
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २८ जेठ । झापाको दक्षिणी क्षेत्र कचनकवलमा तस्करी बढ्दै गएको छ । सोमबार राति सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्सपेक्टरको नेतृत्वमा गएको टोलीले सो क्षेत्रका विभिन्न नाकाबाट सामान बरामद गरेपछि तस्करी बढ्दै गएको खुलेको हो । भारतबाट लुकाइ छिपाइ ल्याएर चिया बगानमा घाँसले छोपेर राखेको अवस्थामा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ । टोलीले खाने तेल, सूर्तीजन्य पदार्थ, रासायनिक मल लगायतका सामान बरामद गरेको केचनाका इन्सपेक्टर लोकबहादुर तामाङले जानकारी दिए । सीमा क्षेत्रमा डिउटी भए पनि तस्करले मौका छोपेर अवैध रुपमा सामान नेपाल भित्र्याउँदै गरेको जनगुनासो आएपछि दुई÷तीन दिनको प्रयासमा मध्यराति विभिन्न प्रकारका…
बिर्तामोड, २७ जेठ । लकडाउनमा संघीय र प्रदेश सरकारले निषेध गरेका व्यवसाय बाहेकका व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति झापाको कार्यालयमा आज भएको छलफलले बिहान ८ बजेदेखि २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको हो । बजार पूर्ण रुपमा खुल्न नपाउने तर सरकारले तोकेका ४३ उद्योगसँग सम्बन्धि व्यवसाय खुलाउन पाउने गरी निर्णय भएको छ । त्यसका लागि सबै वाणिज्य संघले स्थानीय तहसँग समन्वय गरेर सहमतिमा मात्रै व्यवसाय खुलाउन पाउने निर्णय भएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । व्यवसायीले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको व्यवस्थापनसहित पसल खोल्न पाउने निर्णय भएको पोर्तेलको भनाइ छ…
झापा, २७ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको जानकारी दिनुभयो । उहाँले प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट गर्नुभयो । उहाँले औपचारिक शिक्षाको…
प्रकाश सिलवाल/ नारायण ढुङ्गानाकाठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि भएको सैद्धान्तिक (सामान्य) छलफलमा यस्तो समर्थन देखिएको हो । सो विधेयकमा कुनै संशोधन भएमा ७२ घण्टाभित्र पेश गर्न सांसदलाई समय दिइनेछ । सरकारले यही जेठ ७ गते नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको…
झापा, २७ जेठ । कोरोना भाइरस कोभिड–१९ का थप ३२३ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा संक्रमितको संख्या ४०८५ पुगेको पुष्टि गरेको छ । आज संक्रमित पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् । त्यस्तै महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९…
बिर्तामोड, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–७ टुक्रेबाँधबाट १ लाख १० हजार बराबरको अबैध समान बरामद भएको छ । मंगलवार राति पौने ८ बजेको समयमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख १० हजार रुपैयाँ मुल्य बराबरको सुतिको कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कानूनी कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ ।
खोटाङ, २७ जेठ। जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएको छ । पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अ नुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताउनुभयो । “उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “घटनाका विषयमा थप अ नुसन्धान गरेर…
झापा, २७ जेठ । गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी आज बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ । पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा गठन गरिएको कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा…
काठमाडौं, २७ जेठ । कोरोना भाइरस महामारीसंगै त्यसको रोकथामका लागी गरिएको लकडाउन लम्बिदै जादा ब्यबसायीले लकडाउन उल्लङ्घन गर्न थालेका छन । यसै बीच लकडाउनमा व्यापारीहरुले काठमाडौंमा आफूखुसी पसल खोलेको भन्दै प्रहरीले बन्द गराउन थालेको छ । व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । आज मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । तर जेठ भरि लकडाउन घोषणा भएको भन्दै प्रहरीले पसल नखोल्न आग्रह गर्दै हिडेको छ । लामो समय देखि…
झापा, २७ जेठ । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स ९युएई० र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन। कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन्। अहिले संकलित आवेदनको आधारमा नै सरकारले तत्काल २४ हजार १ सय ४८ जनालाई ३१ फरक९फरक उडानबाट नेपाल ल्याउनु पर्नेछ। नेपाल फर्कन चाहेनको संख्या ५६ हजार ९३ छ। पहिलो चरणमा ३१ उडानबाट ल्याउने भनिए पनि उडान कसरी र कसको रायमा गर्ने भन्ने अन्यौल छ। पहिलो चरणमा प्रत्येक दिन पाँचदेखि…