झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ असार । भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको र भारतीय रेल्वे कम्पनीसँग जीटुजीमार्फत खरीद भएको रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्रालयले भारत सरकारको सहयोगमा निर्माणाधीन जोगबनी विराटनगर रेलमार्ग १८ किमिमध्ये १० किमि रेलमार्ग निर्माण र बाँकी क्षेत्रमा ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ४ असार । झापा अर्जुनधारा नगरपालिकाको शनिचरे माविको क्वारेन्टाइनमा रहेका महिलाहरुका लागि तेक्वान्दोका राष्ट्रिय खेलाडी दिपेन धिमालले निःशुल्क सेनेटरी प्याड वितरण गरेका छन् । क्वारेन्टिनमा रहेका महिलाहरुलाई महिनावारी हुँदा उनीहरुको स्वास्थ्यमा आईपर्ने समस्यालाई मध्यनजर गरी सेनेटरी प्याड वितरण गरिएको धिमालले बताए । बुधवार उनले क्वारेन्टाइनमा रहेका १५ जना महिलाका लागि ३० प्याकेट सेनेटरी प्याड र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पनि सर्जिकल मास्क र एक दर्जन साबुन पनि प्रदान गरेको जनाएको छ । अर्जुनधारा नगरपालिका वडा न ९ का स्थानीय उनी सामाजिक कार्यमा अग्रसर सामाजिक अभियान्ता हुन् । यसअघि पनि उनले लकडाउनका बेला समस्यामा परेका विपन्न २ सय परिवारलाई राहतस्वरुप…

Read More

भद्रपुर, ४ जेठ । झापा प्रहरीले अवैध रूपमा भारतबाट नेपाल ल्याइएको साढेतीन लाख रुपैयाँ भन्दा बढीको सामग्री नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनसाुर मेचीनगर नगरपालिका–७ बाट भन्सार छलेर ल्याइएको मोबाइलको एलसिडी, लोरियल जेल र खैनी ५० किलो गरी तीन लाख ५६ हजार १७० रूपैयाँको अवैध सामग्री बरामद गरिएको हो । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रूपमा भारतबाट ल्याइएका सामग्री लुकाई छिपाई भन्सार छलेर लाँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । झापा प्रहरीका प्रवक्ता थापाका अनुसार नियन्त्रणमा लिइएको सामग्री मेची…

Read More

द्रोण अधिकारीभद्रपुर, ३ असार । सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकाम्स कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । चैत्र ११ गतेबाट अधिकाम्स सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा सदरमुकाममा सरकारी कार्यालयले सेवा दिन थालेपछि चहलपहलसँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट नागरिक बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सम्पूर्ण कार्यालयका सेवा अबरुद्ध थिए । बन्द रहेका अधिकाम्स कार्यालयहरू खुलाउने सरकारी निर्णयसँगै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालनमा आएका हुन् । सरकारी कार्यालय सञ्चालनमा आएपछि कोरोना संक्रमण त्रास भने बढेको छ । काम लिने हतारोमा भीडभाड गर्ने सर्वसाधारणलाई नियन्त्रण गर्न…

Read More

सन्तोष शर्माझापा, ३ असार । झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले रू दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका प्रबन्ध निर्देशक दीपक चापागाईंले जानकारी दिनुभयो । “पहिलो चरणमा एक हजार घरमा पाइपबाट ग्यास पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयबाट दुई करोड अनुदान पाएपछि काम अघि बढाएका छौँ ।” हालसम्म बायोग्यास प्लान्ट निर्माणको ७० प्रतिशत काम पूरा भइसकेको छ । डाइजेष्ट निर्माण सम्पन्न भइसकेको छ भने कन्ट्रोल प्यानल र सहायक…

Read More

झापा, ३ असार । के तपाईलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन् । दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ । एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन । पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन् । नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय…

Read More

सुनसरी, ३ असार । सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका–२ मा रहेका केही ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका(५ का २३ बर्षीय असरार अहमद मियालाई पक्राउ गरेको हो । यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसंग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, ३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Read More

मोरङ, ३ असार । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७७÷७८ का लागि राजश्व र व्ययको वार्षिक अनुमानमाथि आजदेखि छलफल शुरु भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११५ (२) बमोजिम असार १ गते पेश भएको सो बजेटको छलफल शुरु हुनुभन्दा पहिले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत बजेटमा विभिन्न कोणबाट भएको टीकाटिप्पणीलाई सकारात्मक रुपमा लिएको भन्दै विकास र समृद्धिको बाटोमा बजेट उपयुक्त छ भन्नुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु चार अर्ब ७५ करोड सात लाख ४७ हजार, राजश्व बाँडफाँटबाट रु १० अर्ब तीन करोड ५४ लाख…

Read More

झापा, ३ असार । असारदेखि लागू हुने गरि विद्युत निमयन आयोगले बिजुलीको नयाँ शुल्क निर्धारण गरेको छ। सिंगल फेजको तल्लव भोल्टेज(२३० भोल्ट)को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्ने भएको छ । तर एम्पियर र विद्युतको खपत बढेसंगै शुल्क पनि बढ्दै जाने छ । शुल्क १-२० युनिट, २१-३० युनिट, ३१-५० युनिट, ५१-१५० युनिट, १५१-२५० युनिट, २५१-४००युनिट र ४०० युनिट भन्दा माथिको फरक फरक पर्ने छ । पुरा जानकारीको लागी तालिका हेर्नुहोस :

Read More