झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ असार । यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ । सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुटिरहेको छ तर समस्या कायमै छ ।पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन । नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो । तर नेपालमा पहिरोको पूर्वसूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको…

Read More

झापा, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ । नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा…

Read More

झापा, ११ असार । कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो । पछिल्लो समयमा निजी विद्यालयले पठनपाठन नभए पनि रकम तिर्न अभिभावकसँग ताकेता गरिरहेका छन् । निजी विद्यालयको यो कदमको चर्को आलोचना भइरहेको छ । कतिपय निजी विद्यालयले त खानाको रकम पनि बिलमा जोडेका छन् । युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपैयाँ…

Read More

बनियानी, १० असार । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित कञ्चनबारीमा आज डेढ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । बाह्रदर्शी–६ का श्यामकुमार टुडूकी डेढ वर्षीया छोरी अनुसा टुडूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । आज दिँउसो ३ बजेतिर घरमै खेल्ने क्रममा नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेको र बालिकाको शव खाल्डोमा रहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, १० असार । झापाको मेचीनगर नगरपालिका समयमा बजेट ल्याउन असफल भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्रमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि नगरसभा बस्न नसकेपछि मेचीनगर नगरपालिका बजेट ल्याउन असफल बनेको हो । गाउँघरमै सिंहदरबारको अधिकार पुर्याउनुपर्ने योजना अनुसार नीति तथा कार्यक्रमहरु तय गरिए पनि नगरप्रमुखले अधिकारलाई नगरपालिकामै केन्द्रीय गर्न खोजेपछि नगरसभा हुन नसकेको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य एवम् नेकपा संसदीय दलका उपनेता टीकाराम मंग्रातीले बताउनुभयो । ‘जनस्तर र जनमुखी नीति तथा कार्यक्रम बनाउन खोज्दा नगरप्रमुखले मान्नु भएन’, उहाँले भन्नुभयो, ‘नगरप्रमुखकै अडानका कारण नगरसभा बस्न सकेन, बजेट ल्याउन नगर असफल भयो ।’ स्रोत बाँडफाँडमा समेत…

Read More

बिर्तामोड, १० असार । झापामा आज ५ वर्षदेखि ६५ वर्षसम्मका ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार यसको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मेचीनगरका १० र शिवसताक्षीका १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ६५ वर्षीय बृद्धसम्म छन् । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए । नयाँ थपिएकासँगै झापामा कोरोना भाइरस संक्रमितको संख्या २१६ पुगेको छ ।

Read More

इटहरी, १० असार । सुनसरीको धरान उप-महानगरपालिका–२० बिष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंगसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे बिष्णुपादुकाबाट धरानतर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २४५ ग्राम अवैध लागुऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स(साना सिंग ४ थान र कस्तुरी मृगको सिंग जस्तो देखिने छाला सहितको सिंग २ थान बरामद गरेको हो । लागुऔषध तथा जंगली जनावरको अंग समेत…

Read More

झापा, १० असार । नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला गरी कुल ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६३४ पुरुष छन् । ११४ जना डिस्चार्जप्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १०६…

Read More

बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय तहलाई सक्षम र जिम्मेवार बनाइ सहभागितामूलक प्रक्रियाबाट नतिजामूलक ढंगले नगरबासीहरुको सहभागिता अभिवृद्धि गर्दै उपलब्ध श्रोत साधनको अधिकतम् परिचालन गरी योजना तर्जुमाबाट सहरको सौन्दर्यता बढाउने र ग्रामीण क्षेत्रको उत्पादनलाई बृद्धि गर्दै लैजाने दुरदृष्टिलाई मुख्य आधारको रुपमा लिइएको बताउनुभयो । आजदेखि शुरु भएको पाँचौ नगरसभामा नगरप्रमुख शिवाकोटीले त्यस्तो बताउनुभएको हो । ‘आगामी आ.व. ०७७÷७८ को नीति तथा कार्यक्रम संघीय सरकार तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, पञ्चवर्षीय योजना, संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य प्राप्ति तथा कोभिड–१९ को संवेदनशील योजना तथा विगतको नीति, कार्यक्रम समेतलाई आधार लिई प्रस्तुत गरिएको छ’, उहाँले भन्नुभयो…

Read More

बिर्तामोड, १० असार । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज सुरु भएको पाँचौ नगर सभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईं उक्त बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा आगामी आ. व. ०७७÷७८ मा नगरपालिकाको आन्तरिक आम्दानी १२ करोड ४७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन (मालपोत कार्यालय) ९ करोड, लागत सहभागिता १ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण २० करोड ४७ लाख, राजश्व बांडफांड ११ करोड १ लाख ७० हजार, सशर्त अनुदान ३७ करोड १ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय…

Read More