झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फुङलिङ, ११ साउन। ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । दुर्घटनामा परेको बोलेरोमा विक र चालक मात्र रहेको बताइएको छ । चालकलाई उपचारका…

Read More

विराटनगर, ११ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ । अभियान अन्तर्गत वाइसीएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा…

Read More

काठमाण्डौ, ११ साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले लगातार चौथो खेल जितेको छ । यस अघि अस्ट्रेलियाले लगातार तीन खेल जित्दै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई तीन विकेटले हरायो । वेस्ट इन्डिजले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर दुई बलमा सात विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका क्यामरुन ग्रिनले अविजित ५५ रन बनाए । यस्तै जोश इङ्गलिसले ५१ र ग्लेन म्याक्सवेलले ४७ रन बनाए । वेस्ट इन्डिजका जेडिया ब्लेड्सले तीन विकेट लिए । यस्तै जेसन होल्डर, रोमारियो शेफर्ड र अकिल होसेनले समान एक विकेट लिए…

Read More

झापा, ११ साउन । सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलाको ५० रुपैयाँ घटेर तोलाको दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।

Read More

हरिद्वार, ११ साउन । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दु मन्दिरमा आइतबार भिडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । हिन्दूधर्मावलम्बीको पवित्र सहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् । “छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” सहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताउनुभयो। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताउनुभएको छ । “यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उहाँले भन्नुभयो। धार्मिक चाडहरूमा घातक भागदौड र भिडभाडका…

Read More

सुर्खेत, ११ साउन । वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा पूर्वसैनिक दानसिंह ठाडाले आफ्नी श्रीमती रविना ठाडाको हत्या गरेका छन्। शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। हत्या गरेपछि ठाडाले आफैँ प्रहरीलाई फोन गरी जानकारी गराएका थिए। उनले भनेका थिए, “सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्”। प्रहरीका अनुसार उनले घरको ठेगाना पनि दिएका थिए, जसपछि आइतबार बिहान २ बजेतिर उनलाई नियन्त्रणमा लिइएको हो । वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार ठाडाले घटना अघि फोन नम्बर माग्दै परिवारका सदस्यहरूलाई पनि सम्पर्क गरेका थिए। उनी केही वर्षअघि नेपाली सेनाबाट अवकाश लिएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार रविनालाई सुतेकै अवस्थामा…

Read More

झापा, ११ साउन । प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। कानुन शाखाबाट जारी सार्वजनिक सूचनामा उनीहरू लामो समयदेखि गैरहाजिर रहेको उल्लेख छ। गैरहाजिर हुनेमा प्राविधिकतर्फका एक असईसहित चार असई, दुई कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान रहेका छन्। कार्यालयले स्पष्ट रूपमा चेतावनी दिएको छ कि यदि उनीहरू सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइनेछ ।

Read More

झापा, ११ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई सम्मान गरेको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा केन्द्रीय कार्यसमिति सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पुनलाई सम्मान गरिएको हो। सम्मानपछि पुनद्वारा लिखित आत्मकथा महावीर पुन: सम्झना, सपना र अविरल यात्रा पुस्तकको ५० प्रति खरिद गरिएको प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए। उनका अनुसार पुनको राष्ट्रव्यापी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले पुस्तक खरिद गरिएको हो। कार्यक्रममा प्याब्सन कोशी प्रदेश उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्य राम सिटौला, मोहन सुब्बा, प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ…

Read More

चारपाने, ११ साउन । नेपाल दशनामी समाज युवा समितिको तेस्रो झापा जिल्ला अधिवेशनका लागि भेला आयोजक समिति गठन भएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा भएको छलफलमा नेपाल दशनामी समाजका केन्द्र, प्रदेश, जिल्ला, नगरका बिभिन्न तह र तप्कामा रहेका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो । समाजको छलफलले युवा समितिलाई अझ सक्रिय बनाउँदै झापा जिल्लाको तेस्रो अधिवेशनको तयारीका लागि शनिबार भेला आयोजक समिति गठन गरेको छ । समाजको युवा समिति अधिवेशनका लागि भेला आयोजक समितिको संयोजकमा धनबहादुर पुरी (प्रजित) बिर्तामोडलाई जिम्मेवारी दिएको छ भने समितिको सचिवको जिम्मेवारी विशाल गिरी मेचीनगरलाई दिएको छ । त्यसैगरी सदस्यमा खेमराज गिरी, बिदुर गिरी…

Read More

झापा, ११ साउन । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुन सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ। त्यस्तै, आज राति कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,…

Read More