
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ जेठ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारन्टिनमा रहेका छन् । अर्थ मन्त्रालय स्रोतका…
झापा, ३१ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो । विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टिन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ । केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ । प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा…
झापा, ३१ जेठ । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज ९शनिबार० पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ । शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा…
झापा, ३१ जेठ । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज ९शनिबार० पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ । शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा…
इलाम, ३० जेठ । इलाममा कोरोना संक्रमितको संख्या दुई भएको छ । आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । करफोक क्वारेन्टाइनमा रहेको सूर्योदय नगरपालिकाका १८ वर्षीय युवामा कोरोनाको संक्रमण भेटिएको हो। उनी गत जेठ २० गते सिलिगुडीबाट इलाम आएका थिए। उनलाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए। यसअघि जेठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ वर्षीय युवकमा कोरोनाको संक्रमण देखिएको थियो। उनी जेठ १८ गते इलाम प्रवेश गरेका थिए। उनको पनि गोठगाउँमा उपचार भइरहेको छ। पहिलो कोरोना संक्रमित देखिएकै दिन करफोक क्वारेन्टाइन सिल गरिएको थियो।
बिर्तामोड, ३० जेठ । झापाका दुई स्थानीय तहमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा ११ जना र बाह्रदशी गाँउपालिकामा २ जना संक्रमण पुष्टि भएकाृे हो । योसँगै झापामा संक्रमितको संख्या १६९ पुगेको छ । कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेकामध्ये ७ जना र महेन्द्ररत्न मावि केचनाको क्वारेन्टाइनमा बसेकामध्ये ४ जना सक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । गाउँपालिका वडा नम्बर १, ५ र ६ का एक÷एक जना, वडा नम्बर ४ मा ८ जना रहेका छन् । उनीहरुको उमेर १५ देखि ४९ बर्षसम्मका सबै पुरुष रहेको शाखा प्रमुख यादवले जानकारी दिए ।…
झापा, ३० जेठ । नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५३ रहेका छन् । विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै विपि…
पूर्ण थापा (काजी)अचेल संसारभर कोरोनाको कहर छ हजुरप्रवासीलाई आफ्नो भूमि टेक्ने रहर छ हजुर । सहर पस्ने, मुग्लान बस्नेको होस खुल्यो अबगाउँ–गाउँ नै रहेछ, फर्कनेको लहर छ हजुर । युवाहरू जुटेपछि विकासको मुल फुटेपछिउहिले छोडिहिँड्या गाउँ अब शहर छ हजुर । जेठो आउने खाडीबाट, माइलो आउदै युरोपबाटखोरिया पाखा कतै बाझो नराख्ने ठहर छ हजुर । पाखुरा चलाउने हो आफ्नै माटोमा सुन फलाउने होछिमेकीको अन्नपात जे खाए पनि जहर छ हजुर । भानु–४, तनहुँ
अमित संग्रौलालगातार पानी परिरहेको तीनदेखि । पानी रहन्छ जस्तो देखिदैन ।वातावरणमा पनि उतारचढाव आएको देखिन्छ ।गएको राति त ठूलै पानी परेछ । असिना सहित आएको सुनिन्थ्यो । टिन बजेको आवाज कानमा गुन्जिरहेको छ ।पानी सँगसँगै हुरी बतास पनि आएको थियो ।बिजुलीको पोल ढलाएछ । आँपका रुख बकैनाको बोट असरल्ल परेर भुइँभरि छरिएका छन् । गाउँलेहरु ति लडेका रुखहरु काटेर दाउरा बनाउने दाउ छोपी रहेका छन् । असार लागी सकेको हुनाले रोपाइँ गर्ने चटारो परेको छ । बडा बा र पल्लो घरे काकाहरुलेको रोपाइँ धमाधम चलिरहेको छ । छोरा भन्छ बाबा स्कुल कहिले खुल्छ र मैले एसइई दिन पाउँछु । लक…
बिर्तामोड, ३० जेठ । झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकले यहाँका १०१ जना पत्रकारको कोरोना उपचार बीमा गरेको छ । पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरेको हो । पेशागत बीमा समाज बिर्तामोड (आइपीएस)सँगको सहकार्यमा पूर्वाञ्चल दैनिकले सञ्चारकर्मीकोे बीमा गरेको प्रधान सम्पादक एकराज गिरीले जानकारी दिनुभयो । कोरोनाको कहरबाट सञ्चारक्षेत्र अछुतो नरहेको र पत्रकार अझ जोखिममा रहेकाले उनीहरुको बिमा गरिएको सम्पादक गिरीले बताउनुभयो । आज एक कार्यक्रमका बीच समाजका अध्यक्ष सन्तोष उप्रेतीलाई प्रधान सम्पादक गिरी र व्यवस्थापक चन्द्रकान्त ढकालले बीमाका लागि रकम हस्तान्तरण गर्नुभयो । बीमा एक लाख रुपैयाँको हुनेछ । बीमा गरिएका सञ्चारकर्मीमा कोरोना संक्रमण देखिए एक…