झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी खेमाका नेताहरूलाई सरकाकारबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने सन्देश दिएका छन् । सोही सन्देशस्वरूप उनले बिहीबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक राखी जारी संसद् अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे । लगत्तै राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य भएको घोषणा भयो । प्रम ओलीले आफ्नै पार्टीको स्थायी कमिटी…

Read More

झापा, १९ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकमल दाहाल निवास खुमलटारमा जम्मा भई पटक पटक संवाद र वार्ता गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवास पुगेर पनि नेताहरू समाधानका उपाय खोजिरहेका छन् । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने दाहाल र नेपाल समूहको अडान…

Read More

झापा, १९ असार । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । असार २ गते मूल्यसूची आए पनि बन्दाबन्दी र पेट्रोलियम पदार्थको कारोबार नभएको अवस्था भएकाले छिटो निर्णय नलिइएको उपाध्यायले बताए । उनले भने, “हामीले चैत १९…

Read More

झापा, १९ असार । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ । यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखाँै किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी…

Read More

झापा, १९ असार । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन…

Read More

झापा, १९ असार । प्रदेश नं. १ मा हालसम्म ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. १ मा हिजो थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१५ जना पुगेको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक–एक जनामा सङ्क्रमण देखिएको…

Read More

प्रकाश सिलवालझापा, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा वि’वाद बढेपछि पार्टी गम्भीर स’ङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ । पछिल्ला घटनाक्रमका बीच आज बसेकोे सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर स’ङ्कटको मोडमा पुग्न लागेको त होइन भन्ने चिन्ता देखिएकाले एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको छ । आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल…

Read More

झापा, १८ असार । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले करिब रु ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै बोराङ नौबिसे २२० केभी प्रसारण लाइन आयोजना र कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हादकुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्णकुमार खड्कालाई तोक्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । सर्लाहीको रामनगर…

Read More

झापा, १७ असार । नेपालमा थप ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । तीमध्ये एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका…

Read More

मोरङ, १८ असार । मोरङको विराटनगर महानगरपालिका–१२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा बढीको अबैध समान सहित ६ जनालई पक्राउ गरिएको छ । आज बिहान ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर(१५ का राजा पासवान सहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ३० हजार रुपैयाँ बराबरको बिभिन्न…

Read More