झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ असार । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले उक्त कार्यतालिका…

Read More

झापा, १२ शुक्रबार । बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष र १०७ महिला गरी कूल ५९३ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौँमा थप तीन जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । तीमध्ये एक हजार २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा,…

Read More

मोरङ, १२ असार । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Read More

जेनेभा, १२ असार (रासस/एएफपी) । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९०१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३ हजार ६२५ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट…

Read More

मोरङ, १२ असार । मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतिय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका–१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान (दुई लाख रुपैयाँ) सहित पक्राउ गरेको हो । भारतीय रुपैयाँसहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

दीपक चापागाईंतिम्रो अभिमानको चरम उत्कसलाई देखेरदन्ते कथाका बादसाहहरू मात्र हैनसंसार जित्ने उद्देश्यका साथ हिँड्नेसाहसी नेपोलियान बोर्नापाटदेखिमानव नरशंहार मच्चाएर आफूलाईशक्तिशाली र बहादुरी स्थापित गर्नेहिटलर, बिन लादेन, रूजबेट हुँदैनेपाल ऐकीकरण गर्ने राष्ट्र निर्मातापृथ्वीनारायण शाह, भक्ति थापाकोतपर्व मच्चाउने जङ्गबहादुरसबै–सबै मुस्कुराई रहेछन्तिम्रो दैनिक जीवनलाई देखेर । संसार आफ्नो कब्जामा भन्नेप्राचीन बादशाहहरू पनितास खेलका खेलैना मात्र हैन ?हरूवा जुवाडेहरूले च्यात्दैतल्लो स्तरका गालीका सिकार छन् ।इतिहासमा कोरिएका अनुहारहरूकुनै ऐक निश्चित समयपछिगल्लीमा मिल्काइएका ढुङ्गाभित्तामा झुन्डिएको तस्विरसडकमा बनाइएका शालिकबच्चाले खेलाउने खेलौनाशोकेसमा सजाउने सामग्रीमासीमित हुनु परिरहेको अवस्था छ । आफूलाई मै हुँ भन्ने महापुरूषहरूशालिकमा ङिच्च पर्दै घाम पानीमाघुलो धुवाँ र अनेकै चित्कार सुन्दैबर्षै कठाङ्गिएर बसिरहँदाअहिलेका शासकहरूलेमन नलागी नलागी पनियो…

Read More

काठमाडौँ, १२ असार । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र विविध कार्यसूचीमा…

Read More

मोरङ, १२ असार । मोरङको विराटनगर महानगरपालिका–१८ आइसीपी भवन अगाडिको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलको सात वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ । बिहीबार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १२ असार । नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको प्राथमिकता र निरन्तरतामा नपरेको बताए। ‘नेपालकै कमजोरीका कारण यो संयन्त्रको बैठक बस्न नसकेको हो’, उनले भने, ‘अन्य विषयमा सचिवस्तरका संयन्त्रका धेरै बैठक भए तर सीमा विषयमा एउटा पनि बैठक भएन।’ अन्य बैठकमा सीमा एजेन्डा घुसाउन सक्नुपर्नेमा त्यो हुन नसकेको उनको बुझाइ छ। ‘हामी वार्ता गरौं भनेर लागेनौं’, उनले भने, ‘अरू विषयमा भएका बैठकमा सीमाको एजेन्डा घुसाउन सकेनौं। मेरो अनुभवमा सीमाको विषय कहिल्यै उठेन।’ भारतले…

Read More

झापा, १२ असार । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ । कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइरहेका बेला चीनले पनि सीमा विवाद गरेको विषय उठेपछि परराष्ट्र मन्त्रालयले सीमा विवादको बारेमा प्रस्ट पारेको हो । चीनले सीमा मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा संकल्प प्रस्तावसमेत पेस गरिसकेको छ । तर, परराष्ट्र…

Read More