
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ असार । कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताउनुभयो । तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् । आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उहाँका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २६५ जना रहेका छन् । तीमध्ये १९ महिला र २४६ पुरुष रहेका छन् । कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक…
झापा, ८ असार । कोभिड–१९ को विभिन्न बहानामा पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहलाई विभिन्न पत्रकारका सङ्घसङ्गठनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि आज पत्रकारका सङ्घसङ्गठनसँग गरेको छलफलमा उनीहरुले पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहसँग आग्रह गरेका हुन् । कोभिड–१९ को बहानामा पत्रकारलाई निष्काशन गर्ने, बिदामा बस्न बाध्य बनाउने, पारिश्रमिकलगायत सुविधा कटौती गर्ने गरी काम गर्न नसक्ने वातावरण बनाउने जस्ता कार्य सञ्चारगृहले गरेकाले महासङ्घको नेतृत्वमा आन्दोलन गर्नुपर्नेसमेत बताएका छन् । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घले श्रमजीवी पत्रकारका विषयमा कोहीकसैसँग सम्झौता नगर्ने र अहिलेको सङ्कटपूर्ण समयको बहानामा पत्रकारमाथि भइरहेको अमानवीय…
झापा, ८ असार । प्रदेश नं. १ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उहाँले काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताउनुभयो । उहाँले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने…
कनकाई, ८ असार । झापाको कनकाईमा १५ वटा घर सिल गर्नुका साथै घरमा रातो झण्डा गाडिएको छ । पछिल्लो चरणमा कनकाई नगरपालिकाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षिय एक महिलाको कोरोना भाइरसको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै समुदायमा कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै कनकाई नगर क्षेत्रमा थप कडाई गरिएको हो । कुबेतवाट आएकी कनकाई नगरपालिका ७ निवासी ती महिलाको सम्पर्क समुदायमा समेत भएको हुँदा कोरोना भाइरस फैलिने उच्च जोखिमका कारण सम्वन्धित व्यक्तिको घरपरिवारसहित सोही टोलका १५ वटा घरलाई पाँच दिनकालागि सिल गर्दै पहिचानकालागि घरमा रातो झण्डा गाडिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । कनकाई नगरमा…
झापा, ८ असार । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ५३५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । त्यस्तै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार १४२ जना रहेको छ । अहिले सम्म कोरोना संक्रमणबाट २३ ले ज्यान गुमाइसकेका छन ।
बिर्तामोड, ८ असार । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा खयरबारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ वर्षीय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० वर्षीय दिपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटा पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । “प्लाष्टिकको पोकामा लुकाएर राखेको अवस्थामा ब्राउनसुगर फेला प¥यो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।” प्रहरीले साथबाट नगद रू छ हजार, दुई थान मोबाइल…
मोरङ, ८ असार । मोरङ पथरी शनिश्चरे–१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरेस्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाइकलले साइकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागी गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोला नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
भद्रपुर, ८ असार । भद्रपुर स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वभाविक भीड लाग्न थालेको छ । सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकाम्स सेवाग्राहीको चापले मालपोत कार्यालयमा भीड लागेको हो । चैत्र ११ गतेबाट सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा सदरमुकाममा सरकारी कार्यालयले सेवा दिन थालेपछि चहलपहलसँगै सडकमा पनि सवारी चाप अस्वभाविक रूपमा बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट नागरिक बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सम्पूर्ण कार्यालयका सेवा अबरुद्ध थिए । बन्द रहेका अधिकाम्स कार्यालयहरू खुलाउने सरकारी निर्णयसँगै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालनमा आएका छुन् । सरकारी कार्यालय सञ्चालनमा आएपछि कोरोना…
अशोक घिमिरे काठमाडौँ, ८ असार । कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एशोसिएशनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । सो विधि प्रयोग गर्न डब्लुडब्लुडट कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ । वेबसाइटमा आफ्नो तथा आफ्ना परिवारको व्यक्तिगत मूल्याङ्कन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको स्थानीय जोखिम पनि हेर्न सकिन्छ । एशोसिएशनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमुलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताउनुभयो । बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको…
चन्द्रकला भण्डारीभद्रपुर, ८ असार । पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् । रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् । कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बङ्गाल प्रान्तीय…