झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ असार । मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ। यसैगरी, महाशाखाले बुधबार बिहान देशभर आँशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

झापा, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ। योसँगै झापा लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। काठमाडौं उपत्यकामा भने थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Read More

झापा, १७ असार । दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि हुने, बाटोमा घाँस उम्रने र खोलामा पानी बढी हुने भएकाले फिल्डको काम स्थगित गरिँदै आएको छ । बन्दाबन्दी नभएको भए हालसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर चीनमा पनि र नेपालमा पनि बन्दाबन्दी भई हवाई सेवा सञ्चालन नभएका कारण ड्रिल औजार ल्याउन नसकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ । अहिलेसम्म ४।५ किलोमिटर गहिराइ गर्ने ड्रिल औजार ल्याइसक्ने विभागको योजना थियो । विभागले गत आर्थिक वर्षको सबै काम सम्पन्न…

Read More

झापा, १७ असार । सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ । यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिमा सन् २०२२ भित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरी मुलुकभित्रैबाट यससम्बन्धी विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सूचना…

Read More

काठमाडौँ, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ । आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका प्रतिवेदन परिमार्जन गरेर विधेयक पारित गर्न लागिएको हो । प्रस्तावित व्यवस्थाप्रति आलोचना भएपछि उक्त व्यवस्था हटाएर विधेयक पारितको प्रक्रिया अघि बढाउन सत्तारूढ दल तयार भएको थियो । सोहीअनुसार विधायन व्यवस्थापन समितिका तर्फबाट बनेको प्रतिवेदनको केही अंश परिमार्जन हुन लागेको हो । सचिवालय स्रोतका अनुसार असार १७ गते बस्ने बैठकले विधेयक पारित गर्नेछ । विधेयक पारितका क्रममा प्रतिवेदन संशोधनको व्यहोरा सरकारबाट सदनमा नै स्वीकार…

Read More

झापा, १७ असार । सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’ प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’ ‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको…

Read More

झापा, १७ असार । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी…

Read More

झापा, १७ असार । नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्वीट गरेका छन् । मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’ यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’ पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘एमालेमा कहिले पस्ने ? म त्यहीं छु, जबजभित्रै…

Read More

झापा, १६ असार । प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटन विकासका लागि सबै जिल्लामा समानुपातिक हिसाबले बजेट विनियोजन गरेको बताउनुभएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकअन्र्तगत सम्बन्धित मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले सरकार सीप विकास, रोजगार सिर्जनामा ध्यान दिएको छ भन्नुभयो । उहाँले एक गाउँ एक उत्पादनका लागि सरकारले बजेट विनियोजन गरेको छ भन्दै वैज्ञानिक वन व्यवस्थापनले भावी सन्ततिलाई जङ्गलमा पहँुच पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कुसियतले जडीबुटीका लागि प्रदेशको सबै जिल्लामा जडीबुटी उत्पादन एवं विकासका लागि बजेट विनियोजन भएको बताउनुभयो । प्रदेशसभा नियमावली, २०७४ को…

Read More

झापा, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिनुभएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिनुभएको विषयमा छलफल भएको हो । यसैगरी निर्वाचन आयोगमा नेकपा ९एमाले० नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि आजको बैठकमा छलफल भएको छ । बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…

Read More