झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २० असार । लायन्स क्लव अफ भद्रपुरले शैक्षिक सहायताका लागि भद्रपुर २ स्थित सगरमाथा माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । क्लवले प्रदेश सभा सदस्य ओमप्रकाश सरावगी मार्फत निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट प्राप्त ७५ हजार रकमले बालविकास तथा कक्षा १ देखि ५ सम्मका १०० जना विद्यार्थीलाई स्कुल व्याग, कापी पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । क्लवका चाटर्ड प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर माननीय ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको विशिष्ट आतिथ्तामा भएको कार्यक्रममा वडाध्यक्ष भीम सुब्बा, भनपा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेल, उद्योग बाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष खड्गबहादुर लिम्बू, अग्रज…

Read More

झापा, २० असार । कोरोना भाइरस कोभिड–१९ बाट आज शनिबार थप २३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वासथ्य मन्त्रालयको आजको नियमित प्रेस ब्रिफमा यसको पुष्टि गरेको हो । आज पुष्टि भएका संक्रमितहरुमा राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ११४ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा ७ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, बिराटनगरमा गरिएको परिक्षणमा ४ जना, राजविराजमा गरिएको परिक्षणमा ५१ जना, जनकपुरमा गरिएको परिक्षणमा १५ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा १३ जना, पोखरामा गरिएको परिक्षणमा ८ जना, रुपन्देहीमा गरिएको परिक्षणमा ५ जना, भेरी अस्पताल नेपालगनज गरिएको परिक्षणमा ७ जना, दैलेखमा गरिएको परिक्षणमा १ जना रहेका…

Read More

झापा, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास वबालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते ९आगामी सोमबार०सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो । नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि…

Read More

भद्रपुर, २० असार । एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो । मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उहाँले जानकारी दिनुभयो । शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको…

Read More

बिर्तामोड, २० असार । झापाको दमक नगरपालिकाबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति १० बजे उनीहरुलाई १७ ग्राम बाउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो भयो । पक्राउ पर्नेहरुमा दमक–५ मा डेरा गरी बस्दै आएका दमक–९ का ३२ वर्षीय रविन कुवर, इलाम घई भई दमक–५ मा बस्दै आएकी १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी दमकमा राखेर थप अनुसन्धान अघि…

Read More

भद्रपुर, २० असार । रोटरी क्लव अफ भद्रपुरको पदहस्तान्तरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । क्लबको वर्ष २०२०।०२१ को पहिलो बैठकमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । झापा उध्योग संघको भवनमा आयोजित कार्यक्रममा वर्ष २०१९।२० का अध्यक्ष टिकाराज ढकालले वर्ष २०२०।२१ का अध्यक्ष आदित्य पराजुलीलाइ पदहस्तान्तरण गर्नु भएको हो ।आफनो कार्यकालमा भएको गतिविधिका वारेमा ढकालले जानकारी गराउनु भएको थियो भने आगामि योजनाको वारेमा पराजुलीले प्रष्ट पार्नु भएको थियो । नव गठित अन्य पदाधिकारीहरुमा टिकाराज ढकाल इमिडेट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पाखरेल प्रेसिडेन्ट नोमिनि, इश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष पदको जिम्मेवारीमा रहनुहुनेछ भने…

Read More

बिर्तामोड, २० असार । झापा बिर्तामोड नगरपालिका–३ करेलाबारी निवासी मृर्गौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मृर्गौला खराब भएको छ । दुवै मृर्गौलाले काम नगरेपछि ५ महिनादेखि नियमित डायलासिस गराउँदै आएका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो भएको पीडित नेपालीले बताए । उनकाअनुसार एक पटक डायलासिस गर्न अस्पताल जाँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । हप्तामा दुई पटक डायलासिस गराउँदै आएको उनले बताए । ४२ बर्षीय नेपालीको आफ्नो घर भिट्टा समेत छैन । श्रीमती बिताएका उनको एक छोरी मात्र छिन् । छोरीको अभिभावक…

Read More

झापा, २० असार । तेह्रथुम र सुनसरीका विभिन्न स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तेह्रथुम आठराई गाउँपालिका–५ सुकेपोखरी सार्कीडाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका–५ का ३८ वर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन । हिजो बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडाबाट सुकेपोखरीतर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसी दुर्घटना हुँदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाइते भएकोले उनीहरुको…

Read More

झापा, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ । बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता गरिएको…

Read More

झापा, २० असार । कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् । के साँच्चै सलह खान हुन्छ त ?पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ ।…

Read More