
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ जेठ । स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पु¥याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’ न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा…
झापा, १८ जेठ । वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ । करिब तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भारततर्फ सिँचाइका लागि पानी लैजान बनाइएको कुलोमा अवरोध हुने भएपछि भारतीय पक्षले अवरोध गर्दै आइरहेको हो । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिल्लर रहेको स्थानबाट दशगजा छाडेर करिब ५० मिटरपर नेपाली भुमिमै पुल निर्माण गरिएको छ । तर, वर्षौंदेखि भारतीय पक्षले सो स्थानमा कुलोकै निहुँमा कब्जा जमाउँदै आइरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।
इलाम, १७ जेठ । इलाम नगरपालिका–१ साकेजुङका ३२ वर्षीय योगेस मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे इलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर ढुंगा लिन जाने क्रममा बाटोदेखी अन्दाजी ३० फिट तल खस्दा ट्याक्टर चालक मगर गम्भिर घाईते भएकोमा उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकास राई घाइते भएकोमा उनिहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।
पाँचथर, १७ जेठ । पाँचथरमा चालू आर्थिक वर्षमा ३८० विपन्न घर परिवारले जस्तापाता प्राप्त गर्ने भएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा उक्त सङ्ख्यामा विपन्न परिवारका प्लाष्टिक, खर तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो । सघन शहरी विकास कार्यालय झापाका अनुसार पाँचथरसहित झापा, इलाम र ताप्लेजुङमा यही जेठबाट उक्त कार्यक्रम लागू भएको हो । शुक्रबार जिल्लामा कार्यक्रम लागू हुने वडा सिफारिस गरिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । फिदिम नगरपालिकामा १०० तथा सातवटा गाउँपालिकामा ४० वटाका दरले विपन्न परिवारका घरलाई फुस तथा खरको छानोमुक्त बनाउने मन्त्रालयको संशोधित योजना…
झापा, १७ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १८९ जनामा संक्रमण पुष्टि भएको छ । १८५ र ४ जना महिला । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा ९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ८ जना, नारायणी अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १४ जना र कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा २ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ…
बिर्तामोड, १७ जेठ । बिर्तामोड नगरपालिकामा गठित कोरोना संक्रमण रोकथाम तथा राहत ब्यवस्थापन कोषका लागि सनराइज बैकले ५० हजार रुपैया उपलब्ध गराएको छ । सो कोषमा जम्मा हुने गरी सो बैकका बिर्तामोड शाखाका प्रबन्धक लगायतको टोलीले बिहीबार ५० हजार रुपैयाको चेक नगरपालिकाकी उप प्रमुख पबित्रादेबी महतारा प्रसाईलाई हस्तान्तरण गरेको नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले बताउनु भयो । सो अबसरमा नगरपालिकका उपप्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिबडाले बैकले सामाजिक उत्तरदायित्व बहन गरेकोमा बिशेष धन्यबाद ब्यक्त गर्नुभएको थियो । हाल सो कोषमा १ करोड २५ लाख भन्दा बढी रकम जम्मा भइसकेको छ भने सो रकमबाट बिर्तामोडका करिब ८ हजार परिबारलाई दुई…
बिर्तामोड, १७ जेठ । एकका लागि एक अभियान अन्तरगत आज झापाको बिर्तामोड–४ का ५० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । अभियानका अभियान्ता एवम् वीरता जेसीज बिर्तामोडका अध्यक्ष मिजास पोखरेलको अध्यक्षता एवम् बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले हुने परिवारले नहुने परिवारलाई सहयोग गर्ने पवित्र उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले अभियानमा करिब २० वटा संघसंस्था र विभिन्न व्यक्तिले उल्लेख्य सहयोग गरिरहेको बताउनुभयो । अभियान अन्तरगत राहत, निःशुल्क खाना विरतण भइरहेको छ भने कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला (पीसीआर टेष्ट ल्याब) सञ्चालनका लागि पहल थालिएको…
झापा, १७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो । जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ ।” गुर्जो, असोगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक…
झापा, १७ जेठ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार छनोट गरिएका १७६ उत्तरदातामध्ये सबैभन्दा बढी ३१.८० प्रतिशत अर्थात् ५६ जना उत्तरदाताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिएको छ । सोहीअनुरmप दोस्रो र तेस्रोमा क्रमशः २४.४० प्रतिशत (४३ जना) सहभागीले सामाजिक सञ्जाल र २२.७० प्रतिशत (४० जना) सहभागीले रेडियोलाई दैनिक सूचनाको निम्ति पहिलो प्राथमिकतामा राखेको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार १८.८० प्रतिशत सहभागीले टेलिभिजनलाई…
झापा, १७ जेठ । सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिनुभएको हो । सूचना प्रणाली बलियो बनाउन र एकआर्कामा सहकार्यको भावना विकास गर्न आवश्यकता रहेको भन्दै मन्त्री ढकालले स्याटेलाइट अस्पतालले हब र हब अस्पतालले मन्त्रालयलाई नियमित रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताउनुभयो । कुनै पनि अस्पतालाई…