
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सरोज भट्टराईझापा, १५ साउन । नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षीको दुधेमा हुने भएको छ । शिवसताक्षीको दूधे स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक झापा महिला गोल्ड कप अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवद्र्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । झापा जिल्लालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखी लगानी गरिएको उनको भनाई थियो । नेपालमै सर्वाधिक पुरस्कार राशीको तयारीप्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने आयोजकको तयारी छ । प्रतियोगितामा…
झापा, १५ साउन । झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । बिर्तामोड ५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५० रुपैयाँको बिगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं, १५ साउन । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा(१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए । उनीसहितको…
झापा, १५ साउन । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँ रहेको थियो ।
वासिङ्टन, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएको छन् । साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेको छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताउनुभयो । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू (जसमा केही ५० प्रतिशतसम्म हुनेछन्) पनि लागु हुनेछन् । छुट्टै पोस्टमा ट्रम्पले अगस्ट १ को समयसीमा ‘बलियो छ र विस्तार गरिने छैन’ भन्नुभएको छ । उहाँले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गर्नुभएको थियो र १० प्रतिशत अन्तरिम आधारभूत…
दाङ, १५ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । तुलसीपुरबाट बिजौरीतर्फ गुडिरहेको रा १ त ३४७८ नम्बरको खाली ट्र्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो । प्रहरीले ट्र्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको छ ।
काठमाण्डौ, १५ साउन । इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेको छ । आज हुने तय भएको पहिलो सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो । पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै ४ खेल जित्दै तालिकाको शीर्ष स्थानमा थियो । इन्डियन्स च्याम्पियन्स भने खेलेको एक मात्र खेलमा विजयी भएर चौथो स्थानमा छ । इन्डियन्स च्याम्पियन्सले लिग चरणमा पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो । आउँदो शनिवार पर्सि उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेता टिमसँग खेल्ने तालिका छ । दोस्रो सेमिफाइनलमा आजै दक्षिण अफ्रिका च्याम्पियन्स र अस्ट्रेलिया च्याम्पियन्स खेल्दैछन् ।
झापा, १५ साउन । झापाको भद्रपुर नगरपालिका ३ स्थितबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन्। साउन १४ गते प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे. ६ प २५८२ नम्बरको मोटरसाईकल चालक हल्दिवारी २ का २३ बर्षीय राजिब कुमार राजवंशीलाई ब्राउन सुगर १ ग्राम ४४ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।
झापा, १५ साउन । केही दिन अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका एक युवाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । करिब एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावसमा जानकारीपछि केही दिनमै उनको शव नेपाल आइपुग्नेछ । ससुरा सन्तलाल सासु पदुमा गिरीसहित श्रीमान कुमार गिरीको मृत्युपछि हाल मेचीनगर–१० स्थित धुलावारीमा रहँदै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित हुन् ।
झापा, १५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू–भागका…