झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १२ असार । सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ । ग्राहक स्वयं उपस्थित हुन नसकेको अवस्थामा कानुनबमोजिमको वारेसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने निर्देशन प्राधिकरणले दिएको छ । कुनै एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल…

Read More

झापा, १२ असार । बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ । बीच–बीचमा रोकिए पनि वर्षा जारी रहने छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा भए पनि गण्डकी, बाग्मती प्रदेश, प्रदेश १ र २ का विभिन्न क्षेत्रमा तीन दिन भारी वर्षा हुनसक्छ । योसँगै तराईको चुरे क्षेत्रमा लगातार वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए…

Read More

झापा, १२ असार । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ । खोप शाखा प्रमुख डा गौतमले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । खोपहरू केन्द्रीय स्टोरबाट प्रदेशमा पठाइसकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।’ चिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये…

Read More

झापा, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग सहमत छैनन्। दाहाल र नेपाल पक्षका नेताले आलोचना गर्ने संकेत बुधबार पहिलो दिनको बैठकमै देखिएको थियो। उनीहरूले एमसीसी सम्झौताका साथै कार्यकारी अधिकार दाहाललाई प्रयोग गर्न नदिइएको, सरकारलाई एकलौटी चलाउन खोजेको, पार्टीलाई बन्धक बनाएको आरोप लगाइसकेका छन्। दाहालले बुधबार सम्बोधन र नेपालले ओलीले सम्बोधन गरिरहँदा प्रतिवाद गरेका थिए। यसका अतिरिक्त…

Read More

झापा, १२ असार । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी २२ र २३ असारमा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम बन्दाबन्दीको कारण सचिवस्तरीय निर्णयबाट स्थगित भएको थियो । दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख तीन हजार पाँच सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ । यस्तै, एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार एक सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । यस्तै, बालभिटा कार्यक्रम लागु भएका ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले जानकारी…

Read More

झापा, १२ असार । प्रदेश नं. १ बाट बिहीबार २९ जना झापालीसहित ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापाका २९, मोरङका १२, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक÷एक जना छन् । डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गर्नुभयोे । प्रदेश नं. १ बाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या…

Read More

झापा, १२ असार । बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक ब लात्कार र नौ वैवाहिक ब लात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत (१७ जना) परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट ब लात्कारका घट्ना भएको पाइएको…

Read More

महेन्द्रकुमार गिरीम जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामीहरु साउनिया, सतिलाल र नारीलाई झारफुक गर्न लगाउने तथा शनिश्चरेको बंगाली डाक्टर तथा चारपानेको बिजय डाक्टरकोमा उपचार गराउन लाने गर्दै सानोमा मलाई हुर्काउनु भएको थियो । आफू सामान्य लेखपढ भए पनि छोरोले राम्रोसँग पढोस् भन्ने उहाँमा चाहना थियो । त्यसैले घरैमा मास्टरको व्यवस्था गरेर तारा सञ्जेल सरलाई…

Read More

गंगा बरालभद्रपुर, ११ असार । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ७३ करोडभन्दा बढीको बजेट पारित गरेको छ । बुधबार शुरु भएको छैठौं नगरसभामा नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवम् उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रस्तुत गरेको बजेट बिहीबार छलफलपछि पारित गरिएको हो । नगरपालिकाले कोरोना महामारीको सम्भावित जोखिम समेतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । आन्तरिक तथा वाह्य पर्यटनलाई पनि ध्यानमा राख्दै नीति कार्यक्रम र बजेट निर्माण गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । सभामा उपप्रमुख श्रेष्ठले ७३ करोड ९२ लाख ८१ हजार ६१० रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । सो बजेटमा संघीय सरकारबाट…

Read More

बिर्तामोड, ११ असार । हल्दिबारी गाउँपालिकामा समानुपातिक÷ सन्तुलित बजेट नभएको भन्ने गुनासो आएपछि सम्बोधन गर्न खोज्दा गाउँसभा चलिरहेका बेलामा आफू लगायतका जनप्रतिनिधिमाथि आक्रमण भएको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभएको छ । गाउँपालिका परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष लिङ्देनले बहुमतका आधारमा उपाध्यक्ष डम्बर गिरी नेतृत्वको समूहले उदण्डता मच्चाएको आरोप लगाउनुभयो । ‘गाउँसभा चलिरहेका बेलामा वडाहरुमा समानुपातिक रुपमा बजेट नभएको, जलथल जंगल र बाटोको नामाकरणमा सम्बन्धमा विभिन्न पार्टीका प्रतिनिधि ज्ञापनपत्र बुझाउन आएका बेला सम्बोधन गर्न दिइएन’, उहाँले भन्नुभयो, ‘बहुमतका आधारमा नेकपा साथीहरुले उदण्डता मच्चाउनुभयो ।’ गाउँपालिका उपाध्यक्ष गिरी नेतृत्वको समूह (वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, वडा सदस्य…

Read More