
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ असार । कोरोना भाइरस कोभिड(१९ बाट आज थप ३८० मा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा झापामा गरिएको परिक्षणमा २ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानगरिएको परिक्षणमा ४ जना, जनकपुरमा गरिएको परिक्षणमा ५५ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा २ जना, पोखरामा गरिएको परिक्षणमा २१ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ७६ जना, भेरी अस्पताल बाँकेमा गरिएको परिक्षणमा १० जना, गजेन्द्र नारायणसिंह अस्पतालमा राजविराज गरिएको परिक्षणमा ३ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा १ जना, रुपन्देहीमा गरिएको परिक्षणमा ४ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ९ जना, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २२ जना, राप्ति विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा…
पाँचथर, २ असार । पाँचथरको फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् । उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताउनुभयो । कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त…
अमित संग्रौला आज मआभारी छु कृतज्ञ छुयो सुन्दर संसार देखाई दिनुभयोआज कसरी धन्यवाद दिउम कसरी आभार प्रकट गरुँकुन प्रकारले धन्यवाद व्यक्त गरुँमेरो लागि कर्म गर्ने बुबाजन्म दिने मेरो आमामेरो निमित्त महानहो कति संघर्ष गरेरयहाँसम्म आइपुगेको छुआमाको आशीर्वाद र,बुबाको कर्मले ठेलेको छआज म जन्मिएको दिनपहिलोपटक धर्ती टेकेको दिनम रुँदा आमा खुसी हुनु भएकोदिन हो आजम अनुग्रह भएरमेरो हृदयकोती कुनाकप्चाबाट नैधन्यवाद छ जसले साराप्रसव पीडा सहेरयो सुन्दर संसारकोअनुभव गराउनु भएको छभगवान जहाँ पनि पुग्न सक्तैनन्त्यसैले भगवानको ठाउँमा आमा बनाएको होरातमा उज्यालो बनाउने जून छदिनमा उज्यालो बनाउने सुर्य छमेरो जीवनमा अर्थपुर्ण र सार्थक बनाउनेआमाको ममता र स्नेहर, आशीर्वाद छहो आमा तपाइलाई हृदयदेखि नैधन्यवाद…
एजेन्सी, २ जेठ । बिगत केहि सातादेखि तनावग्रस्त बनेको चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । उक्त झडपमा एक कमाण्डीङ अफिसरसहित कम्तिमा तीन जना भारतीय सेनाको मृत्यु भएको भारतीय मिडियाले रिपोर्ट गरेका छन। मिडिया रिपोर्टका अनुसार मंगलबार बेलुका दुई सैनिक बीच करिब ३ घण्टा झडप भएको थियो । यसअघि पनि घम्साघम्सी भए पनि सोमबार बेलुका भने दुई सेना बीच गोली हानाहान भएको बताइएको छ गोली हानाहान सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको…
काठमाडौँ, २ असार । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ । आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताउनुभयो । उहाँका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।
झापा, २ असार । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गरेको हो । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कोभिड–१९ का कारण विदेशबाट समेत श्रमिकको माग नभएको अवस्थामा नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएको हो । कोरोनाले विश्वका सबै व्यवसाय र समाजका हरेक क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै काँग्रेस संसदीय दलले अहिलेको विषम…
भद्रपुर, २ असार । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए । घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए । मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल…
मङ्गलबारे, २ असार । कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो । इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष तथा समाजसेवी देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देश–विदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो । इलामेली किचन नाम दिएर सञ्चालित अभियानमा दैनिक १०० बढीले खाना खाने गरेका थिए…
झापा, २ असार । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । उहाँका आनुसार उक्त प्रणालीको प्रभाव आज देशको पूर्वी तथा मध्य भूभागसम्म पर्नेछ । भोलिबाट पश्चिमी भूभागमा पनि यसको असर रहने बताइएको छ । हाल प्रदेश नं ५ का केही भूभाग गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ…
झापा, २ असार । कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ । कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । लकडाउनका कारण चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउने…