
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ असार । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका(६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्याई बेपत्ता भएको तथा बेपत्ता भएका लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यसैगरी सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका(५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको…
झापा, ९ असार । संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० ललाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा…
झापा, ९ असार । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका बारेमा विधिसम्मत निरुपणका लागि सम्बन्धित पक्षसँग परामर्श जारी रहेकाले हाल कुनै शुल्क लिन नमिल्ने स्पष्ट गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा र…
गोरखा, ९ असार । रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन्। साम्दोका बासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन्। त्यताका बासिन्दा पनि साम्दो, सामा गाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन्। दुवै गाउँका बासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने साम्दोका बेलबहादुर गुरुङ बताउँछन्। ‘साम्दोका बासिन्दासँग उताको बोर्डर पास हुन्छ। रुईवासीजस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ’, ३३ वर्षसम्म शिक्षण पेसा गरेर बसेका गुरुङ…
झापा, ९ असार । बिसिजी खोप लगाएका देशमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम भएको विभिन्न अनुसन्धानले देखाइरहेका वेला नेपालमा भने ठूलो संख्यामा बालबालिका बिसिजी खोपबाट वञ्चित भएका छन् । सरकारी तथ्यांकअनुसार कोरोना संक्रमण सुरु भएयता ३२ हजारभन्दा बढी बालबालिकाले बिसिजी खोप लगाउन पाएका छैनन् । लकडाउन सुरु भएसँगै बिसिजी खोपमा ठूलो असर परेको छ । परिवार कल्याण महाशाखाका अनुसार चैत महिनामा १२ हजार बालबालिकाले मात्रै बिसिजी खोप पाएको तथ्यांक छ । शिशु जन्मनासाथ बिसिजी खोप लगाउने गरिन्छ । यसले क्षयरोग ९टिबी० का साथै भाइरल ज्वरो, श्वासप्रश्वासलगायत अन्य थुप्रै संक्रमणसँग जुध्ने र शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाउने काम गर्छ । बेलायत र अमेरिकी अनुसन्धानकर्ताले गत चैतमा…
झापा, ९ असार । क्लिनरको भिसामा गत वर्ष दुबई उडेकी झापाकी मुना मगर अहिले सडकमा अलपत्र छिन् । दुई वर्षका लागि वैदेशिक रोजगारमा गएकी उनलाई कम्पनीले शनिबार बिहान कोठाबाट निकालेको छ । ‘कम्पनीले सामानसहित कोठाबाट निकालिदियो । अहिले सडकमै अलपत्र छौँ,’ मुनाले टेलिफोनमा भनिन् । नेपालमा आयस्रोत केही नभएपछि परिवारको गर्जो टार्न ऋण निकालेर उनी दुबई गएकी थिइन् । दुबईको शारजहास्थित सिडिमेड क्लिनिङ कम्पनीले उनीसँग आठ घन्टा ड्युटी, १३ सय रियाल तलब, ओभरटाइमको सुविधा र बिमाको पनि व्यवस्था हुने सम्झौता गरेको थियो । त्यसैले दुई वर्ष दुःख काटेर भए पनि धेरथोर पैसा लिएर आउने उनको सपना थियो । तर, दुबईको जागिर सोचे जस्तो भएन । अस्पताल र विद्यालयमा…
झापा, ९ असार । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् ।…
झापा, ९ असार । ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा। खेम कार्कीले सक्रिय भूमिका निर्वाह गरेको बताएको हो । सार्वजनिक खरिद ऐन २०६३ ले विशेष परिस्थितिमा आवश्यक सामग्री खरिद गर्न सक्ने अधिकार स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयका अख्तियार प्राप्त अधिकारीलाई दिएकामा मन्त्री र उनका सल्लाहकार संलग्न हुनुले अनियमितता हुनुको पुष्टि गरेको सांसदहरूको दाबी छ । समिति सदस्य विरोध खतिवडाले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा स्वास्थ्यमन्त्री…
झापा, ९ असार । सावधानीका उपाय अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकिने गरी बन्दाबन्दी खुकुलो बनाएपछि उद्योग क्षेत्र आफ्नो चुनौती खेप्दै लय समाउने प्रयासमा जुटेको छ । असार १ देखि बन्दाबन्दीको स्वरूप परिवर्तन गरिएपछि कोरोना सङ्क्रमण जोखिमका कारण करिब दुई महिना बन्द रहेका उद्योग श्रमिक जुटाउने, जोखिम सुरक्षा अपनाउने लगायतका गतिवधि बढाउँदै लगेका छन् । कतिपय उद्योग भने अझै अनुकूल समयको प्रतीक्षामा छन् । नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मोरका अनुसार खुकुलो बन्दाबन्दीले चुनौतीबीच उद्योग सञ्चालनमा धेरै सहजता मिलेको छ । बन्दाबन्दीको समयमा सुस्ताएका उद्योगी सकारात्मक सोच र आँट राखेर उद्योग व्यवसाय सञ्चालनको प्रयासमा जुटेका छन्, उनले भने, यद्यपि चुनौती…
झापा, ८ असार । इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्यमान्यता, आदेशनिर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध लागुऔषध (ब्राउनसुगर) कारोबारमा संलग्न ब्यक्ति, अबैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरु तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारका गोली तथा अन्य घरायसी हात हतियार सहित अवैध…