झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २८ जेठ । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) स्थापनाका लागि काम सुरु गरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजको विशेष सहयोगमा एकका लागि एक अभियानले प्रयोगशाला स्थापनाका लागि काम अघि बढाएको अभियानका सहसंयोजक विनाद बस्नेतल जानकारी दिए । प्रयोगशालाका लागि कम्तिमा एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले प्रयोगशालाका लागि २५ देखि ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । अभियानको कोषमा २० लाख रुपैयाँ बचत रहेकोमा दाताहरुले नगद प्रदान गरिरहेका छन् । समाजको चार दिनअघि बसेको बैठकले अभियानले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका निम्ति…

Read More

सुरुङ्गा, २८ जेठ । झापा कनकाई नगरपालिकाका दुई युवाले यहाँका २२ जना प्रहरीको निःशुल्क कोरोना बिमा गरिदिएका छन् । कनकाई–४ निवासी झलकरमण भट्टराई र कनकाई– ३ निवासी सुरज रिजालले प्रहरीको रू एक लाखको कोरोना बिमा गरिदिनु भएको हो । कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहनुभएका प्रहरीलाई थोरै भए पनि सहयोग होस् भनेर आफूहरुले बिमा गरिदिएको भट्टराई बताउनुहुन्छ । “गाउँघरमा शान्ति सुरक्षा अहोरात्र खट्ने प्रहरीको काँधमा अहिले कोरोना नियन्त्रणको भूमिका महत्वपूर्ण छ”, रिजालले भन्नुभयो, “उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि सबैले सहयोग गर्न आवश्यक छ ।” इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक पदमसुन्दर लिम्बूले कोरोना बिमाबाट…

Read More

धनुषा, २८ जेठ । धनुषाको सबैलामा गएराति गो ली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गो ली प्रहार भएको देखिएको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गो ली प्रहार गरी मण्डलको ह त्या गरेको जस्तो देखिएको बताउनुभयो । हत्या कसले र किन…

Read More

झापा, २८ जेठ । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ । लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ । एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।…

Read More

झापा, २८ जेठ । प्रदेश नं. १ को एक मात्र प्रादेशिक अस्पताल कहलिएको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले यस आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । पुराना उपकरण, जीर्ण भवन तथा पर्याप्त विशेषज्ञ सेवा दिन नसकिरहेको अस्पतालको विकासका लागि प्रदेश सरकारले वजेटमार्फत सुधार गर्ने गरी जनचाहना अनुसार सम्बोधन हुने कार्यक्रम ल्याएको छैन । प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा प्रादेशिक अस्पतालको उन्नति हुने कार्यक्रम नभएपछि यस क्षेत्रका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । झापा क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य बसन्तकुमार बानियाँले अञ्चल अस्पतालको उन्नतिका लागि बजेट विनियोजन नगरेकोमा असन्तुष्टि जनाएका छन् । सांसद बानियाँले मेची अञ्चलकै ठूलो…

Read More

बाँके, २८ जेठ । बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका – २ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका(१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए। आइसोलेसनको पूर्वमा ठूलो फलामे ढोका र पश्चिम र उत्तरमा भवन बनाइएको छ। निर्माणाधीन भवनको दक्षिणतर्फ भने डोरीको मात्र बार लगाइएको छ। संक्रमितले भाग्नलाई त्यही बाटो प्रयोग गरेको हुनसक्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बताउँछन्। आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४…

Read More

झापा, २८ जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्बाट दबाब दिने रणनीति लिएको छ । लकडाउनका कारण सडकमा विरोध गर्न सम्भव नभएकाले सदनबाटै सरकारलाई कोरोना नियन्त्रणमा जवाफदेही बनाउने रणनीति कांग्रेसको छ । प्रमुख प्रतिपक्षीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला उसले सदन अवरुद्ध गर्नेसम्मको तयारी गरेको हो । कांग्रेस सांसद गगनकुमार थापाले मंगलबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यता’ का कारण मुलुकमा कोरोना संक्रमणले भयावह रूप लिएको दाबी गरे। संसद् र बाहिरबाट निरन्तर खबरदारी गर्दा पनि सरकारले नसुनेको उनको गुनासो थियो । ‘यो अवस्था त्यसै भएको होइन । यसको…

Read More

झापा, २८ जेठ । क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौं रुपैयाँ खर्चिएका छन् । तर पनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका छन् । मेचीनगरको तिरिङस्थित जनकल्याण आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरूबाट स्थानीय सरकारले शुल्क उठाएको हो । पछिल्लो पटक यहाँ भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्किएका २५ नेपाली बसेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किदा उनीहरूबाट शुल्क उठाइएको हो । ‘वडाध्यक्ष ज्यूले क्वारेन्टाइनमा बसेबापत पैसा माग्नुभयो । भारतबाट कैयौं दिन लगाएर फर्किदा बचाएको पैसा पनि उहाँलाई दियौँ,’ क्वारेन्टाइनबाट निस्केका एक मजदुरले भने । शुल्क नतिर्नेलाई होम क्वारेन्टाइनमा पठाउने धम्की वडाध्यक्ष पासाङ तामाङले…

Read More

झापा, २८ जेठ । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स ९यूएई० र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन । दूतावासबाट अहिलेसम्म उपलब्ध…

Read More

काठमाडौं, २८ जेठ । कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ । प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । सरकारले…

Read More