
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मेचीनगर, ३ असार । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाको मेचीनगरमा सञ्चालनको तयारीमा रहेको कोरोना आइसोलेट होल्डिङ सेन्टरको आज निरीक्षण गरेका छन् । उनले सेन्टरलाई विहीवारदेखि सञ्चालनमा ल्याइने बताए । मेचीनगरको धाइजन ११ स्थित स्वास्थ्य चौकीको भवनलाई नै आइसोलेट होल्डिङ सेन्टरको मेचीनगर नगरपालिकाले स्तरोन्नति गरेको हो । जसलाई प्रदेश सरकारले थप सहयोग गर्दै आइसोलेट होल्डिङ सेन्टरको मान्यता दिएको छ । धाइजनआइसोलेट होल्डिङ सेन्टरमा ३५ जनासम्म राख्न सकिने क्षमता हुने छ । जहाँ पीसीआर परीक्षणमा पोजेटिभ देखिएका लक्षणविहीन कोरोनाका विरामीहरुलाई राखिने मन्त्री घिमिरेले बताए । भेन्टिलेटर र आइसीयु सुविधा आइसोलेट होल्डिङ सेन्टरमा हुनेछैन । राखिएका विरामीमा स्वाश्प्रश्वास र अन्य कुनै…
झापा, ३ असार । राष्ट्रिय युवा सङ्घ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ । युवा सङ्घको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो । युवा सङ्घका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को भागमा परेको छ । उहाँका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ ।…
झापा, ३ असार । सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बलात्कारलगायतका घटनामा संलग्न व्यक्ति कोरोना भन्दा ठूला भाइरस भएकाले दोषीलाई कडा कारवाही होस् । सोही दलकी विमला पौडेलले कोभिड –१९ को सङ्क्रमणसँगै महिला र बालबालिका विभिन्न समस्यामा परेकाले सरकारलाई यसतर्फ विशेष चनाखो हुन सुझाव दिनुभयो । नेकपाकै शेरबहादुर कँुवरले भारतका विभिन्न स्थानमा पेशा…
बिर्तामोड, ३ असार । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण गरेको हो । सहारा नेपाल साकोसको केन्द्रीय कार्यालय चारपानेमा अभियानले एक कार्यक्रमका बीच उनीहरुलाई खाद्य सामग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए । अभियानको परिकल्पनाकार तथा मुख्य साझेदार संस्था सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा फरक क्षमता भएका परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण…
झापा, ३ असार । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९०३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल…
ताप्लेजुङ, ३ असार । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो । पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।
झापा, ३ असार । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख २३ हजार ७३ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु…
झापा, ३ असार । नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो । कोभिड–१९को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजिनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । महासङ्घले एक साताभित्र सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको…
काठमाडौँ, ३ असार । कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी जिएसएम मोबाइल डाटा सेवा र सिडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ । टेलिकमले ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै…
झापा, ३ असार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेपछि मात्र अङ्गीकृत नागरिकता प्राप्त गर्नसक्ने प्रस्ताव गरेको छ । अङ्गीकृत नागरिकता दिने प्रावधानका सम्बन्धमा सांसदहरुबीच मैतक्यता नहुँदा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढ्न सकेको थिएन । अङ्गीकृत नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम भएको विवाह दर्ता प्रमाणपत्र तथा नेपालमा निरन्तर रुपमा स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयको सिफारिश र आफूले विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने कुनै प्रमाणपत्र नलिएको भए सोको प्रमाणसहित तोकिएको अधिकारीसमक्ष निवेदन…