
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार सोमबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन्. । विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु…
झापा, १९ जेठ । सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो । नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै सरकारले उक्त नक्सा नेपालको निशासन छापमा समावेश गर्ने हेतुले संविधान संशोधन गर्न लागेको हो । सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेले आइतबार प्रतिनिधिसभा समक्ष उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएपछि सर्वसाधारणको जानकारीका लागि नेपालपत्रमा प्रकाशित गर्नु पर्ने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद्…
चन्द्रकला भण्डारीझापा, १९ चैत । झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालको सबैभन्दा होचो स्थानका रुपमा रहेको सो गाउँपालिका यतिखेर कोभिड–१९ महामारीको स’ङ्कटसँग जुधिरहेको छ । कूल ४२ हजार जनसङ्ख्या रहेको दक्षिणी सीमास्थित सो गाउँपालिकामा प्रदेश नं १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । तर महामारीसँग हार नखाएको गाउँपालिकाका अध्यक्ष अन्जारा आलमले बताउनुभयो । यहाँका ६ वटा क्वारेन्टिनमा ४१७ जना स्थानीयवासीलाई राखिएको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेका १०० जनालाई धरान र विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अझै १०० जनाको पिसिआर नतिजा आउन बाँकी छ । क्वारेन्टिनमा राखिएकालाई दोस्रोपटकको…
मोरङ, १९ जेठ । मोरङ सुनवर्सी–६ तालगाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । आज बिहान पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिई घर तर्फ आउदै गर्दा वर्षासँगै आएको चट्याङले लाग्दा गम्भीर घाइते भएकी निरुतु कुमारीलाइ उपचारार्थ लैजादै गर्दा उनको दिउँसो साढे १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
संखुवासभा, १९ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–५ की २१ बर्षीय पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । आज बिहान साँढे ७ बजेको समयमा डाँगीगाउबाट चैनपुरतर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरमा सवार रहेकी शेर्पा अचानक ट्याक्टरबाट लडेर घाइते भएकी थिइन । घाइतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भद्रपुर, १९ जेठ । पौराणिक महत्व बोकेको विर्तामोड–१० स्थित पर्यटकीयस्थल विराटपोखरको स्तरोन्नतिका लागि भइरहेको कामबारे प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् । झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा संसद रहेका सरावगीले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रप्त २० लाख रूपैयाँमा भइरहेको स्तरोन्नतिको कामको स्थलगत अनुगमन गरेका हुन् । पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेराबाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका थिए । आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरै काम बाँकी रहेकाले बजेट अभाव…
झापा, १९ जेठ । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी र वाग्मती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ । दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले…
झापा, १९ जेठ । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि ९फास्ट ट्र्याक०बाट पारित गर्ने तयारी गरेको छ। कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले गत शुक्रबार संसद्मा विधेयक दर्ता गरेको थियो। विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शनिबार संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ। उसले पार्टीले निर्णय गर्नुपर्ने भन्दै ‘केही दिन पर्खिन समय मागेको’ थियो।…
झापा, १९ जेठ । मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ–आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ । फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई ¥यापिड टेस्ट ९आरडीटी०मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा सङ्क्रमण नदेखिएकालाई स्वदेश फर्काउन सुरु गरिने जनाइएको छ । यसैगरी हाल घर फिर्ती केन्द्रमा राखिएका २४ नेपाली तथा दुई हजार ४७६ बङ्गलादेशी नागरिकलाई पनि क्रमशः फर्काइने जनाइएको छ । यसरी घर फिर्ती केन्द्रमा राखिएकामध्ये हालसम्म तीन जना नेपालीलगायत…
झापा, १९ जेठ । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।