झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १५ साउन । झापाको बिर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गर्नुभएको हो । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार…

Read More

झापा, १५ सायन । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस…

Read More

विराटनगर, १४ साउन । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा…

Read More

चितवन, १४ साउन । चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगर बस्ने ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बस्ने ४५ वर्षीय रामकृष्ण धामीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । विद्युतको पोलमा चढी विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा…

Read More

बाजुरा, १४ साउन । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Read More

दमक, १४ साउन । कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो । यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५.१ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८०–८१ को सोही…

Read More

पुष्करराज बुढाथोकीभक्तपुर, १४ साउन । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा मिर्गौला रोगको उपचारका लागि डायलिसिस सेवाको सुरु भएको छ । आज अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उक्त सेवाको शुभारम्भको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलिसिस सेवाको शुभारम्भ भएको छ । कार्यक्रममा बोल्दै मन्त्री थापामगरले मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी ५ मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको बताउनुभयो । मन्त्री थापा मगरले बागमती प्रदेश अन्तर्गतका १३ अस्पतालमध्ये ११ अस्पतालमा डायलिसिस सेवा सुरु भैसकेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री थापाले मन्त्रालयले निकट भविष्यमै…

Read More

झापा, १४ साउन । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२–६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताउनुभयो । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उहाँले…

Read More

झापा, १४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा…

Read More

झापा, १४ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म देशभर २,४५६ विपद् सम्बन्धी घटना भएका छन्। ती घटनामा सयौं नागरिक प्रभावित भएका छन् भने दर्जनौंको ज्यान गएको छ। सबैभन्दा धेरै १,११ वटा आगलागीका घटना भएका छन्। आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन्। यसबाट १,१२४ घरपरिवार प्रभावित भएका छन्। त्यस्तै, २४३ वटा चट्याङका घटना रेकर्ड भएका छन्। चट्याङका कारण २८ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। २८३ घरपरिवार प्रभावित भएका छन्। सर्पदंशका ६६ घटनामा ८ जनाको ज्यान गएको छ। ६४ जना घाइते हुँदा ७३…

Read More