकाले भ्रममा नपर्न समेत अनुरोध गर्नुभएको छ । उहाँले जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलबाड हुने गरी यस्तो किसिमका गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउने…
झापा, १४ असार । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो । मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् । मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास वैरागी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारी…
भद्रपुर, १३ असार । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ नेपाल भूटानअन्तर्गतको रोटरी क्लव अफ भद्रपुरको सन् २०१९ २० को अन्तिम क्लव एसेम्ब्ली सम्पन्न भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको जोखिम कायमै रहेको वर्तमान अवस्थामा भीडभाड नगरी भौतिक दूरी कायम राखेर एसेम्ब्ली सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा सम्पन्न एसेम्ब्लीले सन् २०२०÷०२१ को कार्यसमितिको नामहरु छलफलबाट पारित गरेको छ । वन् २०२०÷०२१ लागि अध्यक्षमा युवा उद्यमी आदित्य पराजुलीले जिम्मेवारी सम्हाल्नेछन् । यसैगरी, टिकाराज ढकाल इमिडियट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पाखरेल प्रेसिडेन्ट इलेक्ट, इश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष पदको जिम्मेवारीमा रहनेछन् भने डाइरेक्टर क्लव एडमिनिष्ट्र«ेशनमा…
भद्रपुर, १३ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले शिक्षक कर्मचारीका समस्या हल गर्न विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरेको छ । पटक–पटक प्याब्सन, एनप्याब्सनसित भएका छलफल तथा वार्ताको पालन गर्न विद्यालय सञ्चालकले अटेर गरेपछि शिक्षक कर्मचारीको जीवन दयनीय बन्दै गएको ठहरसहित आनदोलनमा जाने निर्णय गरेको हो । इस्टु झापाको पूर्ण बैठकले आगामी हप्ताबाट सडक संघर्षमा उत्रने गरी आन्दोलनको कार्यक्रमतय गरेको छ । यस हप्ताभरी २०७६ साल चैत्र महिनासम्मको तलव नदिने विद्यालयको विवरण संकलन गर्ने, शिक्षक कर्मचारी निस्काशन गर्ने विद्यालयको पहिचान गर्ने, झापाका सवै स्थानीय तहमा शिक्षक कर्मचारीका समस्या हल गर्न स्थानीय सरकारलाई माग सहितको…
झापा, १३ असार । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । शनिबार अभियानको बिर्तामोडमा प्राविधिकसहितको बैठकले ल्याब सञ्चालनको तयारी सुरु गर्ने निर्णय गरेको छ । त्यसका लागि पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । ल्याब स्थापना हुने समर्पण भवनको प्राविधिक टोलीले निरीक्षण गरी संरचना निर्माणको कामसमेत सुरु गरिएको छ । अन्नपूर्ण न्युरो अस्पताल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीले ल्याबका लागि आवश्यक पर्ने मापदण्ड र प्राविधिक…
इलाम, १३ असार । इलाममा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ३ जना ओमन र १–१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले…
झापा, १३ असार । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् । योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको…
झापा, १३ असार । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७७ हजार बढी कूल सङ्क्रमितको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच हजार ११६ रहेको छ । शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ८४ हजार २४९ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्याङ्कमा २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण नयाँ सङ्क्रमित हुनेको सङ्ख्या एक लाख…