
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ असार । चितवनका सञ्चारकर्मी अनिल ढकाल बन्दाबन्दीको शुरु–शुरुमा ‘हिँडेरै घर फर्कनेहरुको पीडा’ रिपोर्टिङ सम्झिरहनु हुन्छ । उहाँले भन्नुभयो, “रिपोर्टिङ गरेर समाचार लेखुञ्जेल खुशी भएँ, जब बेलुका फर्केर घरको ढोकामै पुगेँ, दुई वर्षको छोराले बाबा ! भनेर लिन आएपछि होस् नै उड्यो ।” उहाँले त्यसबेलाको अवस्था सम्झँदै भन्नुभयो, “कतै मैले कोरोना त बोकेर आएको छैन ? आफूले आफैँलाई प्रश्न गरेँ र छोरालाई काखमा लिनै सकिनँ ।” भीडमा गएर पत्रकारिता गर्दा कस्तो मान्छेलाई भेँटे होला भनेर अहिले पनि मन पोलिरहने उहाँको भनाइ छ । पत्रकारिता पेशाका कारण घरपरिवारसँग खुशीले बस्न सक्ने अवस्था छैन । उहाँले भन्नुभयो, “यस्तो बेला मन साह्रै…
झापा, ७ असार । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् । बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार…
झापा, ७ असार । केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस वर्ष जुन १२ ९जेठ ३०० गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो । महाशाखाले आगामी २४ घण्टा देशको धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ । ती क्षेत्रहरुमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत…
मोरङ, ७ असार। मोरङ बुढीगंगा– ५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागि बेहोस भएका उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक सन्तोष सोही स्टोरमा ओल्डिङको काम गर्दै आएको र घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
शालिकराम भट्टराई ‘अन्तरे’एकभुँडी भोक पस्किएर थालमा,पल्याक पुलुक टोलाउँदैछन् क्वारेन्टानहरु ।सेल्फीका राहत, आहत बोकेर सकिएअनि मेटिए कुवामा साबुनका फिजहरु ।हो, आज पनि भेटिएत्यतै कतै कोरोनाका आइसोलेशनहरु,र भेटिए राहतका रित्ताथैला बिसाएका,समाजसेवी मनुवाहरु ।चिहाएर हेर्छुटेलिभिजनका थाङ्गने लफ्फाजीहरु,अनि सुन्छु रेडियोकासेनिटाइजर सुझावहरु ।लामै भयो कथा यो कहर,विश्व ब्रमाण्डको ।सोधौं कसलाई ओखती ?हिजो सानेले तातोपानीमाअलिकति नुन फिटेर रात काट्यो ।कान्छीले एम्बुलेन्सका प्वालबाटअस्पताल नदेखी श्वास बिसाई ।साइलाबा भन्दैथिए,आँशु पनि नुनिलै हुन्छ है केटा हो !एकथरीका कराँसोमाफलेकै छन, झुलेकै छन वालाहरु ।अर्काथरी अमुर्त भाषाका बकवास ओकलिरहेछन ।भो, अब चाहिन्न, डाक्टरका ओखतीहरु !पुग्यो अब, बिजुवाका मुन्दुमहरु,र पुग्यो पुरेतबाजेका ग्रहजापहरु ।अब, फगत कोरोना कुस्तीमा रम्नुछ ।भद्रपुर– १० (संप्रतिः कृषि ज्ञान…
झापा, ७ असार । आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श) हुने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९३ प्रतिशत सूर्यग्रहण देख्न सकिन्छ । त्यसैगरी काठमाडौँ र जनकपुरबाट…
झापा, ७ असार । झापाको गौरादह नगरपालिकाले शनिबार छैटौँ नगरसभामार्फत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा नगरप्रमुख रोहितकुमार साहले नगरको एकवर्षे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरप्रमुख साहले नगरमा स्वास्थ्य एप्स, पशुपालन, कृषि, शिक्षा, नगरका गौरवका आयोजनालगायत पूर्वाधार विकास र अतिविपन्न गरिब तथा लक्षित समुदायको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रममा जोड दिइएको बताउनुभयो । त्यस्तै युवा स्वरोजगार तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन तथा सुशासन, खेलकूद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार एवं धर्मसंस्कृतिको जगेर्नालगायतका सर्वाङ्गीण विकास गर्ने लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ…
दमक, ७ असार । गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो । उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको देखियो । असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिनुभयो । सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार ५०० का हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् । चिसो र…
झापा, ७ असार । सरकारले मितव्ययिताको नारा अघि सारेपनि कर्मचारीको भत्तामै करोडौं रकम खर्च गरिरहेको छ । पछिल्ला ११ महिनामा संघीय सरकारका कर्मचारीको विभिन्न भत्तामा मात्रै झण्डै ५५ करोड खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयले पनि यसमा प्रश्न गरेको छ । महालेखाकाको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७६–७७ को ११ महिनामा फिल्ड, बैठक र प्रोत्साहन गरी तीन प्रकारको भत्तामा ५४ करोड ८७ लाख ४५ हजार खर्च भएको छ । मासिक औसत पाँच करोड भत्तामा सकिँदैछ । सबैभन्दा धेरै प्रोत्साहन भत्तामा ४३ करोड २० लाख ८३ हजार खर्च भएको छ । त्यस्तै, बैठक भत्तामा १० करोड ६० लाख र फिल्ड भत्तामा एक करोड ६ लाख खर्च…
झापा, ७ असार । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् । कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको छ । यतिबेला निकै चलायमान (सिजन) हुने ठमेल आजभोलि सुनसान जस्तै छ । होटल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, टे«किङ पसल र डिस्कोबाहिर घाँस उम्रिएको अवस्था छ । ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन…