झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ असार । सरकारले कोभिड–१९ महामारीका कारण उत्पन्न आर्थिक संकटसँग जुध्दै वित्तीय स्रोत जुटाउन सयौं प्रशासनिक संरचनाको खारेजी र निजामती प्रशासन सचिबसहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने तयारी गरेको छ । धान्नै नसकिने गरी बढेको प्रशासनिक तथा अनुत्पादक क्षेत्रको खर्च घटाउन सरकारले गृहकार्य थालेको हो । त्यसका लागि योजनाविद डिल्लीराज खनालको संयोजकत्वमा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको प्रतिवेदन क्रमशः कार्यान्वयन गर्दै जाने निर्णय गरिरहेको छ । प्रकोपका कारण खुम्चिएको मुलुृकको विकास निर्माण र आर्थिक गतिविधीलाई पुनः गति दिंदै आवश्यक रकमको जोहो गर्न यस्तो तयारी गरिरहेको हो । आयोगले कम्तीमा ६ वटा मन्त्रालय र ३० भन्दा बढी विभाग…

Read More

झापा, ८ असार । देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् । दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो । सडक विभागको पुल महाशाखाका प्रमुख दीपक…

Read More

झापा, ८ असार । सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन छ । यस्तो व्यवस्थापछि प्रयोगकर्ता आफैँले आफूले जडान गरेको इन्टरनेटको गुणस्तर र प्रयोग भइरहेका डिभाइस सङ्ख्याका बारेमा जानकारी लिन सक्ने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए । ‘राउटर अथवा धेरै डिभाइसमा कनेक्ट भएका कारणले इन्टरनेट स्पिड कम हुँदा पनि गुनासो आइरहेको छ, उनले भने, यस्तो व्यवस्थापछि प्रयोगकर्ताले वास्तविकता थाहा पाउने र बुझेर मात्र गुनासो आउने…

Read More

द्रोण अधिकारीभद्रपुर, ८ असार । सघन सहरी विकास योजना अन्र्तगत भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका सडक स्तरीकरणका कामको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । पहिलो, दोस्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकांश सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्राक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माण गुणस्तरमाथि प्रश्न उठेको हो । निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ तथा कल्र्भट धसिने र कालोपत्रे उक्कने समस्या देखिन थालेको स्थानीय विष्णु राजवंशीको भनाइ छ । राजवंशीका अनुसार सडक निर्माणस्थलमा सरकारी प्राविधिक टोली कमै मात्र आउने गरेका छन् भने निर्माण ठेकेदार कम्पनीका प्राविधिक पनि पेटीे कन्ट्राक्टरका भरमा निर्माण कार्य अघि बढाइरहेको छ ।…

Read More

झापा, ८ असार । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् । संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको…

Read More

झापा, ८ असार । बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् । जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् । तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राहतमा प्राथमिकता र…

Read More

बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले एक करोड रुपैयाँको योजना पारित गर्दै वडासभा सम्पन्न गरेको छ । आइतबार वडा कार्यालयमा भएको सभामा भौतिक पूर्वाधारतर्फ ९० लाख र प्रवद्र्धनात्मक विकास कार्यक्रमतर्फ १० लाख रुपैयाँको योजना नगरपालिकामा पेस गर्ने निर्णय गरिएको वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । ग्रामीणमुखी बजेट विनियोजन गर्नेगरी नगरमा पठाइएको योजनामा वडाका सबै बाटोमा नाला अनिवार्य निर्माण गरिने भएको छ । बाटो बचाउन नाला र प्लम्ब अनिवार्य भएकाले प्राथमिकता दिइएको पाण्डेले बताए । वडाले भौतिक पूर्वाधारअन्तर्गत नाला निर्माण भइसकेका बाटोमा पेभर्स र कालोपत्रे गर्ने, विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिने, सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी…

Read More

हिमाल खरेल झापा, ७ असार । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा रहेको समर्पण राष्ट्रिय भवनको दुईवटा कोठामा सञ्चालन गरिने अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । आइतबार बिर्तामोडमा बसेको अभियानले ल्याब राखिने स्थान तोक्नुका साथै त्यसको व्यवस्थापन र दिगो सञ्चालनका बारेमा छलफल गरेको छ । त्यस्तै, प्राविधिक पक्ष र आर्थिक व्यवस्थापनका बारेमा छलफल तथा निर्णय भएको छ । यसअघि अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएको थियो । उनीहरुको सल्लाहमा कोटिहोममा…

Read More

सुनसरी, ७ असार । सुनसरीको कोशी गाउपालिका–७ हरिपुर स्थित भित्रीसड्क खण्डबाट दुई भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत–१ का २० वर्षीय लक्ष्मण कुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई उनिहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतीय रुपैयाँ १२५०, र भारतका विभिन्न बैंकका एटीएम कार्ड समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

झापा, ७ असार । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।” कोरोना जस्ता हजारौँ भाइरस प्रकृतिमा रहेको जनाउँदै उहाँले…

Read More