झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ असार । सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारी र अध्ययनमा जानेका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीमा जानेका लागि श्रम तथा रोजगार मन्त्रालायको सिफारिस चाहिने छ भने अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने निर्णय भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, ६ असार । गृहमन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपदबाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जो’खिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न निर्देशन दिनुभएको छ । “मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरुको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ”, गृहमन्त्री थापाले भन्नुभयो ।गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत गृहमन्त्री थापाले बताउनुभयो । मनसुन पूर्वतयारी र प्रतिकार्य…

Read More

आशिष पौडेल सुशान्त सिंह राजपुतको आत्महत्याले हामी सबैलाई एकपटक झस्काएको छ । भारतीय कलाकारको हामी किन धेरै कुरा गर्नु भन्नुहोला, तर यो मानवसंवेदनाको महत्वपुर्ण पक्ष भएकोले बोल्नै पर्छ । सुशान्तको आत्महत्याको कारणमा बलिउड उद्योगमा व्याप्त परिवारवाद र कर्पोरेट राजनिति भएको धेरैको टिप्पणी छ । ‍उद्योगमा बाहिरकालाई आउन नदिने, आएकालाई पनि मनोबल गिराउने र खेदो गर्ने, कला भए पनि नभएपनि स्थापित कलाकारका छोराछोरीलाई मात्र मौका दिने, उनीहरुका फिल्मलाई मात्र प्रोत्साहन गर्ने, अवार्ड सोहरूमा पनि राम्रोलाई भन्दा पनि हाम्रोलाई पुरस्कार दिने आदि चलखेल भैरहन्छ । आईफा अवार्ड 2019 सेरमोनीमा प्रायः सबै पुरस्कार गल्ली ब्योयलाई दिनु र छिचोरे जत्स्तो राम्रो फिल्मलाई एक पुरस्कार…

Read More

इलाम, ५ असार । इलाम माङसेबुङ गाँउपालिका–६ स्थितमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई रहेका छन । हिजो बिहान कोही कसैलाई नसोधि घरबाट हिडेका देवर भाउजु बेलुकासम्म घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे घरदेखि करिव सात सय मिटर टाँडा दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ झुण्डीएको अवस्थामा दुबै जनालाई फेला पारिएको भनि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई घटनास्थल…

Read More

झापा, ५ असार । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै यस्तो निर्णय गरेको हो । प्रतिबन्ध लगाए पनि अत्यावश्यक कामका लागि भने जान पाइने छ । त्यसै गरि विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुदा सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि गृह मन्त्रालयले भनेको छ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन…

Read More

झापा, ५ असार । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता ‘डाइनोसर’ बन्ने अवस्थामा पुगेको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारामा आज प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा उहाँले अहिले मौलाइरहेको विद्युतिय सञ्चारमाध्यमका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताउनुभयो । “अहिले युट्युब यसरी फस्टाइरहेका छन् कि जसले गर्दा छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको छ”, श्रेष्ठले भन्नुभयोे, “पत्रकारहरुले तलब पाएनन् भनेर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण छन् ।” सोका कारण छापा माध्यमका पत्रकारले आफुले ‘अपग्रेड’ गर्न जरुरी रहेको उहाँले बताउनुभयो । विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लाग्दै गरेका कारण सञ्चार…

Read More

पशुपतिनगर, ५ असार । इलाममा उत्पादन हुने ४० प्रकारका जडिबुटी प्रशोधन गर्न एक नम्बर प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । उत्पादित जडिबुटी भारत र चीन निकासी हुने गरेपनि मूल्य कम हुँदा किसान समस्यामा परेपछि प्रशोधन केन्द्र स्थापना गरिने भएको हो । इलामको माइजोगमाइ गाउँपालिका २ छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको सामाजिक विकास मन्त्रालयका योजना महाशाखा प्रमुख अम्बिका चौलागाईले बताउनुभयो । जडिबुटीको मूल्य ८० प्रतिशतसम्म कम भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादूर राइले उक्त जग्गा दान दिनुभएको हो । प्रशोधन केन्द्र बनाउन प्रदेशसभा सदस्यसहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले विहिबार…

Read More

झापा, ५ असार । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसहित नेपालमा नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी…

Read More

तेह्रथुम, ५ असार । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । स्थानीय २२ वर्षीय लालबाहदुर तामाङले आफ्नै घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा आज बिहान पौने १० बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More

भोजपुर, ५ असार । भोजपुरको षडानन्द नगरपालिका(२ ताबुबाट बेवारीसे अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ । बिहिवार दिउँसो ईलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बादर रुङने टहरोमा शंका लागी चेकजाँच गर्दा उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो । बरामद भएको सकेट बम नेपाली सेनासंग समन्वय गरी डिस्पोज गर्ने कार्य भईरहेको छ भने अन्य बरामद सामान सुरक्षित राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Read More