झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ असार । कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् । देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययन छन् । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले संस्थागत विद्यालयका शिक्षकले गत…

Read More

झापा, ७ असार । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले गम्भीरतापूर्वक ध्यान नदिँदा चालु संसद् अधिवेशनबाट संघीय निजामती सेवा विधेयक पारित हुने सम्भावना न्यून हुँदै गएको छ । समितिमा डेढ वर्षदेखि सो विधेयक अड्किँदै आएको छ । राज्य व्यवस्था समिति र मन्त्री त्रिपाठीले प्रस्तावित विधेयकमा यसअघि भइसकेका कतिपय सहमति तोड्ने प्रयास गरेपछि विधेयक अघि बढ्न नसक्ने देखिएको हो । विधेयकमा सहमति खोज्ने मुख्य जिम्मेवारी नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीको हो । तर, त्रिपाठीले यो जिम्मेवारीलाई बिर्सदा महत्त्वपूर्ण विधेयक अलपत्र परेको हो । मन्त्री त्रिपाठीले सहमति हुन नसकेका विषयलाई…

Read More

झापा, ७ असार । भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ । ‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्वशान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौं,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । लद्दाखको गलवान घाटीमा भएको भारतीय—चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सो घटनाको भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका…

Read More

झापा, ७ असार । नेपालसँग पनि आठ महिनायता कालापानी क्षेत्रमा भारतको विवाद चर्किएको छ। विवाद समाधान गर्न नेपालले अघि सारेको वार्ताको प्रस्ताव भारतले स्वीकार गरेको छैन। परराष्ट्रमन्त्रीहरूबीच औपचारिकरअनौपचारिक संवादसमेत छैन। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका पराष्ट्रमन्त्री संवादमा नजोडिएको लामो समय भइसकेको छ। ‘उता (भारत) का विदेशमन्त्री र यता (नेपाल)का परराष्ट्रमन्त्रीबीच संवाद हुन नसक्नु नै दुभाग्यपूर्ण भयो। हाम्रा आआफ्ना शैली, स्वभाव होलान् तर त्यसलाई व्यवस्थापन गर्ने हो। छिमेकी बदल्न न भारतले सक्छ न त हामीले नै। यस्तो अवस्थामा किन संवाद नै हुन नसक्ने गरी चिसोपनाको परिस्थिति निर्माण भइरहेको छ रु म अचम्मित छु’, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘म…

Read More

झापा, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताउनुभएको छ । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीे सरकारको राष्ट्रिय आकाङ्क्षा रहेकाले त्यो पूरा गर्ने आधारका रुपमा शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वानसमेत गर्नुभयो । सन् २०१५ बाट संयुक्त राष्ट्र सङ्घले…

Read More

झापा, ६ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान आजको आवश्यकता रहेको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य हुनु परेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र सहरमा जनसङ्ख्याको चाप बढ्ने अवस्थाको अन्त्य हुँदैन ।” उहाँले गाउँको विकास, गाउँका जनतालाई रोजगारी र गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिम प्रदेश विकासको गतिमा अगाडि बढ्न नसकेको…

Read More

भद्रपुर, ६ असार । लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र पौडेलले जिम्मेवारी पाएका छन् । हालका प्रेसिडेन्ट यामबहादुर श्रेष्ठले नव निर्वाचित प्रेसिडेन्ट योगेन्द्र पौडेललाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यसैगरी फस्ट भ्वाइस प्रेसिडेन्टमा प्रकाश उप्रेती, सेकेन्ड भ्वाइस प्रेसिडेन्टमा भूमि राजवंशी, थर्ड भ्वाइस प्रेसिडेन्ट शर्मिला अधिकारीले जिम्मेवारी पाएका छन् । यस्तै सेक्रेटरीमा गोपालदास खनाल, भ्वाइस सेक्रेटरी अनिता राजवंशी, कोषाध्यक्ष उत्तम राजवंशी, टोलट्यस्टर अनिता रिजाल, क्लब मेम्मरसिप चियर पर्सन उर्मिला गौतम, क्लब एलसिआइएफ कोअर्डिनेटर प्रदीपमणि रेग्मी, क्लब सर्भिस चेयर पर्सन पर्वती ओझा, क्लब मार्केटिङ कम्युनिकेशन चियरपर्सन मदन अधिकारी, क्लब डाइरेक्टर शिवकुमार गुप्ताले जिम्मेवारी लिएका हुन् । हालका प्रेसिडेन्ट यामबहादुर श्रेष्ठको अध्यक्षता तथा…

Read More

झापा, ६ असार । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण…

Read More

गंगा बरालभद्रपुर, ६ असार । विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यले झापाको भद्रपुर नगररपालिका वडा नं ९ मा विपन्न १० परिवारलाई निःशुल्क रुपमा बाख्राको पाठा वितरण गरिएको छ । गरिबी निवारणका लागि बाख्राको पाठा साटासाट कार्यक्रमअन्तर्गत एक संक्षिप्त कार्यक्रमका बीच प्रति परिवार दुईवठा पाठी र सामुहिक रुपमा एउटा बोयर जातको बीउ बोका वितरण गरिएको वडा सदस्य नूतन पौडेलले जानकारी दिए । सामाजिक दूरी कायम राखी कार्यवाहक वडाध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच नगरउपप्रमुख चन्द्रा श्रेष्ठ, पशुसेवा शाखा प्रमुख रोहितकुमार कार्कीलगायतले पाठा हस्तान्तरण गरेका थिए । यो साटासाट कार्यक्रम हो । एक वर्षपछि बाख्रा अर्को विपन्न परिवारलाई हस्तान्तरण गर्नुपर्दछ । वडा…

Read More

झापा, ६ असार । भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख ६९ हजार तीन रहेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतको उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लामो बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरेको छ । देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेले बन्दाबन्दीको निर्णय पुष्टि गर्दै भन्नुभयो, “दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार…

Read More