झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २१ जेठ । बजार मूल्य भन्दाबढी नाफा राखेर चुरोट बिक्री गरेको भन्दै स्थानीय प्रशासनले बिर्तामोडको पशुपति ट्रेडिङ सेन्टर सिल गरेको छ । बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्याधिक मुल्य असुलेको भन्दै सिल गरेको हो । पसलमा प्रशासन र घरेलु कार्यालय झापाको टोलीले अनुगमन गरेको थियो । उपभोक्ताको उजुरीपछि पसलमा अनुगमन गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोडका डीएसपी मुकुन्द रिजालले बजार मूल्यभन्दा बढीमा सुर्तीजन्य पदार्थको कारोवार गरेको पाइएकाले कार्बाही गरिएको बताए । घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले प्रतिबन्धित भारतीय रजनीगन्धासमेत फेला परेपछि आवश्यक कारवाही प्रक्रियाका लागि तत्काल पसल सिल…

Read More

झापा, २१ जेठ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा निको भएर फर्किनेहरु पनि थपिँदै गएका छन् । अस्पतालमा लामो समय बसेर उनीहरु उपचारपछि घर फर्किन क्रम बढ्दै गएको हो । झापामा थप १७ जनाले कोरोना जितेका छन् । झापामा यसअघि बाह्रदशी र दमकका कोरोना संक्रमित निको घर फर्किएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १७ जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलवार धरानबाट डिस्चार्ज भएकामध्ये १७ जना झापाका रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । डिस्चार्ज हुनेमा १७ देखि ५२ वर्षका पुरुष छन् । १२ औँ देखि १४ औँ दिनमा उनीहरु डिस्चार्ज…

Read More

झापा, २१ जेठ । झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेम विवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए । तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो । ‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्‍यो पो भन्छन् १’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए । तर,…

Read More

झापा, २१ जेठ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटाइएको हो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट प्राप्त तथ्यांकअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट प्रत्यक्ष रुपमा ४६ हजार ८ सय जनशक्ति खटाइएको छ । यसैगरी, ब्याक सपोर्टमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उनीहरू सडकदेखि सीमासम्म खटिएका छन् । त्यसैगरी, सशस्त्र प्रहरीतर्फबाट देशभर गरी ३१ हजार ५ सय जनशक्ति परिचालन…

Read More

झापा, २१ जेठ । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्पmत १० युनिटसम्म निःशुल्कदेखि विभिन्न छुटको व्यवस्था गरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विश्लेषणअनुसार ती छुट एक वर्ष उपलब्ध गराउँदा सरकारले १२ अर्ब रुपियाँको राहत पुग्ने देखिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गनुभएको आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट वक्तव्यको ५३औँ बुँदामा १० युनिटसम्म खपत गर्ने गार्हस्थ ग्राहकदेखि खानेपानी, सिँचाइ र उद्योग कारखानालाई विभिन्न खाले छुट दिइएको छ । १५० युनिटसम्मका ग्राहकलाई महसुलमा २५ प्रतिशत र २५० सम्म…

Read More

झापा, २१ जेठ । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिए । बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमा बसे पनि उनीहरूको शैक्षिक सत्र खेर जान नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्रालयका…

Read More

झापा, २० जेठ । झापामा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका पाँच जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत जीवन चौलागाईले बताए । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पनि बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका झापा पाँचथर र ताप्लेजुङका पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । तीमध्ये तीन जना ताप्लेजुङका हुन् । बाँकी दुई जना झापा र पाँचथरका रहेको अधिकृत चौलागाईले बताए । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । २३७ जनाको रिपोर्ट भने नेगेटिभ आएको एसपी कोइरालाले जानकारी दिए ।

Read More

विराटनगर, २० जेठ । कोरोना भाइरहको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै अनलाईन मिडिया समूह मोरङले नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको निन्दा गरेको छ । स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर संसदबाटै मिडियाप्रति भ्रम फैलाएको जनाउँदै समूहका अध्यक्ष तेजेन्द्र भण्डारी र सचिब पुष्पराज थपलियाले कार्कीको निन्दा गरेका हुन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक…

Read More

झापा, २० जेठ । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो । बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो…

Read More

झापा, २० जेठ । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले घटनामा परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै दलित समुदायमाथि शृङ्खलाबद्ध विभेद तथा हिंसाका घटना भइरहेको भन्दै तत्काल सम्पूर्ण जातीय विभेदका स्वरुप तथा हिंसा अन्त्यका लागि महाअभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी, समितिले लकडाउनको समयमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसा, शोषण, विभेद र…

Read More