झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जाजरकोट, १ असार । जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ । तर, घटनाको पीडा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि । भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घटनाका घाइते हुन् सुदीप । सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए । तर उनीहरुलाई मरणासन्न हुनेगरी कुटिएको थियो । गाउँलेले चिर्पट, हँसिया, ढुंगाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो । बेलाबेला उनलाई त्यही नवराज लगायतकाा साथीले ‘बचाउ बचाउ’ भनेको आवाज गुञ्जिरहन्छ । ‘मेरो आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य…

Read More

झापा, १ असार । नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउँछन्। त्यो नक्सा ४ विकास क्षेत्र र ७५ जिल्लासहितको थियो। विभागको प्राविधिक टोलीले लिम्पियाधुरासहित नक्सा बनाएको ओलीको दाबी छ। ‘हामीले लिम्पियाधुरासहितको नक्सा तयार गरेका थियौं’, उनी भन्छन।्, ‘तर, भारतसँगको सीमा फाइनल नभएको भन्दै कालापानीसम्म पु¥याएर रोकियो।’ उनका अनुसार लिपुलेक र कालापानीबीच क्षेत्र खाली नै राखिएको थियो। सीमा नमिलेको भन्दै विरोध भएपछि चोसो मेटाइएको उनी बताउँछन्। त्यो…

Read More

झापा, ३२ जेठ । कोरोनाका कारण मुलुकको व्यापार व्यवसायमा परेको नकारात्मक प्रभावलाई कम गर्दै रोजगारीको अभिवृद्धिका लागि सरकारले स्थानीय स्तरमा नै औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । स्थानीय स्तरमा रहेको श्रम, सीप तथा क्षमताको अभिवृद्धि गर्ने, औद्योगिक क्षमताको विकास गर्ने र विदेशबाट फर्किएका नागरिकलाई गाउँमै रोजगारी सिर्जना गर्ने गरी सरकारले सो कार्यक्रम ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आवमा कूल १३० औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्यका साथ बजेटको समेत प्रबन्ध गरेको छ । चालू आवमा नै कूल ४५ औद्योगिक ग्राम घोषणा भई कार्यान्वयनमा आउने तयारीमा रहेको छ । कोरोनाका कारण केही स्थानीय तहमा औद्योगिक ग्राम स्थापनामा…

Read More

सन्तोष शर्माबिर्तामोड, ३२ जेठ । झापामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण प्रयोगशाला (पीसीआर टेष्ट ल्याब) स्थापनाका लागि सहयोग गर्न झापा जिल्ला सहकारी संघले आह्वान गरेको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी झापामै कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न झापाली सहकारी संघ÷संस्थालाई आह्वान गरेको हो । संघका अध्यक्ष गणेश ढकालले कोरोनाको महामारीका बीच दैनिकी सहज बनाउन झापामा पीसीआर ल्याब आवश्यक रहेको बताउनुभयो । “बन्दाबन्दी (लकडाउन) का कारण सबै सहकारी संघसंस्था, उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प छ”, उहाँले भन्नुभयो, “कोरोना परीक्षण गरेर सुरक्षित तरिकाले दैनिक क्रियाकलापलाई सञ्चालन गर्नुको विकल्प छैन, त्यसैले जिल्लामै कोरोना परीक्षण गर्ने वातावरण बनाउन सबैको साथ र…

Read More

बिर्तामोड, ३२ जेठ । कोरोना संक्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम नेपाली कांग्रेस झापाको आइतबार सम्पन्न बैठकले आगामी असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने निर्णय गरेको हो । कांग्रेसले ७७ वटै जिल्ला समिति तथा विदेशस्थित नियोगहरुमार्फत कोरोना भाइरस संक्रमणका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउँदै अप्रत्यासित रुपमा बढिरहेको संक्रमण रोकथामका लागि प्रभावकारी कार्य गर्न सरकारको ध्यानाकर्षण गराउन लागेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाईं,…

Read More

बिर्तामोड, ३२ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनुभयो । कांग्रेस झापाले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । “एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार हो”, प्रवक्ता शर्माले भन्नुभयो, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । तसर्थ अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।” सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उहाँको भनाइ थियो । “अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय…

Read More

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा चर्चित सिरियल पबित्र रिस्ताबाट चर्चित थिए । राजपुतले चर्चित भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। ३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए। उनका साथीले आजतकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए । राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा…

Read More

सुरेन्द्र भण्डारीसुरुङ्गा, ३२ जेठ । प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला झापा बनेको छ । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको पनि कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमित धेरै फेला परेका छन् । रोजगारीका लागि भारत पुगेका नेपाली युवा स्थलमार्ग भएर घर फर्कन थालेसँगै कचनकवल गाउँपालिकामा धेरै सङ्क्रमित फेला परेका हुन् । यो गाउँपालिकामा मात्र हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १७४ रहेको छ । पन्ध्र वटा स्थानीय तह रहेको झापामा १४ वटा स्थानीय तहमा दुई महिलासहित सङ्क्रमितको सङ्ख्या १७४ पुगेको हो । उमेर समूहका आधारमा हेर्ने हो भने…

Read More

झापा, ३२ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज एकै दिन थप ४२५ जनामा संक्रमण पुष्टि बहेको छ । नयाँ सक्रमितहरुमा पुरुष ३७५ जना र ५० जना महिला रहेका छन । जसमध्ये ३७ जना प्रदेश १ का रहेका छन् । प्रदेश १ को विराटनगरमा गरिएको परिक्षणमा २७ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, नारायानित अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ३४ जना, पोखरामा गरिएको परिक्षणमा २ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ६४ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५६ जना, जनकपुरमा गरिएको परिक्षणमा १८ जना, धुलिखेल अस्पतालमा गरिएको…

Read More

कानकाई, ३२ जेठ । बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा रु ७१ हजार नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा गलैँचा ओछ्याएर जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो ती युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् । प्रहरीले जुवाको खालबाट सो नगद, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ । पक्राउ…

Read More