झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिपषा खरेलमेरो जीवनका भोगाईहरु धरै छन् । यो १७ १८ बर्षकी केटीको के भोगाई भन्नुहुन्छ होला तर यो भोगाई एउटा गरिब घरकी चेलिको हो जसले आफ्नो घरको अवस्था देखेर नै आफ्ना धेरै रहर , सपनाहरु दबाउन सिकि । आफ्नो घर परिवारलाई नै आफ्नो हिम्मत बनाएको थिए तर त्यो धेर रहन सकेन । पैशामै खुशी खाज्दै आमा बिदेश पलायन भइन् र उतै विवहा गरिन । श्रीमतीको बिछोडबाट जिर्ण बनेका मेरा बुबा अब झन छोरा छोरीको जिम्मेवारी र पढाई खर्चबाट बिथोलिए । त्यतिबेला दादा ११ र मा र म ०८ मा पढ्थियौ । खर्च धान्न गाह्रो भएको कारणले र छोरीको आवश्क्ता बुबुमात्र…

Read More

भद्रपुर, १८ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि असार १९ गते विर्तामोडमा गर्न लागेको प्रदर्शनका लागि अन्तिम तयारी पूरा गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको, सरकारले समेत सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टु सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो । बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकाम्सले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको छ भने सामाजिक न्याय र बाँच्न पाउने अधिकार समेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आउन बाध्य…

Read More

झापा, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सलहको न्यूनीकरण र रोकथामका लागि प्रतिनिधिसभामा सङ्कल्प पेश गरेको छ । कुनै पनि रोगव्याधि, कीटाणु र कीराफट्याङ्ग्रा आदिले समेत मानिसलगायत बालीनालीमा पु¥याउने असर पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नपनाएको जनाउँदै पार्टीले त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउन सङ्कल्प पेश गरिएको जनाएको छ । काँग्रेस सांसद डा डिला सङ्ग्रौला, पद्मनारायण चौधरी र मीना सुब्बाले आज कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सङ्कल्प पेश गर्ने अनुमतिका लागि प्रतिनिधिसभामा सूचना दिँदै सलहको बथान रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्न, स्थानीय कृषक– प्राविधिक विशेषज्ञ– तीन तहका सरकारका अङ्ग परिचालन भई कीरा नष्ट गर्न र खाद्यान्न…

Read More

झापा, १८ असार । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार…

Read More

खोटाङ, १८ असार । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि मेनुअल एक्स–रे मेशिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेशिन जडान गरेर सेवा दिन थालेको छ । डिजिटल एक्स–रे मेशिन चलेपछि रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । सो मेशिन चलेपछि एक्स–रे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताउनुभयो । “डिजिटल एक्स–रे ले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ”, उहाँले भन्नुभयो, “ यसको रिपोर्ट कम्प्युटरमा आवश्यकताअनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्स–रे रिपोर्टभन्दा धेरै राम्रो र छिटो हुनेछ ।” यसलाई चौबीसै घण्टा…

Read More

झापा, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ । विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई सङ्घीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ ।

Read More

झापा, १८ असार । राष्ट्रियसभाका सांसदले असारे विकासलाई सधैँका निम्ति अन्त्य गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शान्तिकुमारी अधिकारीले वर्षायाममा गरिएको काम विकास नभई विनाश हुने बताउँदै असारे विकासलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा जेठ १५ गते बजेट सार्वजनिक गरी असार महिनाभित्र बजेट पास गरिन्छ, साउन र भदौ महिनामा पालैपालो घर बिदामा बस्ने हुँदा कर्मचारीका अभावमा कार्यालयमा काम ढिलासुस्ती हुन्छ, मन्त्रालयले अख्तियारी ढिला दिने कारणले स्थानीय निकायमा सम्झौता पुस महिनादेखि शुरु भई चैत महिनाभित्र सम्झौता गरेर सकिन्छ, असार महिनामा विकासका काम…

Read More

बिर्तामोड, १८ असार । झापाको मेचीनगर नगरपालिकामा जग्गाको विषयमा विवाद हुँदा दाजुले भाइमाथि खुकुरी प्रहार गरेका छन् । मेचीनगर–१५ स्थित भाँगागोलाका ४० वर्षीय पूर्ण राजवंशीले बुधबार बेलुका जग्गाको विषयमा विवाद हुँदा ३२ वर्षीय भाइ जनक राजवंशीलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट घाइते भएका जनकको बिर्तामोडस्थित विर्ता सिटी हस्पिटल उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने पूर्णलाई इलाका प्रहरी कार्यालय धुलाबारी राखेर थप अनुसन्धान अघि बढाइएको प्रनाउ थापाले बताउनुभयो ।

Read More

झापा, १८ असार । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ४० हजार ३३८ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ६० हजार १५२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट…

Read More

बिर्तामोड, १८ असार । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी सहयोग जुटिरहेको छ । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी बुधबारे जेसीजले पनि सहयोग गरेको छ । जेसीजले हिजो ११ हजार रुपैयाँँ सहयोग गरेको हो । ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी र ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु…

Read More