झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । पछिल्ला दिनमा नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै ७ सय ४० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो हो । तर, मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पनि कोरोना रोकथाम र व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन योजना नबनाएको…

Read More

झापा, २० असार । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। कारोना महामारी न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन लागु गरेको थियो भने सरकारको पछिल्लो निर्णय अनुसार आगामी साउन ७ गतेसम्मलाई यो अवधि कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्बको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ। यस तथ्यांकलाई आधार मानेर नै लकडाउन अवधिभर ४१ अर्ब बराबरको क्षति हुने अनुमान पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल…

Read More

झापा, २० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै…

Read More

झापा, २० असार । कोभिड–१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०’ ले जनाएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि…

Read More

झापा, २० असार । मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । त्यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ । त्यस्तै, महाशाखाले शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै…

Read More

विराटनगर, २० असार । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ जनसुरक्षा कोषको रकम पारदर्शीढङ्गले खर्च भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेश सरकारबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी हालसम्म भएका कार्यहरुको सार्वजनिकीकरण तथा पत्रकार सम्मेलनमा उहाँले कोषको रकम खबरदारी, निगरानी र जवाफदेहीताका साथ कोभिड रोकथाम, नियन्त्रणमा र उपचारमा खर्च भएको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले कोषको रकम खर्चका सम्बन्धमा आगामी हप्तादेखि प्रत्येक हप्ता एक पटक सार्वजनिकीकरण गर्ने जानकारीसमेत दिनुभयो । उहाँले प्रदेशका जनतालाई एकद्वार प्रणालीमार्फत स्थानीय तहबाट रु नौ करोड ५० राहत वितरणका बजेट निकासा गरेको बताउनुभयो । उहाँले प्रदेशमा कोभिड–१९ का सम्बन्धमा आत्तिनुपर्ने…

Read More

झापा, २० असार । अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन÷तीन रजत र कास्य पदक जितेको हो । नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धामा श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरी स्वर्ण जितेकी हुन् । यस्तै १० वर्ष मुनिको स्पर्धामा दीक्षाले इरानकी साबा रोहीलाई हराउँदै स्वर्ण जितिन् । सात वर्ष मुनिको स्पर्धामा प्रशन्नले भारतका सात्विक खेतानलाई पराजित गरी स्वर्ण जिते भने आठ वर्ष मुनिको स्पर्धामा सत्कारले श्रीलङ्काका थरुशा लकमललाई हराएर स्वर्ण पदक हात…

Read More

झापा, २० असार । प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा रु ३३ करोड ५४ लाख जम्मा भएको छ । कोषमा जम्मा भएको रकममध्ये रु २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट सङ्कलन भएको प्रदेश सरकारले जनाएको छ । कोषमा जम्मा भएको रकममध्ये रु २७ करोड ३३ लाख ८९ हजार खर्च भएको प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । २५ हजारको नमूना सङ्कलनप्रदेशमा २५ हजार बढीको थ्रोट स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा बिहीबारसम्म २५ हजार ३४० जनाको स्वाब सङ्कलन गरिएकामध्ये ६१६ को कोरोना भाइरस रिपोर्ट पोजेटिभ र २३ हजार ९७०…

Read More

सन्तोष शर्माबिर्तामोड, १९ असार । कोरोना भाइरस कोभिड–१९ को नियन्त्रण एवम् रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित बनेका छन् । विभिन्न चरणमा सरोकारवालाहरुलाई आफ्ना समस्याका विषयमा अवगत गराए पनि कहीँकतैबाट सम्बोधन भएको भन्दै उनीहरु सडक संघर्षमा उत्रिएका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको नेतृत्वमा आज झापाको बिर्तामोडमा मौन ¥याली निकालियो । ¥यालीमा ‘शिक्षक कहिलेसम्म भोकै ?’, ‘कोरोनाले त छँदैछ, भोकले मृत्यु हुँदैछ’, ‘हाम्रा लागि सरकार कहाँ छ ?’ लगायत नारा उल्लेखित पम्पप्लेट प्रदर्शन गरेका थिए । इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बन्दाबन्दी शुरु भएयता आफूहरुले तलब नापाएको बताउनुभयो ।…

Read More

झापा, १९ असार । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५…

Read More