झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिदिम, १६ असार । पाँचथरको कुम्मायक गाउँपालिकाले ग्रामीण सडकहरु मर्मतको जिम्मा स्थानीयवासीलाई दिने नीति ल्याएको छ । विगतका तीन आर्थिक वर्षमा ठूलो आर्थिक लगानीमा सडकको ट्र्याक खोलिए पनि अधिकांश सडकमा नियमित मर्मत गरेमात्रै सवारी सञ्चालन गर्न सकिने भएपछि गाउँपालिकाले यस्तो नीति लिएको हो । स्थानीय ग्रामीण सडकलाई बाह्रै महिना सवारी सञ्चालनयोग्य बनाउन विशेष कार्यक्रम आवश्यक परेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो । सडकको स्थानीयस्तरमै मर्मतसम्भार र संरक्षणका लागि टोलस्तरमा समिति गठन गरिनेछ । टोलस्तरीय समितिले सडक मर्मतमा जनसहभागिता जुटाउन सहयोग गर्नेछन् । सडकको मर्मतका लागि मासिकरूपमा श्रमदान गर्ने प्रबन्ध मिलाइने अध्यक्ष चेम्जोङले बताउनुभयो । “कोभिड–१९ को महामारीपछि उत्पन्न परिस्थितिमा सडकमा…

Read More

खोटाङ, १६ असार । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताउनुभएको हो । “कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहनुभएका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।” कृषिविज्ञ राईले आइतबार लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ…

Read More

काठमाडौं, १६ असार । सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।…

Read More

काठमाडौं, १६ असार । कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तीन महिना बित्दा पनि सरकारले घोषणा गरेको जोखिम भत्ता पाएका छैनन् । अर्थ मन्त्रालयले भत्ताका लागि बजेट निकासा गरेको छैन । सरकारले चैतको दोस्रो साता स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन कामको प्रकृतिअनुसार चार तहमा विभाजन गरी भत्ता दिने निर्णय गरेको थियो । न्यूनतम तलबको शतप्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र दैनिक तीन सय रुपैयाँ खाजा खर्च दिने निर्णय भएको थियो । नेपाल प्रहरीले ५० हजार र सशस्त्र प्रहरीले २६ हजार जनशक्तिका लागि भत्ता माग गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीले ९ चैतदेखि २० जेठसम्मका लागि एक अर्ब ३४ करोड र…

Read More

काठमाडौं, १६ असार । कोरोना भाइरस (कोभिड–१९)को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध हुँदा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) कार्यान्वयन थालनी मितिमा पुनः विचारको आवश्यकता भएको छ । पूर्वनिर्धारित मिति २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसीसी नेपालले जनाएको छ । एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउन छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वसर्त पूरा गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

अमित संग्रौलाम अहिले दुबईमा छु । मे महिनाको १८तालिखमा मेरो भिसा सकियो ।भिसा सकिनु भन्दा एक महिना अगाडिनै काम बन्द भयो ।काेठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कन योजना बनाएको अहिले सपना जस्तो भएकोछ ।कोरोना भाइरस र लक डाउनले गर्दा फर्कन पाइरहेको छैन ।एअरपोर्ट खुलेको छैन । स्वदेश फर्कन चाहाने युवा युवती धेरै छन् । यो बन्दा बन्दीले रोकिएको छ ।कति युवाहरु अलपत्र परेर बसेका छन् ।एअरपोर्ट कहिले खुल्छ आशामा बसेका छन् । कहिले पुगिन्छ भन्न थालेका छन् । यहाँ बस्ने नेपालीहरु ।के गर्ने कता जाने भनेर उनीहरुको मन विचलित हुन थालेको छ ।घर जान नपाएर उनीहरु भौतालिएका छन्…

Read More

झापा, १६ असार । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए । ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् । नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै…

Read More

झापा, १६ असार । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए । “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उनले भने । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने…

Read More

झापा, १६ असार । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा डेढ वर्षदेखि अड्किँदै आएको बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकको मस्यौदा सोमबार विवादका बीच स्वीकृत भएको छ । डेढ वर्षसम्म ५४ वटा बैठक बस्दा पनि विधेयकका मुख्य प्रावधानमा सहमति जुट्न नसकिरहेको बेला अन्ततः सोमबार समितिमा झन्डै आधा सदस्यको असहमति र सरोकारवाला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीको विरोधका बाबजुद विधेयक स्वीकृत भएको हो । प्रदेशको सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्र मातहत रहने कि प्रदेश मातहत रहने भन्नेमा तीव्र विवाद रहेकामा स्वीकृत गरी प्रस्तावमा अब प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाकै हुने…

Read More

भद्रपुर, १५ असार । मेची बहुद्देश्य कृषि फर्म भद्रपुर–४ ले यस वर्ष कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धि परियोजना कार्य बारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कृषि फर्म सञ्चाललक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालन स्थलमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । परियोजना संयोजक ज्ञानबहादुर चौहानले परियोजना अन्र्तगत ४ वटा डिप बोरिङ गाडिएको, तरकारीका बेर्ना उत्पादनका लागि प्लाष्टिक टर्नेल निर्माण, अग्र्यानिक मल उत्पादनका लागि गड्यौला मल केन्द्र निर्माण, पावर ट्रेलर खरिद लगायत विभिन्न जातका तरकारी खेती गर्दा १३ लाख ५० हजारको काम सम्पन्न भएको…

Read More