
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ असार । भारतको पश्चिम बंगाल सरकारको अवरोधका कारण ३१ दिनदेखि एकतर्फी सञ्चालनमा रहेको मेची नाकाको अवरोध खुकुलो बन्दै गएको छ । नेपाली कृषिउपज बोकेको कन्टेनरहरू सोमबारदेखि नाकाबाट पास हुन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘सोमबारबाट नेपाली कन्टेनरहरू भारत र बंगलादेश जान थालेका छन्, मंगलबार सामँझसम्म अरू कन्टेनर पनि जाने कुरा छ,’ भन्सार प्रमुख विश्वकर्माले भने । आइतबार ९ र सोमबार १३ गरी २१ वटा अम्रेसो बोकेका कन्टेनर मेची नाकाबाट भारततर्फ गएको र मंगलबार चिया तथा अलैँची बोकेको थप १० वटा कन्टेनर जाने क्रममा रहेको भन्सार प्रमुख विश्वकर्माले बताए । कोरोनालाई कारण देखाएर पश्चिम बंगाल सरकारले…
बिर्तामोड, ९ असार । झापामा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै झापाका १५ वटै पालिकामा कोरोना संक्रमण देखिएको छ । मंगलबार बिर्तामोड नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएपछि जिल्लाका सबै पालिकामा संक्रमण देखा परेको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज जिल्लाका चार वटा पालिकामा मेचीनगर तीन, बिर्तामोडमा दुई, बुद्धशान्तिमा छ र हल्दिबारीमा दुई जनामा कोरोना पुष्टि भएको हो । झापामा भेटिएका एकजना तेह्रथुमका भएकाले स्वास्थ्य मन्त्रालयले १२ जना कोरोना संक्रमित रहेको जनाएको थियो । जिल्लामा पहिलो पटक गत बैशाख १२ गते दमक नगरपालिकाका…
झापा, ९ असार । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् । यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका…
झापा, ९ असार । नेपाल पत्रकार महासङ्घ र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले बन्दाबन्दीका समयमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य भएमा सैह्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिद्वारा आज आयोजित ‘कोरोना महामारीमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा’ विषयका भर्चुअल संवादमा महासङ्घका अध्यक्ष गोविन्द आचार्य र समितिका अध्यक्ष राजेन्द्र अर्यालले ठूला भनिएका सञ्चार गृहमै यस प्रकारको समस्या देखिएकाले सञ्चार उद्यमीसँग सार्थक संवादबाट समाधान नभए दबाबमूलक कार्यक्रम र कानूनी उपचारबाट श्रमजीवी पत्रकारलाई न्याय दिलाइने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष आचार्यले आवश्यक परेमा सञ्चार गृहमा जुलुस आयोजना र…
झापा, ९ असार । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गर्नुभएको छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरेकामा नेकपाका वेदुराम भुसालले आ’पत्ति प्रकट गर्नुभयो । अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेकामा उहाँले…
पाँचथर, ९ असार । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले क’ब्जाको प्रयास गरेको टोलीको निष्कर्ष छ । उक्त स्थानलाई आफ्नोतर्फ पार्न भारतले नेपाली भू–भागमा भौतिक संरचना निर्माण अवरोध गर्नुका साथै स्थानीयवासीलाई मानसिक तनाव दिएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । उक्त स्थानबाट पूर्वतर्फ भारतमा संरक्षित क्षेत्रका रूपमा सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको र उक्त स्थानमा भौतिक संरचना निर्माण गर्न नसकिने भएपछि भारतीय पक्षले नेपाली भूभाग कब्जा…
झापा, ९ असार । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव गर्नुभएको थियो । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित गर्ने तयारी गरिए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।
झापा, ९ असार । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ४१ हजार ७४६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट…
ओखलढुंगा, ९ असार । ओखलढुंगा मानेभञ्ज्याङ–६ देउरालीडाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल घर भएका २७ वर्षीय संजय बरमन रहेका छन । आज बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्लेतर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टर चालक संजय बरमन गम्भीर घाईते भएकोमा उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
झापा, ९ असार । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता रहे पनि सरकारसँग समन्वय गरेर ल्याब स्थापना र सञ्चालन गर्न सकिने धारणा राखे । उनीहरुले ल्याब स्थापनापछि सञ्चालनमा आउन सक्ने समस्याका बारे अहिले स्पष्ट हुनुपर्ने विचार राखेका थिए । झापामा स्थापना हुने ल्याबका लागि १ नम्बर प्रदेश सरकारसँग पहल गर्न दलहरु सहमत भएका छन् । त्यस्तै, प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसँग समन्वय गर्न तथा आवश्यक व्यवस्था मिलाउन दलहरु प्रतिबद्ध भएका छन् । छलफलमा नेकपा झापाका अध्यक्ष…