झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ,११ असार । मोरङ सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ । आज दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासँगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

सुनसरी,११ असार। सुनसरीको धरान–१५ स्थितबाट १ जना हतियारसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–६ मा बस्ने २७ बर्षीय रोशन राई रहेका छन । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान–१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा हिजो राती पक्राउ गरिएको थियो । राईलाई पक्राउ गरिएसँगै थप अनुसन्धान गर्ने क्रममा धरान–१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो । बरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा उनैले सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १…

Read More

काठमाडौं, ११ असार । नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्।

Read More

काठमाडौँ, ११ असार । राष्ट्रियसभाको बैठकमा सांसदहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाए । आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

Read More

सुनसरी, ११ असार । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो २ बजे भाण्टाबारी स्थितमा हिडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन –४१एम्पोल, डाईजेल्याव–३९ एम्पोल, लुपिजेसिक–४०एम्पोल, नाईट्रोशन–१०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन–१४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, ११ असार । झापाको माइपश्चिम क्षेत्रका आधा दर्जन पालिकाले बुधबार आ–आफ्ना नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको माइपश्चिमको मुख्य व्यापारिकस्थल दमक नगरपालिकासहित गौरादह, शिवसताक्षी नगरपालिका र कमल तथा गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् । दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सातौँ नगरसभाको उद्घाटनमा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभयो । जसमध्ये चालुतर्पm रु ७७ करोड ७७ लाख ६५ हजार र पूँजीगततर्फ रु ५३ करोड ५२ लाख ७० हजार विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।…

Read More

सुनसरी, ११ असार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको घुइँचो बढेको छ । अस्पतालको क्षमताभन्दा बढी बिरामी आउन थालेपछि आकस्मिक कक्षको भुइँमै राखेर उपचार भइरहेको छ । आकस्मिक कक्षको क्षमता ७० बिरामीको मात्रै हो । तर, १ असारदेखि दैनिक औसत एक सय २० बिरामी आइरहेको अस्पतालको आकस्मिक विभाग प्रमुख डा। ज्ञानेन्द्र मल्लले बताए । भिड बढेपछि अप्रेसन गर्नुपर्ने बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्ने गरिएको छ । एपेन्डिक्सको समस्या भएर भोजपुरबाट आएकी शिवकुमारी भुजेललाई भुइँमै राखेर उपचार भइरहेको छ । ‘बेड छैन भनेर भुइँमै बिरामीलाई राखिएको छ । अप्रेसन गर्नुपर्छ भनेको छ । तर, अत्तोपत्तो छैन,’ शिवकुमारीकी बुहारीले भनिन् । एचआइभी, टिबीलगायतका संक्रमणजन्य रोगका बिरामीलाई छुट्टै कोठामा…

Read More

झापा, ११ असार । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब सञ्चलनका लागि प्रदेश सरकारले अनुमति दिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विशेष चासो देखाएका थिए । मन्त्री घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गरे । एकका लागि एक अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि बुधबार झापाको कनकाईस्थित समर्पण भवनमा मन्त्री घिमिरेसँग महत्वपूर्ण छलफल भएको छ । झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमिति दिए ।…

Read More

झापा, ११ असार । पार्टी र सरकारको कामको असन्तुष्टि सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकको पहिला दिनमै पोखिएको छ । एजेन्डा तयमा मात्र होइन शीर्ष नेताको सम्बोधन र सिट व्यवस्थापनलाई लिएरसमेत बैठकमा असन्तुष्टि देखिएको छ । दुई पटकको स्थगन र ६ महिनापछि बसेको बैठकमा शक्ति बाँडफाँड, सरकारको काम र पार्टी गतिविधिलाई लिएर दुई अध्यक्षबीच बैठकमा फरक–फरक धारणा आएका छन्, जसले बैठकमा सम्भावित धु्रवीकरणको संकेत दिएको छ । एकजना स्थायी कमिटी सदस्यले त पार्टी सचिवालय विघटनको प्रस्ताव गरेका छन् । बुधबारबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा सुरुमा महासचिव विष्णु पौडेलले पेस गरेका पाँच एजेन्डामा सदस्यहरूले आपत्ति जनाएपछि एजेन्डा थपिएका…

Read More

मुगु, ११ असार । छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका हुन् । आफूलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको नगर प्रमुख शाहीले बताए । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार असन्तुष्ट नेकपाका जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी फुटाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More